बुधबार, २४ भदौ २०८३
नेपाली

पोल्याण्डको सीमा बलियो बनाउन जर्मनीले सेना पठाउने

Main News Image

काठमाडौँ । जर्मनीले पोल्याण्डको पूर्वी सीमा बेलारुस र रूसी भूभाग कालिनिनग्रादसँग जोडिएको बलियो बनाउन आफ्नो सेनाको एउटा समूह पोल्याण्डमा पठाउने निर्णय गरेको छ। मस्कोविरुद्धको लडाइँमा युक्रेनको बलियो समर्थक पोल्याण्डले गत वर्ष मे महिनामा आफ्नो सीमाको लामो भागलाई बलियो बनाउने योजना घोषणा गरेको थियो ।

बर्लिनस्थित रक्षा मन्त्रालयका प्रवक्ताका अनुसार पोल्याण्डमा जर्मन सैनिकको मुख्य जिम्मेवारी ुइन्जिनियरिङ गतिविधिु हुनेछ। यसमा किल्लाहरू निर्माण, खाडलहरू खन्ने, काँडेतार बिछ्याउने वा ट्याङ्क अवरोधहरू खडा गर्ने समावेश हुन सक्छ। जर्मन रक्षा मन्त्रालयले सहयोगस्वरूप जर्मन सैनिकहरूले प्रदान गरेको सहयोग केबल इन्जिनियरिङ् गतिविधिहरूमा सीमित रहने स्पष्ट पारेको छ।

प्रवक्ताले संलग्न सैनिकहरूको यकिन सङ्ख्या नबताए पनि यो दुई अङ्कको सङ्ख्या हुनेछ। उनीहरूले सन् २०२६ को दोस्रो त्रैमासिकदेखि सन् २०२७ को अन्त्यसम्म यो परियोजनामा भाग लिने अपेक्षा गरिएको छ। जर्मन प्रवक्ताले ुसैन्य सङ्घर्षबाट सैनिकहरूलाई तत्काल कुनै खतरा छैनु भन्दै तैनातीका लागि संसदीय अनुमोदन आवश्यक नभएको जानकारी दिएका छन्।

mediabaaji add

सम्बन्धित खबर

वार्ता असफल भएपछि होर्मुज सदाका लागि बन्द गरिदिने ट्रम्पको धम्की

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको नियन्त्रणमा रहेको स्ट्रेट अफ होर्मुज सदाका लागि बन्द गर्न सकिने चेतावनी दिएका छन् । इरानले अवरोध नहटाए अमेरिकाले नै उक्त समुद्री मार्ग बन्द गर्ने प्रक्रिया अघि बढाउने संकेत उनले दिएका हुन् ।

जापानको आणविक मोह प्रति रुसको कडा चेतावनी

काठमाडौँ । जापानले आणविक हतियार प्राप्त गर्ने विषयमा आन्तरिक छलफल सुरु गरेको भन्दै रुसले त्यसको कडा शब्दमा विरोध गरेको छ । रुसी उप विदेशमन्त्री आन्द्रे रुडेन्कोले जापानको यस्तो कदमले उत्तरपूर्वी एसियाको सुरक्षा सन्तुलन बिगार्ने चेतावनी दिएका हुन्...

अमेरिका र इरानबीच युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको ट्रम्पको खुलासा

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी साढे तीन महिना लामो युद्ध अन्त्यका लागि एक प्रारम्भिक सम्झौतामा हस्ताक्षर भइसकेको दाबी गरेका छन् । फ्रान्सको एभियानमा जारी जीसेभेन शिखर सम्मेलनका क्रममा सोमबार फ्रान्सेली राष्ट्रपति इमा...

माडागास्करमा जेनजी युवाले ल्यायो नयाँ मोड‘

काठमाडौँ । हिन्द महासागरको टापु राष्ट्र माडागास्करमा राष्ट्रपति एन्ड्री राजोएलिना विरुद्ध युवा पूस्ता जेनजी युवाले गर्दै आएको प्रदर्शन झन्(झन् चर्किंदै गएपछि राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भा...

अष्ट्रेलियाको १६ वर्षमुनिका सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न मेटाको आग्रह

काठमाडौँ । मेटाले सोमबार अष्ट्रेलियालाई १६ वर्ष मुनिका किशोरहरूको लागि विश्वकै पहिलो सामाजिक सञ्जाल प्रतिबन्ध पुनर्विचार गर्न आग्रह गरेको छ । यसैबीच कम्पनीले नयाँ कानुन अनुसार पाँच लाख ४४ हजार भन्दा बढी खाता ब्लक गरेको जनाएको छ ।

गत वर्ष डिस...

ओमानमा इरान र अमेरिकाबीच गोप्य आणविक वार्ता, ट्रम्पका ज्वाइँ सहभागी हुने

काठमाडौँ । इरानले आगामी शुक्रबार ओमानको मस्कटमा अमेरिकासँग अप्रत्यक्ष आणविक वार्ता गर्ने तयारी गरेको छ । इरानी सञ्चारमाध्यम तस्निमका अनुसार यो वार्ता मुख्य गरी आणविक मुद्दा र इरानमाथि लगाइएका प्रतिबन्धहरू फुकुवा गर्ने विषयमा मात्र केन्द्रित रहनेछ...