पश्चिमी वायु र चक्रवातको प्रभाव : शुक्रबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव र बंगालको खाडीमा विकसित ‘अर्नब’ चक्रवातको समेत संयुक्त असर पर्ने देखिएसँगै आगामी शुक्रबारदेखि नेपालका विभिन्न क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार र बुधबार देशका अधिकांश भूभागमा मौसम सामान्यतया सफा रहने भए पनि बिहीबारदेखि भने मौसममा क्रमिक बदलाव आउनेछ।
हाल कोशी, मधेश र बागमती प्रदेशमा आंशिक बदली देखिए पनि अन्य भूभागमा मौसम मुख्यतया सफा रहेको छ। विभागका अनुसार बुधबार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा सामान्यतया बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहनेछ। सोही दिन कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मध्यम हिमपातको सम्भावना रहेको छ।
एक्सप्रेस
सम्बन्धित खबर
पहाडी भू-भागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना
काठमाडौँ । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । यसको प्रभाव रहदा देशका हिमाली भूभागमा सहित कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वान...



