२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने १३६, सिसिटिभिमार्फत ५०, रातोबत्तीमा २२ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको १५, एकतर्फीमा ५ र अन्यमा १८४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
मन्दिरमा भेटिएको पेस्तोल खेलाउने क्रममा बालक घाइते
काठमाडौँ । सर्लाहीको मलङ्गवामा आज १५ वर्षीय बालक आकाश राम गोली लागेर घाइते भएका छन् । बालकको दाहिने हातको पञ्जामा चोट लागेको छ ।
घटना मलङ्गवा–४, ढाकाबोर्डर क्षेत्रमा भएको हो । प्रहरीले जानकारी दिएको अनुसार, बालक बेवारिसे पेस्तोल खेलाउने क्रम...
चुनावमा भरपर्दो सुरक्षा योजना बनाएर परिचालित हुन आईजीपीको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनलाई भयरहित र निष्पक्ष वातावरणमा सम्पन्न गराउन भरपर्दो सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न निर्देशन दिएका छन् । नक्सालस्थित नेपाल प्रहरी प्रधान कार्याल...
एम्बुलेन्समा गाँजा तस्करी, तस्कर समाउन प्रहरीले चलायो गोली
विराटनगर । मोरङमा एम्बुलेन्स प्रयोग गरी गाँजा ओसार पसार गरेको पाइएको छ । प्रहरीले गाँजा कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको जनाएको छ । आइतबार राति करिब साढे ११ बजे मोरङको केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरी एम्बुलेन्समा लोड...
२४ घण्टामा १५ सयभन्दा बढी सवारीसाधन कारबाहीमा
काठमाडौँ । काठमाडौं उपत्यकाभित्र सडक अनुशासन पालना नगर्ने र ट्राफिक नियम उल्लंघन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाहीलाई तीव्र पारेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले पछिल्लो २४ घण्टामा मात्रै उपत्यकाका विभिन्न स्थानमा...
मधेस प्रहरीका घुमुवा तानिए छानबिनमा, तस्करीसँग जोडिएको आरोप
वीरगञ्ज । प्रहरी प्रधान कार्यालयले मधेस प्रदेश प्रहरी मातहत कार्यरत ३१ जना घुमुवा प्रहरीलाई छानबिनका लागि तानेको छ । प्रधान कार्यालय, प्रशासन शाखाको पत्रपछि उनीहरूलाई केन्द्रमा बोलाइएको हो । स्रोतका अनुसार सीमा नाकामा हुने अवैध ओसारपसार व्यवस्थापन...
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीलाई चार र खाँणलाई दुई वर्ष कैद
काठमाडौँ । बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले कसुरदार ठहर भएका मुख्य अभियुक्त र मतियारहरूको सजाय निर्धारण गरेको छ। अदालतले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र पूर्वगृहसचिव टेकनाराय...



