आइतबार, १८ असोज २०८३
नेपाली

लोक गायक कमल बिके निर्मोहीको निधन

Main News Image

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानकारी दिएकी हुन् । वलीले उनको मृत्युले आफू मर्माहत भएको उल्लेख गरेकी छन् । आफूले कमलसँग गाएकामध्ये ‘त्यो माडी खोलाले छेकेको हैन, मलाई छेक्यो मायालु तिमै मायाले’ निकै लोकप्रिय बनेको समेत कोमलले स्मरण गरेकी छन् ।

दाङमा जन्मिएका निर्मोही पछिल्लो समय नेपालगञ्जमा बस्दै आएका थिए । उनी रेडियो नेपालका पूर्व कर्मचारी समेत हुन्। रेडियो नेपालमा उनका दर्जनौं गीत रेकर्ड भएका छन्। जसमध्ये ‘लाग्यो माया मोहनी नजरमा’, ‘पोखरामा क्या राम्रो रूपाताल, डुंगा चढी सलल मायाजाल’ लगायतका थुप्रै गीत चर्चित छन्। केही लोकपप र आधुनिक गीतमा समेत उनले स्वर दिएका छन् ।


निर्मोहीको परिवारमा एक छोरा र दुई छोरी छन्। करिब एक महिनाअघि उनकी पत्नीको समेत दुःखद निधन भएको थियो । निर्मोहीको बुधबार दिउँसो दाङको सिधनियाघाट राप्तीनदीमा अन्तिम संस्कार गरिने परिवारिक स्रोतले जनाएको छ । 


mediabaaji add

सम्बन्धित खबर

कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?

काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।

ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमज...

चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक

काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र  शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमान‍का श...

गायक सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

काठमाडौँ । गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बिच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन ग...

२२ वर्षपछि तीज गीतमार्फत गायिका संगीता भण्डारीको पुनरागमन

काठमाडौँ । हिन्दू नारीहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा तीज गीतको रौनक बढेको छ । यसै क्रममा गायिका संगीता भण्डारी २२ वर्षपछि तीज गीतमार्फत नेपाली सांगीतिक क्षेत्रमा पुनः फर्किएकी छन् ।

लोकप्रिय गीतकार डीपी...

प्रेमको स्पन्दन दिने चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना …’ सार्वजनिक

काठमाडौँ । प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को दोस्रो गीत ‘तिमी बिना ‘’ सार्वजनिक गरिएको छ। केन्द्र मोसन पिक्चर्सबाट डिजिटल प्रिमियर गरिएको यो गीतमा केहर सिं लिम्बुको स्वर रहेको छ। यसमा शब्द सुमन तामाङको रहेको छ भने सङ्गीत सुमन र केहरको रहेको छ।...

पशुपतिनाथ आरतीमा फिल्म प्रचार, सामाजिक सञ्जालमा विवाद

काठमाडौँ । पशुपतिनाथ मन्दिरको साँझको आरतीअघि फिल्म ‘आई एम जित बहादुर’को प्रचार गरिएको विषयले विवाद उत्पन्न गरेको छ । पुरुषोत्तम महिनाको अन्तिम दिन आयोजित आरतीमा फिल्मका कलाकारहरू जितु नेपाल, प्रियंका कार्की र वर्षा राउतसहितको टोली सहभागी भएको थियो...