‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना
काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन् । विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाकारको नाम सार्वजिनक गरिएको छैन । यतिबेला काठमाडौँका विभिन्न स्थानमा चलचित्रको धमाधम छायांकन भइरहेको फिल्मको सेटको तस्बिर सार्वजनिक भएको छ । तस्बिरमा झरना सुहानाले सेटमा एकसाथ टेक दिइरहेका छन् ।
चैत ९ गते काठमाडौँस्थित पशुपतिनाथ मन्दिर परिसरमा स्क्रिप्ट र क्यामेरा पूजा गर्दै चलचित्रको छायांकन सुरु गरिएको थियो। संगीतकारको रूपमा स्थापित हरि लम्सालको डेब्यू निर्देशन रहेको फिल्मले यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ ।
संगीत र पार्श्व गायनमा दर्जनौँ गीतहरू दिइसकेका चर्चित संगीतकार लम्साल यसै चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्दै छन्। लम्सालले निर्देशन मात्र नभई चलचित्रको कथा र पटकथा पनि तयार पारेका हुन् ।
एक्सप्रेस
सम्बन्धित खबर
गीतकार राईको ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
काठमाडौँ । गीतकार श्रीराम राईको गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ । गीतकार ओमप्रकाश राईको संगीत र गायिका पेमा शेर्पा राईको गायनले गीत ओजिलो बनेको छ । गीतले एकतर्फी प्रेमको पीडा र आत...
उत्तम–निरुता फेरि सँगै, ‘सारथी’को छायांकन म्याग्दीबाट सुरु हुँदै
काठमाडौँ । निर्देशक कुमार गजुरेलको पहिलो निर्देशनमा बन्न लागेको फिल्म ‘सारथी’को शुभमुहूर्त सम्पन्न भएको छ । काठमाडौँस्थित भद्रकाली मन्दिरमा पूजा गरी निर्माण टिम छायांकनका लागि म्याग्दी पुगेको हो ।
वैशाख ९ गतेदेखि गुर्जा खानी आसपासका क्षेत्रम...
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल र जसिता, सुयोग गुरुङले निर्देशन गर्ने
काठमाडौँ । नेपाली फिल्म ‘कबड्डी’ सिरिज, ‘पुरानो डुङ्गा’ र ‘दिमाग खराब’ जस्ता सफल चित्र बनाइसकेको ब्यानर सिनेमा आर्टले नयाँ फिल्मको तयारी सुरु गरेको छ । यस प्रोजेक्टका लागि निर्देशक सुयोग गुरुङसँगै मुख्य भूमिकामा अभिनेता अनमोल केसी र अभिनेत्री जसित...
चलचित्र निर्माता थापाको तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक
काठमाडौँ । चलचित्र निर्माता अविरल थापाले तीज गीत ‘दिक्क लाइसक्यो’ सार्वजनिक गरेका छन् । गीतमा दीपिका बयम्बु, बेनिशा पौडेल र सुनिता बिकको स्वर रहेको हो । संगीत किरण भुसालले र शब्द अविरल थापाको रहेको छ । गीतमा विभिन्न पेसामा आवद्ध श्रीमानका श...
अमेरिकाबाट नेपाल फर्किंदै धुर्मुसले भने-'न्याय मिल्ने आशा बोकेर मातृभूमि फर्किएको छु'
काठमाडौँ । कलाकार तथा सामाजिक अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ अमेरिकाबाट नेपाल फर्किएका छन् । आइतबार बिहान संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअघि फाइल बोकेर उभिएको फोटो फेसबुकमा पोस्ट गर्दै उनले न्याय मिल्ने आशा बोकेर आफू मातृभूमि फर्किएक...
विराजको नयाँ गीत ‘छ लिसे’ सार्वजनिक
काठमाण्डौँ । नेपालभाषाका गायक विराज महर्जनको ‘छ लिसे’ गीत सार्वजनिक भएको छ । आइतबार गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनको प्रमुख आतिथ्यमा राजधानीस्थित जय नेपाल हलमा एक कार्यक्रमबीच नेपालभाषा गीत ‘छ लिसे’ प्रिमियर गरिएको हो ।
रामकृष्णा ख...



