२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ५१४ जनालाई कारबाही
काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५१४ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । शनिबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ मापसे सेवन गरी सवारी चलाउने १३६, सिसिटिभिमार्फत ५०, रातोबत्तीमा २२ जना चालकलाई कारबाही गरिएको छ ।
यसैगरी, तीव्रगतिमा ९१, हर्न निषेधमा ८, लेन क्रसमा ३, अवस्था ठिक नभएको १५, एकतर्फीमा ५ र अन्यमा १८४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर
काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल जसपा नेपालकी लुम्बिनी प्रदेशसभा सदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसहित पाँच जनाविरुद्ध दाङ जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् ।
सांसद काफ्लेले आफूलाई प्रदेशसभा सदस्य...
सशस्त्र प्रहरीका दुई डीआइजी प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप
काठमाडौँ । सशस्त्र प्रहरी बलमा दुई डीआइजीको पदावधि थप भएको छ। प्रदीप पाल र लक्ष्मणबहादुर सिंहको पदावधि थप भएको हो । उनीहरुको पदावधि थप भएसँगै सिंस १ का सुरेश श्रेष्ठ, अञ्जनीकुमार पोखरेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापाको बढुवामा अंकुश लाग्ने संभाव...
प्रहरीको रातभर ‘अपरेशन सेफ्टी’: गुण्डागर्दीमा संलग्न पाँच, विमानस्थलबाट १८ जना समातिए
काठमाडौँ । काठमाडौँ प्रहरीले गएराति ‘अपरेशन सेफ्टी’ सञ्चालन गरी उपत्यकाका विभिन्न ठाउँमा गुण्डागर्दीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ भने विमानस्थलमा यात्रुलाई दुःख र हैरानी दिने १८ जना पनि नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प...
मुस्ताङमा नेपाली सेनाको बेस क्याम्प थपियो
मुस्ताङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षाका लागि यहाँका दुई स्थानमा नेपाली सेनाले निर्वाचन सुरक्षा बेस क्याम्प स्थापना गरेको छ । जोमसोमस्थित इन्द्रबक्स गणका अनुसार नेपाल–चीन सिमानासँग जोडिएको माथिल्लो मुस्ताङको लोमान्...
वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप
वीरगञ्ज । वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...
एआईजी पौडेललाई सशस्त्र प्रहरीको आईजीपी बनाउने सरकारको तयारी
काठमाडौँ । सरकारले एआईजी नारायणदत्त पौडेललाई सशस्त्र प्रहरी बल एपीएफको महानिरीक्षक आईजीपी नियुक्त गर्ने तयारी गरेको छ । वर्तमान प्रमुख राजु अर्यालको चारवर्षे कार्यकाल वैशाख १८ गते सकिनुअघि नै नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढाइएको हो ।



