बुधबार, ११ कात्तिक २०८३
नेपाली

उपन्यासकार राजकुमार राईद्वारा २२ वटा पुस्तकालय स्थापना

Main News Image

काठमाडौँ । उपन्यासकार राजकुमार राईले हालसम्म २२ वटा पुस्तकालय पुस्तकालय अभियानबाट   स्थापना गरेका छन् । पछिल्लो पुस्तकालय स्थापनाको लागि करिब १ लाख ७० हजार मूल्य बराबरको १३ सय थान पुस्तक सितलपाटी टोल संस्था संखुवासभामा पुस्तकालयको निम्ति अभियन्ता उपन्यासकार राजकुमार राईले प्रदान गरेका हुन् । पुस्तकालय उद्घाटन गर्दै राजकुमार राईले नेपालमा गाँउ सहरमा टोल टोलमा विकास समितिहरूका ठुला ठुला भवन निर्माण भएको छ तर सही सदुपयोग भएको देखिएन । शैक्षिक संस्थाहरूमा पुस्तकालय स्थापना गर्दै आएकोमा अब कारागार र टोल विकास समितिहरूमा पनि पुस्तकालय स्थापना गरिने योजना भएको बताए । 

पुस्तक विद्यार्थीले मात्र पढ्न पर्ने अरूले पढ्न नपर्ने भन्ने गलत सोचाइ छ पुस्तक किसान मजदूर व्यापारी कर्मचारी नेता पत्रकार बालबालिका युवा प्रौढ़ सबैले पढ्न जरूरी छ । पुस्तकालय अनेक विषयको ज्ञानको भण्डार हो । फुर्सदमा रक्सी भट्टी तास अड्डा चिया पसल जमघट हुन छोडेर टोलमा पुस्तकालयमा ज्ञान गुनका कुरा गर्ने संस्कृतिको विकास हुनेछ ।

शिक्षा स्वास्थ्य, प्रविधि ,कृषि, साहित्य इतिहास रूचीको पुस्तक पुस्तकालय मा पढ्न सकिन्छ ।विकसित देशहरू ॐमा पुस्तक पढ्ने संस्कृति भएको ले उनिहरू हामी भन्दा अगाडि भएका हुन् । हामी कहाँ स्कुल कलेज पछि पढ्ने संस्कृति छैन । शिक्षक कर्मचारी नेताहरूमा समेत कमैले पढेको देखियो। बौद्धिक चेतना विनाको समाजले विकास हुदैँन ।शिक्षाको प्रमाण पत्र मात्र वितरण गरी रहेका छन् । शिक्षा वितरण गरी रहेको छैन ।

 पुस्तकालय विहिन शिक्षा अधुरो रहन्छ । ज्ञान र सिप विनाको शिक्षाले व्यक्ति समाज देश को विकास हुन सकेन । कर्मचारी र नेताहरूमा बौद्धिक क्षमताको आभावले गर्दा देश ले गति लिन नसकेको हो ।पुस्तकालयबाट अनेक विषयका ज्ञान प्राप्त गर्न सकिन्छ । पठन संस्कृतिको विकास हुन्छ। बालबालिकामा पठन विकासमा टेवा पुग्ने गर्दछ। इन्टरनेटको जमानामा पुस्तकालय भन्ने हचुवा तर्क उठेको छ । विकसित मुलुकहरूमा शिक्षालय टोलटोलमा पुस्तकालयमा पाठकहरूको घुइँचो वृद्धि भईरहेछ । लेखक हरू सहरमा भेला भएर पुस्तक बिक्री हुन्न पाठक छैन भनेर रूवाबासीको गर्छन् । पाठक वृद्धि गर्न गाँउ गाँउमा पुग्नु पर्छ एकेडमीमा खेजेर हुन्न ।

