बुधबार, २४ असार २०८३
नेपाली

उपन्यासकार राजकुमार राईद्वारा २२ वटा पुस्तकालय स्थापना

Main News Image

काठमाडौँ । उपन्यासकार राजकुमार राईले हालसम्म २२ वटा पुस्तकालय पुस्तकालय अभियानबाट   स्थापना गरेका छन् । पछिल्लो पुस्तकालय स्थापनाको लागि करिब १ लाख ७० हजार मूल्य बराबरको १३ सय थान पुस्तक सितलपाटी टोल संस्था संखुवासभामा पुस्तकालयको निम्ति अभियन्ता उपन्यासकार राजकुमार राईले प्रदान गरेका हुन् । पुस्तकालय उद्घाटन गर्दै राजकुमार राईले नेपालमा गाँउ सहरमा टोल टोलमा विकास समितिहरूका ठुला ठुला भवन निर्माण भएको छ तर सही सदुपयोग भएको देखिएन । शैक्षिक संस्थाहरूमा पुस्तकालय स्थापना गर्दै आएकोमा अब कारागार र टोल विकास समितिहरूमा पनि पुस्तकालय स्थापना गरिने योजना भएको बताए । 

पुस्तक विद्यार्थीले मात्र पढ्न पर्ने अरूले पढ्न नपर्ने भन्ने गलत सोचाइ छ पुस्तक किसान मजदूर व्यापारी कर्मचारी नेता पत्रकार बालबालिका युवा प्रौढ़ सबैले पढ्न जरूरी छ । पुस्तकालय अनेक विषयको ज्ञानको भण्डार हो । फुर्सदमा रक्सी भट्टी तास अड्डा चिया पसल जमघट हुन छोडेर टोलमा पुस्तकालयमा ज्ञान गुनका कुरा गर्ने संस्कृतिको विकास हुनेछ ।

शिक्षा स्वास्थ्य, प्रविधि ,कृषि, साहित्य इतिहास रूचीको पुस्तक पुस्तकालय मा पढ्न सकिन्छ ।विकसित देशहरू ॐमा पुस्तक पढ्ने संस्कृति भएको ले उनिहरू हामी भन्दा अगाडि भएका हुन् । हामी कहाँ स्कुल कलेज पछि पढ्ने संस्कृति छैन । शिक्षक कर्मचारी नेताहरूमा समेत कमैले पढेको देखियो। बौद्धिक चेतना विनाको समाजले विकास हुदैँन ।शिक्षाको प्रमाण पत्र मात्र वितरण गरी रहेका छन् । शिक्षा वितरण गरी रहेको छैन ।

 पुस्तकालय विहिन शिक्षा अधुरो रहन्छ । ज्ञान र सिप विनाको शिक्षाले व्यक्ति समाज देश को विकास हुन सकेन । कर्मचारी र नेताहरूमा बौद्धिक क्षमताको आभावले गर्दा देश ले गति लिन नसकेको हो ।पुस्तकालयबाट अनेक विषयका ज्ञान प्राप्त गर्न सकिन्छ । पठन संस्कृतिको विकास हुन्छ। बालबालिकामा पठन विकासमा टेवा पुग्ने गर्दछ। इन्टरनेटको जमानामा पुस्तकालय भन्ने हचुवा तर्क उठेको छ । विकसित मुलुकहरूमा शिक्षालय टोलटोलमा पुस्तकालयमा पाठकहरूको घुइँचो वृद्धि भईरहेछ । लेखक हरू सहरमा भेला भएर पुस्तक बिक्री हुन्न पाठक छैन भनेर रूवाबासीको गर्छन् । पाठक वृद्धि गर्न गाँउ गाँउमा पुग्नु पर्छ एकेडमीमा खेजेर हुन्न ।

उनी भन्छन् ” आफूले पसिना बगाएको रकमले पुस्तक खरिद गरेको छु केही पुस्तक सकारात्मक सोचका धनी साहित्यकार समाजसेवीहरूबाट पनि पुस्तकालय अभियानलाई पुस्तक सहयोग गरेका छन् । पुस्तकको सदुपयोग हुन्छ विश्वास लिएको छु समाजमा बौद्धिक टेका पुगोस् भनेर मन्तव्य प्रकट गरेका थिए।” कार्यक्रममस टोल विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर गुरूङले सभापतित्व ग्रहण गर्दै पुस्तकालय व्यावस्थापनमा पूर्ण ध्यान दिने भन्दै पुस्तक दाताहरूलाई धन्यवाद दिए र प्रमुख अथिति वडा अध्यक्ष अनिल राईले पुस्तकालय को विकासमा वडाले सहयोग गर्ने बताए। वडा सदस्य पृथ्वीमान राईले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन जय राम गुरूङ र स्वागत मन्तव्य सुन्दर गुरूङले राखेका छन् । 

 

mediabaaji add

सम्बन्धित खबर

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट

चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्ये उत्कृष्ट १५ कृति विस्तारित सूचीमा परेका छ...

उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण

काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...

पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाण्डौँ । पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ । सुर्खेतदेखि अमेरिकासम्मको यात्रा, संघर्ष र सपनाको गन्तव्य पछ्याउन प्रेरित गर्ने उनको नियात्रा तथा स्मृतिसंग्रह ‘घाटगाउँ’ मंगलबार विमोचन भएको हो । काठमाडौँको चियासागरमा पत्रका...

डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई

© प्राज्ञ चेतनाथ धमला

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...

नागरिक उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय

काठमाडौँ । बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ । प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रद...

प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन&rdqu...