पहिलोचोटि नेपाल प्रज्ञा-प्रतिष्ठान 'प्रज्ञा-नारी काव्य सङ्गोष्ठी'सहित दार्चुलामा सम्पन्न
दुरबिन शर्मा विवेक
मिडियाबाजी डटकम, काठमाडौँ। २०८२ चैत ७ गते , शनिबार दार्चुला ,खलङ्गामा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी ,गायन,कार्यपत्र प्रस्तुति तथा पूरक व्याख्या' विषयक कार्यक्रम दार्चुलाको पहिलोपटक प्रज्ञा-प्रतिष्ठान साहित्य( पद्य / काव्य विभाग ) को आयोजना र स्थानीय संस्था 'मानसखण्ड गुरुकुल'को सहआयोजनामा भव्यतापूर्वक सम्पन्न भएको थियो । कार्यक्रममा महाकाली नगरपालिका दार्चुला,डिलासैनी गाउँपालिका बैतडी ,अपि हिमाल गाउँपालिका दार्चुला र राष्ट्रिय संरक्षण अभियान सहयोगी भूमिकामा रहेको थियोे । प्रमुख अतिथि कुलपति राईले ब्यानर वाचन गरेर दार्चुला बहुमुखी क्याम्पसको सभाकक्ष खलङ्गा बजारमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।यसै क्रममा कुलपति राईले 'सबै भाषा सबै ज्ञान : सबैको प्रज्ञा-प्रतिष्ठान´भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै नेपालको दुरदराजमा रहेको खलङ्गा बजारमा आएर 'सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठी'पहिलोचोटि आयोजना भएकामा गौरवबोध भएको छ । सबै भाषा र जातजातिको साझा थलोको रूपमा विकास गर्दै भौगोलिक विभेद ,जर्जर मान्यता र जडताविरुद्ध प्रज्ञा-प्रतिष्ठानलाई गाउँ-गाउँसम्म पुर्याएर प्राज्ञिक सचेतता फैल्याउनमा आफू उद्धत रहेको उहाँले बताउनु भएको थियोे ।साथै, ६८ वर्ष लामो इतिहास बोकेको प्रज्ञा-प्रतिष्ठानको अवस्था अहिले पनि ओझेलमै रहेकाले`विद्यालयमा कुलपति' कार्यक्रमआयोजना गर्नुपरेको बताउनु भएको थियोे ।सुदूरपश्चिम प्रदेशमा
डोटेली, नेपाली, थारु, बैतडेली, अछामी, बझाङी, मगर लगायतका विभिन्न मातृभाषा छन्। यी सबै भाषा र तिनका साहित्य ,संस्कृति र इतिहासको जगेर्ना गर्न प्रज्ञा-प्रतिष्ठानको दायित्वभित्र पर्ने कुरामा कुलपति राईले जोड दिनुभएको थियोे ।साथै यहाँका स्थानीय मातृभाषामा कविता सुन्न पाउँदा आफूलाई 'सबै भाषा :सबै ज्ञान सबैको प्राज्ञ प्रतिष्ठान´भन्ने उद्घोषक सार्थक भएको विचार प्रकट गर्नुभएको थियोे ।
विशेष अतिथि ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा काव्य विभाग प्रमुख बाबा बस्नेतले सुदूरपश्चिम प्रदेशस्तरीय प्रज्ञा-नारी काव्य सङ्गोष्ठीले यस प्रदेशका सबै जिल्ला ,पालिका र गाउँ समेतलाई समेटेको बताउँदै केन्द्रीय राजधानी काठमाडौँको पहुँचभन्दा निकै टाढा रहेको दार्चुलाको खलङ्गामा कार्यक्रम गर्न प्रज्ञा-प्रतिष्ठान आएको छ।यसले अवश्य पनि सुदूरपश्चिम प्रदेशका प्रतिभालाई उजागर गरी प्रोत्साहित गर्नेमा आफू विश्वस्त रहेको बताउनु भएको थियोे ।उहाँले यस क्षेत्रको पहिचान ,संस्कृति ,भूगोल र जातीय अस्तित्व आदि विषयलाई सङ्गोष्ठीले उजागर गर्ने बताउनु भएको थियोे । नारी सर्जकहरू आफ्नै कठिनाइका बिच पनि काव्य लगायतका विधामा योगदानारत छन् ।तिनको समुचित मूल्याङ्कन हुनेमा आफू विश्वस्त रहेको र सक्दो साथ र सहकार्यमा तत्पर रहिरहने बताउँदै कार्यक्रमको उद्देश्य र महत्त्वबारे प्राज्ञ बस्नेतले प्रकाश पार्नुभएको थियोे ।
दार्चुला बहुमुखी क्याम्पसका प्रमुख नरेन्द्रराज अवस्थीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा महाकाली नगरपालिकाका प्रमुख नरसिं चैसुर,दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेल, दार्चुला जिल्ला समन्वय समिति प्रमुख महादेव बडु लगायतका अतिथिहरूले शुभकामना मनतव्य प्रस्तुत गर्नुभएको थियोे।प्रज्ञा-प्रतिष्ठान कुलपति सचिवालयका कर्मचारी सदस्य तथा कवि राधा कार्की दुलाल लगायतको उपस्थिति रहेको थियो।
सुदूरपश्चिम प्रदेशका कविहरूद्वारा नेपाली ,डोट्याली, अछामी, बैतडेली लगायतका मातृभाषामा कविता प्रस्तुत गरिएको थियोे।कविता वाचन गर्न कञ्चनपुर, अछाम , डोटी, बैतडी, डडेलधुरा ,दार्चुला र कैलाली लगायतका जिल्लाबाट नारी कविहरूको उपस्थिति रहेको थियोे ।
एक्सप्रेस
सम्बन्धित खबर
स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण
काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जा...
हङकङको किनाराबाट गोधूलिको किनारा
© राजकुमार राई हङकङ
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।
बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू...
लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण
काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ग्रीनलिफ फुड पुतलीसडक...
गजल मञ्च चितवनका तीनवटा कृति एकैसाथ प्रकाशन
चितवन । सिर्जनालाई प्रकाशनसँग र प्रकाशनलाई साहित्यिक उत्तराधिकारसँग जोड्दै आएको गजल मञ्च चितवनले एकैपटक तीनवटा साहित्यिक कृति प्रकाशनमा ल्याएको छ । मञ्चका विशिष्ट सदस्य तथा गजलकार राजन पौडेलको गजलसङ्ग्रह ‘सपनाको बादल’, संस्थापक अध्यक्ष तथा गजलकार...
नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवमा संस्थापक अध्यक्ष सिलवाल,राई र सुमीलाई सम्मान समर्पण !
काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ । प्रम...
मातृका पोखरेलको कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ सार्वजनिक
काठमाण्डौँ । साहित्यकार मातृका पोखरेलको नयाँ कथा संग्रह ‘मलाई पनि निद्रा लागेन’ शुक्रबार काठमाडौँमा आयोजित विशेष कार्यक्रममा सार्वजनिक गरिएको छ । वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल स्रष्टा समाजका अध्य...



