बुधबार, ११ कात्तिक २०८३
नेपाली

प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी शोधमूलक लेख/रचना आह्वान

Main News Image

प्राज्ञ चेतनाथ धमला 

   काठमाडौँ। ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल सन्देशका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गर्दै आएको छ । नेपाली समाज बहुभाषिक–बहुसांस्कृतिक, भौगोलिक विविधता तथा बहुलतामा आधारित छ । समयको परिवर्तनसँगै भएका राजजीतिक परिवर्तन र विकास तथा विकसित मुलुकहरूको प्रभावजस्ता कारणले नेपाली समाज परिवर्तन भइरहेको छ । यसैलाई दृष्टिगत गरी सामाजिकशास्त्रका विभिन्न विषयहरूमा नेपाली समाजका बारेमा भएका शोधमूलक कार्यहरूलाई प्रोत्साहन गर्न, शोधकार्यबाट नीति निर्माणमा सहयोग गर्न तथा प्राज्ञिक अनुभवहरू साटासाट गर्नका लागि यस विभागले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी (२०८२) को आयोजना गर्दै छ । यो सङ्गोष्ठीको मुख्य विषय परिवर्तित नेपाली समाजका आयाम हुनेछ । सहायक विषयहरूमा (१) नेपाली समाजमा सामञ्जस्य (२) जलवायु परिवर्तन र नेपाली समुदाय (३) वर्तमान पाठ्यक्रम (विद्यालय) र सिकाइ सक्षमता (४) जेन्जी आन्दोलन पछिको नेपाली राजनीति र समाज (५) पशुअधिकार र नेपाली संस्कार (६) नेपाली समाज र सामाजिक सञ्जाल (७) जनजातीय मौलिक पहिचान ८) नेपालको आर्थिक विकासमा पर्यापर्यटन (९) नेपाली समाजको अन्तरसामुदायिक सम्बन्ध (१०) भूराजनीति र नेपाल (११) जनस्वास्थ्य र समाज (१२) न्यायिक समानता र पहुँच १३) सामाजिक शास्त्रसँग सम्बन्धित विविध विषय रहने छ । 

      नेपाल प्रज्ञा-प्रतिष्ठानले शोधमूलक लेख/रचना बुझाउँदा/पठाउँदा पालना गर्नुपर्ने सर्तहरू निम्नअनुसार तोकेको छ :-१.नेपाली भाषामा प्रीति फन्टमा टाइप गरिएको र कम्तीमा ३००० देखि बढीमा ४५०० शब्दको हुनुपर्ने छ ।

२.संरचनामा शीर्षक, लेखसार, शब्दकुञ्जी, परिचयखण्ड/विषय प्रवेश, अध्ययन विधि, मुख्य खण्ड/उपखण्ड, निष्कर्ष र सन्दर्भ सामग्रीहरू समेटिएको हुनुपर्ने छ । ३.लेखकको नाम, ठेगाना, सम्पर्क नं. र ई–मेल अनिवार्य पठाउनुपर्ने छ ।४.सन्दर्भ सामग्री एपीए सात प्रणालीमा हुनुपर्ने छ ।५.अन्यत्र प्रकाशन नभएको हुनुपर्ने छ ।६.शोधकार्यमा आधारित भाषिक शुद्धता भएको हुनुपर्ने छ ।७.सङ्गोष्ठीमा प्रस्तुतिका लागि उत्कृष्ट शोधमूलक लेख/रचना छानिने छ । छानिएका शोधमूलक लेख/रचना विज्ञसमीक्षित गराई नेपाल प्रज्ञा–प्रतिष्ठानको जर्नल ‘समाज अन्वेषण’ मा प्रकाशन गरिने छ ।

८.सङ्गोष्ठीका लागि छानिएका शोधमूलक लेख/रचना नेपाल प्रज्ञा प्रतिष्ठानको जर्नल ‘समाज अन्वेषण’ मा बाहेक अन्यत्र दुई वर्षसम्म छाप्न पाइने छैन । अन्यत्र छाप्नुपरेमा लिखित अनुमति लिनुपर्ने छ ।९.सङ्गोष्ठीमा शोधमूलक लेख/रचना प्रस्तुति गराउने वा नगराउने सर्वाधिकार नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागमा निहित रहने छ ।१०.शोधमूलक लेख/रचना बुझाउने : वि.सं. २०८३ वैशाख २५ गतेभित्र । 

११.शोधमूलक लेख/रचना स्वीकृत भएको वा नभएको सूचना : वि.सं. २०८३ जेठ ०५ गतेभित्र दिइने छ ।१२.सङ्गोष्ठीका लागि कार्यक्रम तालिकासहित निमन्त्रणा : वि.सं. २०८३ जेठ १० गतेभित्र गरिने छ ।१३.सङ्गोष्ठीमा शोधमूलक लेख/रचना प्रस्तुतिका लागि ‘पावर पोइन्ट’ वि.सं. २०८३ जेठ १३ गतेभित्र बुझाउनेपर्ने छ।

शोधमूलक लेख/रचना इमेल :- rishalkaushila369@gmail.com. ,mukttinatha@gmail.com मा पठाउन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।

mediabaaji add

सम्बन्धित खबर

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट

चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्ये उत्कृष्ट १५ कृति विस्तारित सूचीमा परेका छ...

कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण

प्राज्ञ चेतनाथ धमला

   धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित 

 धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...

उपन्यासकार राजकुमार राईद्वारा २२ वटा पुस्तकालय स्थापना

काठमाडौँ । उपन्यासकार राजकुमार राईले हालसम्म २२ वटा पुस्तकालय पुस्तकालय अभियानबाट   स्थापना गरेका छन् । पछिल्लो पुस्तकालय स्थापनाको लागि करिब १ लाख ७० हजार मूल्य बराबरको १३ सय थान पुस्तक सितलपाटी टोल संस्था स...

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

मिडियाबाजी डटकम काठमाडौँ,पौष १२। गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईको संगीत रहेको उक्त गीतलाई गाय...

लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण

काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ग्रीनलिफ फुड पुतलीसडक...

इतिहास खोजमा नयाँ पुस्तालाई प्रेरित गर्न जोड दिँदै इतिहासशिरोमणि बाबुराम आचार्यको १३९ ओैँ जन्मजयन्ती सम्पन्न !

दुर्बिन शर्मा 'विवेक'

काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विचार–गोष्ठी प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य...