शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

छ माया छपक्कै २’को असफलताको जिम्मेवार म मात्रै हुँ : दीपकराज गिरी

Main News Image

काठमाडौँ । कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाको समूहलाई नेपाली बक्स अफिसको ‘हिट मेसिन’ मानिन्छ । कारण, यो समूहका अधिकांश फिल्म व्यावसायिक रूपमा सफल छन् । त्यसैले दीपक−दीपाले नयाँ फिल्म घोषणा गर्दा नै त्यसलाई ‘स्योर सट हिट’का रूपमा हेरिन्छ । तर, यसपटक भने यो समूह बक्स अफिसमा नराम्रोसँग पछारिएको छ । दसैं ९३१ असोज०मा प्रदर्शन भएको दीपक−दीपाको नयाँ फिल्म ‘छ माया छपक्कै २’ व्यावसायिक रूपमा निकै कमजोर देखिएको छ । प्रदर्शनको दुई साता बित्दै गर्दा फिल्मले साढे ३ करोड हाराहारी व्यापार गरेको छ । यसअघि दीपक−दीपाका फिल्मले सोही अवधिमा ७−८ करोडको व्यापार गर्ने गरेका थिए । तर, यसपटक यो आँकडा पनि फिल्मका लागि धेरै टाढा देखिएका छ । फिल्मले घरेलु बजारबाटै लगानी उठाउन असम्भव देखिएपछि दीपकराजले यसको जिम्मेवार आफूलाई ठहराएका छन् । बिहीबार एक टेलिभिजन कार्यक्रममा उनले ‘छ माया छपक्कै २’को असफलताको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताए । ‘फिल्म जति सफल हुनुपर्थ्यो, त्यो नहुनुमा एउटा मान्छेको मात्र ठूलो भूमिका छ । त्यो हो, दीपकराज गिरी,’ उनले भने । ‘छ माया छपक्कै २’ असफल हुनुमा ९८ प्रतिशत आफू जिम्मेवार रहेको उनको भनाइ छ । दीपक भन्छन्, ‘फिल्म हिट भएको भए दीपकको फिल्म दामी छ भनेर सुन्न चाहिँ तयार हुने अनि असफल हुँदा सबै दोष अरुलाई थुपार्ने कुरा हुँदैन । ‘छ माया छपक्कै २’ असफलताको जिम्मेवार व्यक्ति भनेको ९८ प्रतिशत म हो । त्यो जिम्मेवारी मैले लिनैपर्छ ।’ उनले फिल्म छायांकनको अन्तिम समयमा एक कलाकारले आफूलाई धोका दिएको आशय पनि व्यक्त गरे । उनले नाम नखुलाए पनि ती कलाकार केदार घिमिरे माग्ने बुढा हुन् । फिल्मको स्क्रिप्टमा काम हुँदा उनको अभिनय रहने तय थियो । तर, बीचमा उनी अमेरिका गएपछि विभिन्न कारणले नेपाल फर्किन पाएनन् । जसले गर्दा फिल्मको पछि स्क्रिप्ट नै परिवर्तन गरिएको थियो ।

mediabaaji add

सम्बन्धित खबर

मोडल आँचल नाथ आत्महत्या प्रकरणमा पाँच जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौँ । टिकटकर तथा मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धानपछि पाँच जनाविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ । जिल्ला अदाल...

थानेश्वरको स्वरमा ‘लज्जावती’को गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर रहेको गीतमा भीमकुमार ओझाको शब्दरचना छ । सन्तोष बिसीले संगीत भरेका छन् । भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको...

बलिउड अभिनेत्री सन्नी लियोनी आज काठमाडौँ आउँदै

काठमाण्डौँ । बलिउड अभिनेत्री सन्नी लियोनी आज शनिबार काठमाडौँ आउँदै छिन् । काठमाडौँको ठमेलस्थित बाराही होटलको बादशाह क्यासिनो उद्घाटन समारोहमा सहभागी हुन उनी आज यहाँ आउने भएकी हुन् । सोही समारोहमा सहभागी भएर बलिउड अभिनेता सञ्जय दत्त शुक्रबार मात्र...

चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक

काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र  शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमान‍का श...

"जगाल्टे कान्छो" को संघर्ष र सन्देशले जित्दै दर्शकको मन

राजन अधिकारी_____________

ज्वालामुखी गाउँपालिका/धादिङ । सामाजिक सञ्जालको भीडमा मनोरञ्जनसँगै जीवनका यथार्थ, संघर्ष र मानवीय संवेदनालाई सिर्जनामार्फत प्रस्तुत गर्नु आफैँमा एउटा महत्वपूर्ण उपलब्धि हो । यही सन्दर्भमा फेसबुकमा ‘जगाल...

अमेरिकाबाटै धुर्मुस सुन्तलीले ल्याउने भए हाँस्य सिरियल ‘म त मर्छु क्या हो’

काठमाण्डौँ । चर्चित हास्य कलाकारद्वय सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले अमेरिकामा नयाँ हास्य सिरियल निर्माण गरेका छन् । यहाँको नर्थ क्यारोलाइना राज्यको राले क्षेत्रलाई केन्द्र बनाएर निर्माण गरिएको सिरियलको नाम ‘म त मर्छु कि क्या...