कर्मचारीलाई मोजैमोज, राज्य कंगाल, जनता धमाधम आत्महत्या गर्दै !
रुषा थापा______
भक्तपुर । सरकारी सेवाबाट अवकाश प्राप्त कर्मचारीलाई सरकारले पेन्सन उपलब्ध गराउँदै आएको छ । हरेक महिनाको १० गतेभित्र कर्मचारीको खातामा सरकारले पेन्सन रकम हाल्ने गरेको छ । अथवा महिना मर्नुअगावै पेन्सन आउँछ । एउटै कर्मचारीको पदअनुसार २५ हजारदेखि लाखौं पेन्सन हुन्छ । पेन्सन रकम कतिपयले बैंक, वित्तिय संस्थामा जम्मा गर्छन् त कोहीले ब्याजमा लगाउँछन् । व्यापार व्यवसाय वा विविध क्षेत्रमा पनि लगानी गरिन्छ ।
६ लाख बढी भूपू कर्मचारीले पेन्सन बुझ्ने गरेका छन् । सँगै दशैंमा पेश्की र बिरामी हुँदा परिवारसहितको निःशुल्क उपचार पाइन्छ । तर, कर्मचारीहरुले सेवामै रहँदा अकुत सम्पत्ति जोडिसकेका हुन्छन् । बहालमा रहँदा विभिन्न भत्तासहित मासिक ४० हजारदेखि लाखौं बुझ्छन् । सेवाग्राहीसँग घुस बुझ्छन् । घुसबिना कामै गर्दैनन् । कार्यालयको सामान वा सवारीसाधन खरिद तथा मर्मतमा कमिशन खान्छन् ।
यसरी सेवामै रहँदा कर्मचारीहरुले आफ्नो तीन पुस्तालाई मज्जाले पुग्ने सम्पत्ति जोड्छन् । तर, तिनै कर्मचारीलाई अवकाशपछि सरकार पेन्सन दिन्छ, त्यो पनि महिनाअगावै । अर्को मुख्य कुरा सरकारले पेन्सनमा कर लगाएको छैन । अथवा जति तलब हो, त्यति नै पाउँछन् भूपू कर्मचारीहरुले । यसले गर्दा कर्मचारीहरु झनै मोटाएका छन् भने राज्य कंगाल बनिरहेको छ । यदि सरकारले पेन्सनमा कर लगाउने हो भने राज्यको ढुकुटीमा मासिक अर्बौ राजस्व आउनेछ ।
अर्को रोचक कुरा के छ भने साढे तीन दशकअघि मासिक एक सय रुपैयाँ तलबमा सरकारी जागिरे बनेकाहरु अहिले पेन्सन नै मासिक ३० देखि ४० हजार बुझ्छन् । काठमाडौं उपत्यका वा शहरी इलाकामा उनीहरुको ठूलो घर छ । उनीहरुको रहनसहन भीभीआईपीजस्तै छ । चिल्लो गाडी चढ्छन्, छोराछोरी महँगा स्कुलमा पढाएका छन् । लाखौं खर्चिएर अमेरिका, अस्ट्रेलिया पठाएका छन् ।
फेरि यिनै कर्मचारीले स्वास्थ्य बीमासमेत गर्छन् । यतिमात्र होइन, श्रीमान पेन्सन बुझ्छन् भने श्रीमती वृद्धभत्ता । अनि श्रीमती पेन्सन बुझ्ने भएमा श्रीमान वृद्धभत्ता बुझ्छन् । राजनीतिक दलहरुले आफ्नो स्वार्थका निम्ति कर्मचारीहरुको तलब र सेवासुविधा ह्वात्तै बढाए । हरेक दुई वर्षमा तलब बढाउने कानून नै बनाए । यसले कर्मचारी त खुशी भए तर राज्य कंगाल हुन पुगेको छ ।
राजनीतिक दलहरुले नै सामाजिक सुरक्षा भत्ताको शुरुवात गरेका हुन् । अहिले एकल महिला, अपांगता भएका, तल्लो जाति, ज्येष्ठ नागरिक वा दुर्गम जिल्लामा जन्मिएको ६० वर्ष पुगेकालाई सरकारले मासिक चार हजार सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउँदै आएको छ । ४२ लाखले भत्ता बुझ्छन् । जसमा मासिक करोडौं रकम खर्चिने गरेको छ । यो भत्तामा पनि सरकारले कर लगाएको छैन । यदि सरकारले सामाजिक सुरक्षा भत्तामा पनि कर लगाउने हो भने दश जनाबाट असुलेको करले अर्को एक जनालाई भत्ता दिन पुग्छ । यसले राज्यलाई ठूलो राहत मिल्नेछ ।
