तोकिएको मितिमा चुनाव नभए प्रतिनिधिसभा पुन: स्थापना हुनुपर्छ : प्रवक्ता महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले अन्तरिम सरकारले समयमै निर्वाचन गराएर नयाँ संसद् गठन गर्न नसके विघटित प्रतिनिधिसभा पुन स्थापना गर्नुपर्ने बताएका छन् । उनले निर्वाचन ढिलाइ हुँदा संवैधानिक अन्यौल बढ्ने भन्दै त्यसबाट जोगिन वैकल्पिक बाटो अपनाउनुपर्ने धारणा राखे ।
नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको ४३औँ वार्षिक साधारणसभाको उद्घाटन समारोहमा बोल्दै प्रवक्ता महतले निर्वाचन नै पहिलो प्राथमिकता भएको स्पष्ट गरे ।
‘निर्वाचनबाट संसद् बनाउनु पर्यो। त्यो सरकारले सक्दैन भने संसद् पुनस् स्थापनाबाट हुनुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने, ‘अहिलेको स्थिति यही हो।’ उनले सरकारले २१ फागुनमा निर्वाचन गर्नुपर्नेमा जोड दिँदै नेपाली कांग्रेस त्यसका लागि तयार रहेको बताए । ‘जनताले जे म्यान्डेट दिन्छन्, जनताको जे इच्छा हुन्छ, त्यो इच्छा संसदमा प्रकट हुन्छ,’ महतले भने, ‘त्यो संसद्ले आवश्यक सुधारदेखि संवैधानिक सुधारका विषयहरू अघि बढाउँछ ।’
उनका अनुसार २१ फागुनमा निर्वाचन हुन नसके संसद् पुनस् स्थापनाको प्रक्रिया अघि बढ्नेछ । ‘अब होइन भनेदेखि संसद पुन स्थापनाको बाटोमा जान्छ । संसदले सरकार बनाउँछ,’ उनले भने, ‘त्यसले फेरि चाँडै निर्वाचन गर्छ । ०८४ सम्म कुर्नुपर्दैन, २०८३ मै निर्वाचन हुन्छ ।’ संवैधानिक संरचनामा लामो समयसम्म शून्यता रहनु खतरनाक हुने उल्लेख गर्दै उनले छिमेकी देश बंगलादेशको पछिल्लो अवस्थाबाट नेपालले पाठ सिक्नुपर्ने बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
उपचारका लागि सिंगापुर जाँदै देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज उपचारका लागि सिंगापुर जाने भएका छन् । उनी राति ९ बजे देउवा पत्नी आरजु राणासहित थप उपचारका लागि सिंगापुर जान लागेका हुन् । जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थ...
एमाले महाधिवेशन उद्घाटस्थलमा चहलपहल, बम डिटेक्टर र तालिमप्राप्त कुकुर परिचालन
काठमाडौँ । नेकपा एमालेका एघारौं महाधिवेशन उदघाटन समारोह स्थलमा चहलपहल बढेको छ । भक्तपुर सल्लाघारीस्थित उद्घाटन समारोहस्थलमा कार्यकर्ताहरू भरिन थालेका छन् । कार्यक्रमस्थलको सुरक्षाका लागि विशेष तालिम प्राप्त कुकुरसहित प...
माओवादी केन्द्र र एकीकृत समाजवादी बीचको एकता अन्तिम चरणमा
काठमाडौँ । वामपन्थी घटकबीच एकता गर्ने प्रयास तीव्र भइरहेका बेला नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी बीच पार्टी एकीकरणको प्रारूपमा सहमति नजिक पुगेको छ । पार्टीको नाम, नीति तथा नेतृत्वबारे दुवै पक्षबीच करिब सहम...
रवि लामिछानेको मुद्दामा सुनुवाइ हुँदै
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिटमा आज सोमबार सुनुवाइ हुने भएको छ । सर्वोच्च अदालतमा आइतबार यो मुद्दाको पेसी चढे पनि हेर्न नभ्या...
सुरू भयो नेपाली कांग्रेसको महाधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ । महाधिवेशनमा सभापति शेरबहादुर देउवाका निकटस्थ नेताहरू पनि सहभागी छन् । देउवानिकट पूर्वउपभापति गोपालमान श्रेष्ठ, संस्थापन पक्षका केन्द्रीय सदस्य तारामान गुरुङ, डिला सङ्ग्र...
यस्ता आरोप लगाउँदै रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति शर्माले छाडिन् पार्टी
काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा मधेस प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी छाडेकी छन् । पार्टी स्थापनाकालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत चलिरहेको आरोप लगाउँदै केन्द्रीय महिला तथा सामाजिक विकास विभागकी सदस...



