पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा महाराजगन्जस्थित निवासबाटै पक्राउ
काठमाडौँ । सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा पक्राउ परेका छन्। उनलाई महाराजगन्जस्थित आफ्नै निजी निवासबाट प्रहरीले नियन्त्रणमा लिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा परेको उजुरीका आधारमा प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए। तर, उनीविरुद्ध कुन विषयमा र कस्तो प्रकृतिको उजुरी परेको हो भन्नेबारे प्रहरीले विस्तृत विवरण अझै सार्वजनिक गरेको छैन।
न्यायालयको नेतृत्वमा रहँदा तत्कालीन मन्त्रिपरिषदमा भागबन्डा खोजेको, बिचौलियालाई प्रश्रय दिएको र न्यायिक विचलन ल्याएको लगायतका गम्भीर आरोप लागेपछि जबरा तीव्र विवादमा तानिएका थिए। नेपाल बार एशोसिएसन र कानुन व्यवसायीहरूले उनीविरुद्ध लामो समयसम्म सर्वोच्च अदालत परिसरमै सशक्त आन्दोलन र धर्ना कार्यक्रम सञ्चालन गरेका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
खुम्बु क्षेत्रमा भारी हिमपात : आइल्यान्ड पिकमा रोकिएका सात विदेशी पर्यटकको उद्धार
सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ। निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो । प्रमुख जिल्ला अधिकारी कमानसिंह थापा मगरका अनुसार खुम्...
मिथिलाञ्चलमा माघे संक्रान्तिको तयारी गरिँदै
काठमाडौँ । महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माघे संक्रान्ति पर्वको भव्य तयारी भइरहेको छ । माघे संक्रान्ति पर्व मिथिलाञ्चलमा तिला संक्रान्ति पर्वका नामले पनि प्रसिद्ध छ । यहाँका लोकभाषामा तिला संक्रान्ति भनिन्छ भने कतै कतै तिला संक्रायत पनि भनिन्...
अपांगता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस मनाइँदै
काठमाडौँ । अपांगता भएका व्यक्तिहरूको ३४औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । सरकार, सरोकारवाला निकाय तथा यस क्षेत्रमा क्रियाशिल विभिन्न संघ संस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेक...
आत्मदाहको प्रयास गरेका तेस्रो व्यक्ति विवेक मण्डलको पनि मृत्यु
काठमाडौँ । सर्लाहीको गोडैताका विवेक मण्डलको उपचार क्रममा मृत्यु भएको छ । असार २५ गते आत्मदाहको प्रयास गरेका उनको कीर्तिपुर बर्न अस्पतालमा उपचारका क्रममा राति दुई बजे निधन भएको हो । उनलाई शुक्रबार सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो । सर्...
बाला चतुर्दशी व्यवस्थित गर्न १८ घण्टा कर्मचारीलाई सेवामा खटाइने
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यस वर्षको बाला चतुर्दशी मेला अवधिभर सबै कर्मचारीलाई कम्तीमा १८ घण्टा काममा खटाउने भएको छ । यसवर्षको बाला चतुर्दशी मेला पर्वलाई विगत वर्षमा भन्दा व्यवस्थित बनाउन कुनै पनि कर्मचारीला...
अप्पर त्रिशुली हाइड्रोपावरको टनेलमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार
काठमाडौँ । रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर त्रिशुली हाइड्रोपावरको टनेलभित्र मानिसहरू फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, प्रतिकूल मौसम र बाढीको तीव्र बहावका बीच अत्यन्तै जोखिमपूर्ण र चुनौतीपूर्ण परिस्थितिक...