किनकि राज्यसँग पैसा छैन । राजस्व संकलन ठप्पजस्तै छ । अहिले त वैदेशिक ऋण र अनुदानले देश चलिरहेको छ । तर, कहिलेसम्म ? दलहरुले आफ्नो स्वार्थका निम्ति देशै कंगाल बनाए । तर, नयाँ सरकार पनि त्यही बाटोमा हिँडिरहेको छ । चालु आर्थिक वर्षदेखि कर्मचारी र जनप्रतिनिधिको तलबमा २१ प्रतिशत वृद्धि भएको छ । महँगी भत्ता मासिक पाँच हजार यथावत छ । सेवासुविधा अलग्गै छ ।
कर्मचारी र जनप्रतिनिधि पाल्दापाल्दै राज्य कंगाल बनेको छ भने जनता कर तिर्न नसक्ने अवस्थामा पुगेका छन् । हरेक क्षेत्रमा आर्थिक मन्दी छ । घरजग्गा, गाडी, सेयर, सुनलगायत कारोबार ठप्प छ । व्यापार व्यवसाय पनि ठप्पै छ । लगानी डुबेपछि वा ऋण तिर्न नसक्दा आत्महत्या गर्ने बढ्दो छन् । यो अवस्थाले अझ विकराल रुप लिने देखिँदैछ । यसरी जनता धमाधम मरिरहँदा सरकार भने कर्मचारी पोस्नै व्यस्त छ । जनता मरोस्् कि बाँचोस् सरकारलाई मतलब छैन ।
नभए सरकारले कर्मचारीको तलब बढाउँदैनथ्यो । देशको अवस्था राम्ररी थाहा हुँदाहुँदै पोस्नतिर लाग्दैनथ्यो । भनिन्छ, राजनीति सेवा हो । विडम्बना, हामी कहाँ राजनीतिको नाममा देश लुट्ने काम भइरहेको छ । राजतन्त्र, पञ्चायतकालमा तलबबिनै जनप्रतिनिधिहरुले काम गर्थे । अहिले त जनप्रतिनिधिहरुको तलब र सेवासुविधा देखेर सबै दंग पर्छन् । अहिले एउटै जनप्रतिनिधिले पदअनुसार मासिक ५० हजारदेखि लाखौं तलब बुझ्छन् । सेवासुविधा अलग्गै । अर्कोकुरा, जनताको सेवा गर्छु भनेर आउँछन् तर कतै जानुपरेमा दर्जनौं सुरक्षाकर्मीसहित पुग्छन् ।
इमानदार भएको भए र जनताको काम गरेको भए किन सुरक्षाकर्मी चाहिन्थ्यो र । यहाँ त ठूल्ठूला भाषणा गर्ने, काम चाँहि नगर्ने प्रवृत्ति हिजो पनि थियो, आज पनि निरन्तरता पाइरहेकै छ । मुलुक ग्रे लिष्टमा छ । आगामी माघ मसान्तभित्र यो लिष्टबाट निकाल्न नसकिए नेपाल ब्ल्याकलिष्टमा जान्छ । यसो भएमा विदेशीले ऋण दिन्छ न अनुदान । वैदेशिक रोजगारी वा शिक्षाका लागि विदेश जान पाइँदैन । बरु उल्टै विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काइन्छ । दुर्भाग्य, यसप्रति सरकार गम्भीर देखिँदैन । नत्र भए ग्रे लिष्टबाट बाहिर निस्कनतर्फ सरकार लाग्थ्यो ।
