शुक्रबार, २० कात्तिक २०८३
नेपाली

‘पाँच पाण्डव’ को प्रदर्शन रोक्न गृह मन्त्रालयको निर्देशन

Main News Image

‎‎काठमाडौँ । आउँदो शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पाँच पाण्डव’ रोक्नलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । गृह मन्त्रालयले संचार मन्त्रालयलाई निर्देशन दिएको र सञ्चार मन्त्रालयले मौखिक जानकारी दिएको निर्माण टिमका एक सदस्यले बताए । ‎निर्माण टिमका एक सदस्यका अनुसार बाँके जिल्लाका सिडिओ दिलकुमार तामाङले प्रदर्शन रोक्नका लागि गृह मन्त्रालयलाई पत्राचार गरेका थिए ।

ती सदस्यले भने, ‘बाँके जिल्लाको सिडिओले गृह मन्त्रालयलाई प्रदर्शन रोक्नलाई पत्राचार गरेको रहेछ । बाँके जिल्ला प्रशासनमा केही व्यक्तिहरू आएर प्रदर्शन रोक्न लगाएका रहेछन् ।’  ‎चलचित्रले महाभारतको गलत व्याख्या गरेको र द्रौपदीलाई आइटम गीत नचाएको भनेर सामाजिक संजालमा विवाद भइरहेको थियो । तर, चलचित्रले धार्मिक सहिष्णुता भड्काउने कोसिस नगरेको भनेर निर्माण टिमले सार्वजनिक रूपमा भनिसकेको छ ।

mediabaaji add

सम्बन्धित खबर

आशा भोसलेको निधन

काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...

लोक गायक कमल बिके निर्मोहीको निधन

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...

मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...

सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता, सुयोग गुरुङले निर्देशन गर्ने

काठमाडौँ । नेपाली फिल्म ‘कबड्डी’ सिरिज, ‘पुरानो डुङ्गा’ र ‘दिमाग खराब’ जस्ता सफल चित्र बनाइसकेको ब्यानर सिनेमा आर्टले नयाँ फिल्मको तयारी सुरु गरेको छ । यस प्रोजेक्टका लागि निर्देशक सुयोग गुरुङसँगै मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसित...

गायक प्रशान्त तामाङको निधन

काठमाडौँ । नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको दिल्लीस्थित निवासमा हृदयाघातका कारण निधन भएको हो । प्रशान्तको निधनप्रति गायक प्रमोद खरेलले सामाजिकमा लेखेका...

बालप्रतिभा सुवाशना खड्का केसी: ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ को बलियो दाबेदार

काठमाण्डाैँ । ११ वर्षको उमेरमै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै गरेकी बालप्रतिभा सुवाशना खड्का केसी अहिले हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको सर्वाधिक लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ मा उ...