थानेश्वरको स्वरमा ‘लज्जावती’को गीत सार्वजनिक
काठमाडौँ । चलचित्र ‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर रहेको गीतमा भीमकुमार ओझाको शब्दरचना छ । सन्तोष बिसीले संगीत भरेका छन् । भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको प्रेम र विछोडपछिको अवस्था चित्रण छ । प्रेमिकाबाट छुटेपछि हराएका उनलाई कलाकार मुकुन भुसाल र जानुका विश्वकर्मा खोज्दै हिँडिरहेको दृश्य छ ।
राजबहादुर सानेले निर्देशन गरेको चलचित्रमा मुकुन भुसाल, श्रीकृष्ण निरौला, जानुका विश्वकर्मा, मेनुका माझी, केशव रिजाल, धीरेन शाक्य, प्रिया रिजाल, हिउँवाला गौतम, विशाल पहारीलगायतको अभिनय छ । चलचित्र यही साउन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ ।
एक्सप्रेस
सम्बन्धित खबर
‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना
काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन् । विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाक...
‘लालीबजार’ प्रदर्शनमा रोक : बादी समुदायको अपमान आरोपपछि अदालतको अन्तरिम आदेश
काठमाडौँ । चलचित्र ‘लालीबजार’ प्रदर्शनको पूर्वसन्ध्यामा कानुनी विवादमा तानिएको छ । बादी समुदायको आत्मसम्मानमा चोट पुगेको भन्दै दायर रिटमाथि सुनुवाइ गर्दै उच्च अदालत पाटनले वैशाख २२ गतेसम्म फिल्म प्रदर्शन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
...बुद्ध र गान्धीको दर्शनबाट उत्प्रेरित कथामा मनोज पण्डितले ‘ग्रेट’ निर्देशन गर्ने
काठमाडौँ । हिंसाको माध्यमबाट के शान्ति प्राप्त हुन्छ ? बुद्ध र महात्मा गान्धीको दर्शनबाट उत्प्रेरित भएर लेखिएको कथामा आधारित चलचित्र ‘ग्रेट’ ले मानिसको महानता के मा हुन्छ भन्ने प्रश्नको उत्तरको खोजी गर्छ । इन्डी फिल्म निर्माणको शैलीमा निर्माण हुने...
बालप्रतिभा सुवाशना खड्का केसी: ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ को बलियो दाबेदार
काठमाण्डाैँ । ११ वर्षको उमेरमै नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल हुँदै गरेकी बालप्रतिभा सुवाशना खड्का केसी अहिले हिमालय टेलिभिजनबाट प्रसारण भइरहेको नेपालको सर्वाधिक लोकप्रिय गायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल सिजन ५’ मा उ...
आशा भोसलेको निधन
काठमाण्डौँ । भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ । केही महिनादेखि अस्वस्थ रहेकी उनलाई शनिबार मुटु र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर अवस्थामा अस्...
लोक गायक कमल बिके निर्मोहीको निधन
काठमाण्डौँ । लोकगायक तथा सञ्चारकर्मी कमल बिके निर्मोहीको निधन भएको छ । केही वर्षदेखि मिर्गौला सम्बन्धी समस्याका कारण अस्वस्थ उनको मंगलबार साँझ निधन भएको हो । गायिका कोमल वलीले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गर्दै निर्मोहीको निधनबारे जानक...