उनी भन्छन् ” आफूले पसिना बगाएको रकमले पुस्तक खरिद गरेको छु केही पुस्तक सकारात्मक सोचका धनी साहित्यकार समाजसेवीहरूबाट पनि पुस्तकालय अभियानलाई पुस्तक सहयोग गरेका छन् । पुस्तकको सदुपयोग हुन्छ विश्वास लिएको छु समाजमा बौद्धिक टेका पुगोस् भनेर मन्तव्य प्रकट गरेका थिए।” कार्यक्रममस टोल विकास संस्थाका अध्यक्ष दुर्गा बहादुर गुरूङले सभापतित्व ग्रहण गर्दै पुस्तकालय व्यावस्थापनमा पूर्ण ध्यान दिने भन्दै पुस्तक दाताहरूलाई धन्यवाद दिए र प्रमुख अथिति वडा अध्यक्ष अनिल राईले पुस्तकालय को विकासमा वडाले सहयोग गर्ने बताए। वडा सदस्य पृथ्वीमान राईले कार्यक्रममा शुभकामना मन्तव्य दिएका थिए भने कार्यक्रम सञ्चालन जय राम गुरूङ र स्वागत मन्तव्य सुन्दर गुरूङले राखेका छन् । 

 

mediabaaji add

सम्बन्धित खबर

नेपाल प्रज्ञा–प्रतिष्ठानको कुनै पनि पदमा नजाने साहित्यकार रामलाल जोशीको घोषणा

काठमाडौँ । साहित्यकार रामलाल जोशीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव बन्न आफूले कुनै पहल नगरेको र अन्ततः आफूलाई प्रस्ताव गरिएको पद पनि अस्वीकार गरेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत विस्तृत धारणा सार्वजनिक गर्दै उनले पछिल्ला दि...

इतिहास खोजमा नयाँ पुस्तालाई प्रेरित गर्न जोड दिँदै इतिहासशिरोमणि बाबुराम आचार्यको १३९ ओैँ जन्मजयन्ती सम्पन्न !

दुर्बिन शर्मा 'विवेक'

काठमाडौँ । इतिहासशिरोमणि बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा “बाबुराम आचार्य र नेपालको इतिहास” विषयक विचार–गोष्ठी प्रज्ञा-प्रतिष्ठानमा सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य...

पद्मश्री पुरस्कार प्रदान : आचार्यलाई गौरव, धरावासीलाई साधना सम्मान, ‘सलह’लाई साहित्य पुरस्कार

काठमाडौँ । खेमलाल–हरिकला लामिछाने प्रतिष्ठानले यस वर्षको पद्मश्री गौरव पुरस्कार प्रा. डा. जयराज आचार्यलाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी पद्मश्री साधना सम्मान साहित्यकार कृष्ण धरावासीलाई र पद्मश्री साहित्य पुरस्कार कवि तथा गीतकार श्रवण मुका...

पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न !

मिडियाबाजी डटकम,पोखरा ।

  • नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियो...

अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार शम्भुजीतलाई

काठमाण्डौँ । सङ्गीतकार, गायक तथा गीतकार अम्बर गुरुङको स्मृतिमा स्थापना गरिएको ‘अम्बर गुरुङ स्मृति सङ्गीत पुरस्कार’ यस वर्ष मूर्धन्य सङ्गीतकार, गायक तथा गीतकार शम्भुजीत बास्कोटालाई प्रदान गरिएको छ । दार्जिलिङको मिरिकस्थितलभ एन्ड सपोर्ट फाउन्डेसन तथ...

नेपाल साहित्यिक पत्रकार सङ्घको २०औँ वार्षिकोत्सवमा संस्थापक अध्यक्ष सिलवाल,राई र सुमीलाई सम्मान समर्पण !

काठमाडौँ । नेपाल साहित्यिक पत्रकार सङ्घ केन्द्रीय समितिले आफ्नो २०ओैँ वार्षिकोत्सव राष्ट्रिय साहित्यिक पत्रकारिता दिवस,राष्ट्रिय साहित्यिक पत्रकारिता सम्मान तथा अन्तरक्रिया नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजना गरी सम्पन्न गरेको छ । प्रम...