प्रज्ञा-प्रतिष्ठान सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी शोधमूलक लेख/रचना आह्वान
प्राज्ञ चेतनाथ धमला
काठमाडौँ। ‘सबै भाषा सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ भन्ने मूल सन्देशका साथ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्राज्ञिक कार्यहरू गर्दै आएको छ । नेपाली समाज बहुभाषिक–बहुसांस्कृतिक, भौगोलिक विविधता तथा बहुलतामा आधारित छ । समयको परिवर्तनसँगै भएका राजजीतिक परिवर्तन र विकास तथा विकसित मुलुकहरूको प्रभावजस्ता कारणले नेपाली समाज परिवर्तन भइरहेको छ । यसैलाई दृष्टिगत गरी सामाजिकशास्त्रका विभिन्न विषयहरूमा नेपाली समाजका बारेमा भएका शोधमूलक कार्यहरूलाई प्रोत्साहन गर्न, शोधकार्यबाट नीति निर्माणमा सहयोग गर्न तथा प्राज्ञिक अनुभवहरू साटासाट गर्नका लागि यस विभागले सामाजिकशास्त्र वार्षिक सङ्गोष्ठी (२०८२) को आयोजना गर्दै छ । यो सङ्गोष्ठीको मुख्य विषय परिवर्तित नेपाली समाजका आयाम हुनेछ । सहायक विषयहरूमा (१) नेपाली समाजमा सामञ्जस्य (२) जलवायु परिवर्तन र नेपाली समुदाय (३) वर्तमान पाठ्यक्रम (विद्यालय) र सिकाइ सक्षमता (४) जेन्जी आन्दोलन पछिको नेपाली राजनीति र समाज (५) पशुअधिकार र नेपाली संस्कार (६) नेपाली समाज र सामाजिक सञ्जाल (७) जनजातीय मौलिक पहिचान ८) नेपालको आर्थिक विकासमा पर्यापर्यटन (९) नेपाली समाजको अन्तरसामुदायिक सम्बन्ध (१०) भूराजनीति र नेपाल (११) जनस्वास्थ्य र समाज (१२) न्यायिक समानता र पहुँच १३) सामाजिक शास्त्रसँग सम्बन्धित विविध विषय रहने छ ।
नेपाल प्रज्ञा-प्रतिष्ठानले शोधमूलक लेख/रचना बुझाउँदा/पठाउँदा पालना गर्नुपर्ने सर्तहरू निम्नअनुसार तोकेको छ :-१.नेपाली भाषामा प्रीति फन्टमा टाइप गरिएको र कम्तीमा ३००० देखि बढीमा ४५०० शब्दको हुनुपर्ने छ ।
२.संरचनामा शीर्षक, लेखसार, शब्दकुञ्जी, परिचयखण्ड/विषय प्रवेश, अध्ययन विधि, मुख्य खण्ड/उपखण्ड, निष्कर्ष र सन्दर्भ सामग्रीहरू समेटिएको हुनुपर्ने छ । ३.लेखकको नाम, ठेगाना, सम्पर्क नं. र ई–मेल अनिवार्य पठाउनुपर्ने छ ।४.सन्दर्भ सामग्री एपीए सात प्रणालीमा हुनुपर्ने छ ।५.अन्यत्र प्रकाशन नभएको हुनुपर्ने छ ।६.शोधकार्यमा आधारित भाषिक शुद्धता भएको हुनुपर्ने छ ।७.सङ्गोष्ठीमा प्रस्तुतिका लागि उत्कृष्ट शोधमूलक लेख/रचना छानिने छ । छानिएका शोधमूलक लेख/रचना विज्ञसमीक्षित गराई नेपाल प्रज्ञा–प्रतिष्ठानको जर्नल ‘समाज अन्वेषण’ मा प्रकाशन गरिने छ ।
८.सङ्गोष्ठीका लागि छानिएका शोधमूलक लेख/रचना नेपाल प्रज्ञा प्रतिष्ठानको जर्नल ‘समाज अन्वेषण’ मा बाहेक अन्यत्र दुई वर्षसम्म छाप्न पाइने छैन । अन्यत्र छाप्नुपरेमा लिखित अनुमति लिनुपर्ने छ ।९.सङ्गोष्ठीमा शोधमूलक लेख/रचना प्रस्तुति गराउने वा नगराउने सर्वाधिकार नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिकशास्त्र विभागमा निहित रहने छ ।१०.शोधमूलक लेख/रचना बुझाउने : वि.सं. २०८३ वैशाख २५ गतेभित्र ।
११.शोधमूलक लेख/रचना स्वीकृत भएको वा नभएको सूचना : वि.सं. २०८३ जेठ ०५ गतेभित्र दिइने छ ।१२.सङ्गोष्ठीका लागि कार्यक्रम तालिकासहित निमन्त्रणा : वि.सं. २०८३ जेठ १० गतेभित्र गरिने छ ।१३.सङ्गोष्ठीमा शोधमूलक लेख/रचना प्रस्तुतिका लागि ‘पावर पोइन्ट’ वि.सं. २०८३ जेठ १३ गतेभित्र बुझाउनेपर्ने छ।
शोधमूलक लेख/रचना इमेल :- rishalkaushila369@gmail.com. ,mukttinatha@gmail.com मा पठाउन सकिने विज्ञप्तिमा उल्लेख गरिएको छ।
एक्सप्रेस
सम्बन्धित खबर
गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
हङकङको किनाराबाट गोधूलिको किनारा
© राजकुमार राई हङकङ
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।
बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू...
खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिता पुरस्कार समर्पण
मिडियाबाजी डटकम,काठमाडाैँ, २०८२ पुस १३ । नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार‘ २०८२ विशेष समाराेहकाे आयाेजना गरी समर्पण गरियाे ।
वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमलको निधन
जनकपुरधाम । वरिष्ठ साहित्यकार तथा भाषाविद् डा राजेन्द्र बिमलको ७९ वर्षको उमेरमा निधन भएको छ । उनको सोमबार राति पौने १ बजे निधन भएको कान्छा छोरा डा विभाष लाभले जानकारी दिएका छन् ।
परिवारका अनुसार सोमबार राति करिब साढे ११ बजेतिर परिवारका सदस्य...
‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान
काठमाडौँ । नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ ।
आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रश...
पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको पहिलो सम्पादित कृतिको लोकार्पण
काठमाण्डौँ । वरिष्ठ पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।
शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना गरे...



