शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

छ माया छपक्कै २’को असफलताको जिम्मेवार म मात्रै हुँ : दीपकराज गिरी

Main News Image

काठमाडौँ । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको समूहलाई नेपाली बक्स अफिसको ‘हिट मेसिन’ मानिन्छ । कारण, यो समूहका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन् । त्यसैले दीपक−दीपाले नयाँ फिल्म घोषणा गर्दा नै त्यसलाई ‘स्योर सट हिट’का रूपमा हेरिन्छ । तर, यसपटक भने यो समूह बक्स अफिसमा नराम्रोसँग पछारिएको छ । दसैं ९३१ असोज०मा प्रदर्शन भएको दीपक−दीपाको नयाँ फिल्म ‘छ माया छपक्कै २’ व्यावसायिक रूपमा निकै कमजोर देखिएको छ । प्रदर्शनको दुई साता बित्दै गर्दा फिल्मले साढे ३ करोड हाराहारी व्यापार गरेको छ । यसअघि दीपक−दीपाका फिल्मले सोही अवधिमा ७−८ करोडको व्यापार गर्ने गरेका थिए । तर, यसपटक यो आँकडा पनि फिल्मका लागि धेरै टाढा देखिएका छ । फिल्मले घरेलु बजारबाटै लगानी उठाउन असम्भव देखिएपछि दीपकराजले यसको जिम्मेवार आफूलाई ठहराएका छन् । बिहीबार एक टेलिभिजन कार्यक्रममा उनले ‘छ माया छपक्कै २’को असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । ‘फिल्म जति सफल हुनुपर्थ्यो, त्यो नहुनुमा एउटा मान्छेको मात्र ठूलो भूमिका छ । त्यो हो, दीपकराज गिरी,’ उनले भने । ‘छ माया छपक्कै २’ असफल हुनुमा ९८ प्रतिशत आफू जिम्मेवार रहेको उनको भनाइ छ । दीपक भन्छन्, ‘फिल्म हिट भएको भए दीपकको फिल्म दामी छ भनेर सुन्न चाहिँ तयार हुने अनि असफल हुँदा सबै दोष अरुलाई थुपार्ने कुरा हुँदैन । ‘छ माया छपक्कै २’ असफलताको जिम्मेवार व्यक्ति भनेको ९८ प्रतिशत म हो । त्यो जिम्मेवारी मैले लिनैपर्छ ।’ उनले फिल्म छायांकनको अन्तिम समयमा एक कलाकारले आफूलाई धोका दिएको आशय पनि व्यक्त गरे । उनले नाम नखुलाए पनि ती कलाकार केदार घिमिरे माग्ने बुढा हुन् । फिल्मको स्क्रिप्टमा काम हुँदा उनको अभिनय रहने तय थियो । तर, बीचमा उनी अमेरिका गएपछि विभिन्न कारणले नेपाल फर्किन पाएनन् । जसले गर्दा फिल्मको पछि स्क्रिप्ट नै परिवर्तन गरिएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

लोक गायक कमल बिके निर्मोहीको निधन

काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...

कंगाल करोडपतिमा मुकुनसँग जोडी बाँध्दै सलिना

काठमाण्डौँ । अभिनेत्री सलिना तामाङ फिल्म कंगाल करोडपतिमा अभिनेता मुकुन भुसालको अपोजिट मुख्य भूमिकामा अनुबन्धित भएकी छन् । राजु श्रेष्ठको निर्देशनमा बन्न लागेको यस फिल्ममार्फत सलिनाले नेपाली फिल्म उद्योगमा डेब्यू गर्न लागेकी हुन् ।

निर्माण टि...