हुन त यहाँ कर्मचारीदेखि सरकार, जनतासम्म एउटै भए । मेहेनत नगर्ने तर टन्न सम्पत्ति र मिठोमिठो खोज्ने । कर्मचारीहरु काम गर्दैनन् तर तलब बढाउनुपर्यो भन्दै आन्दोलन गर्छन् । जनप्रतिनिधिहरु घुमघाममै व्यस्त देखिन्छन् त जनता पनि छिटो कमाउने बाटोतिरै लागेको देखिन्छन् । आजकल कोही पनि मेहेनत गर्न चाँहदैनन्, बसिबसि धनी हुन चाहँन्छन् । त्यही चाहनाले गर्दा अहिले मानिसहरु डुबेका हुन् ।
छिट्टै कमाउन आँखा चिम्लेर घरजग्गा, गाडी, सेयरजस्ता जोखिमपूर्ण क्षेत्रमा लगानी गर्दा सर्वसाधारण चुर्लुम्म हुन पुगेका छन् । सँगै बैंक, वित्तिय संस्था पनि संकटमा परेका छन् । यद्यपि, अझै पनि कतिपयको आँखा खुलेको देखिँदैन । सरकार पनि यस्ता क्षेत्रलाई राज्यको स्रोत ठान्छ । राज्यले सहीलाई सही, गलतलाई गलब भन्नुपर्छ । विडम्बना, हामी कहाँ त सरकार नै दलालीको पछि लागेर आज देश नै संकटमा परेको छ । यद्यपि, अझैपनि सरकार र जनताकै आँखा खुलेको देखिँदैन ।
एक्सप्रेस
सम्बन्धित खबर
नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !
रुषा थापा_______________
भक्तपुर । माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...
सर्वसाधारण र व्यापारीमा छैन नयाँ वर्षको उत्साह, महँगी र मन्दीको चिन्ता !
रुषा थापा_________
भक्तपुर । नयाँ वर्ष शुरु भइसकेको छ । तर, आम नागरिकमा नयाँ सालको उत्साहभन्दा पनि चिन्ता देखिन्छ । २०८३ सालमा झन् महँगी बढ्ने बजारमा व्यापक चर्चा छ । आम सर्वसाधारण भन्छन्–पछिल्लो एक महिनामै सयौं गुणा महँगी बढिसक्यो ।...
रास्वपाको देश बनाउने ठूल्ठूला नारा तर बाढी पीडितलाई सहयोग गर्ने बेला दाँतबाट पसिना !
रुषा थापा____
भक्तपुर । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । बाढीमा परेर हजारौंले ज्यान गुमाएका छन् त हजारौं सम्पर्कविहीन छन् । त्यस्तै, बाढीले घर बगाएपछि हजारौं घरपरिवार...
भूमिमन्त्रीलाई प्रश्नः कौडीको भाउमा लिजमा दिइएका सम्झौता खारेजी र अतिक्रमित सरकारी जग्गा कहिले फिर्ता ल्याउने ?
रुषा थापा___________
भक्तपुर । विगतका सरकारको पालामा थुप्रै सरकारी जग्गा व्यक्तिका नाममा गएको वा कब्जा भएको पाइन्छ । राजनीतिक पहुँचमा सरकारी, गुठी, ऐलानी, हदबन्दी बढी, उद्योग, कारखाना, राजपरिवारलगायतका जग्गा कब्जा गरिनुका साथै...
खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ
मदन सिंह भाट
युवा नेता र खेलकुद विश्लेषक
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत...
स्वास्थ्य बीमाः हुनेखानेले उपभोग गर्दा राज्य कंगाल, गरिब उपचारबाट वञ्चित, अब चाँहि मापदण्ड बनाउने कि !
रुषा थापा________
भक्तपुर । पछिल्लो समय घरैपिच्छे रोगी भेटिन्छन् । एउटै घरमा विभिन्न रोगबाट पीडितहरु हुन्छन् । ग्याट्रिक, सुगर, प्रेसर त मानिसका निम्ति सामान्यजस्तै रोग बनिसकेको छ । जोकोही यी रोगबाट ग्रसित देखिन्छन् । यसबाहेक क...



