बुधबार, २४ भदौ २०८३
नेपाली

बंगलादेशमा ३५ वर्षपछि पुरुष प्रधानमन्त्री बन्दै, संविधान संशोधन गरिँदै

Main News Image

काठमाडौँ । बंगलादेशमा बिहीबार भएको आम चुनावमा बंगलादेश राष्ट्रवादी पार्टी बीएनपीले भारी विजय हासिल गरेको छ। बीएनपीले २९९ सिटमध्ये २०९ सिट जितेको छ, जुन बहुमतका लागि आवश्यक १५० भन्दा बढी हो। यो दुई तिहाई बहुमत हो । अहिलेसम्म २८६ सिटको नतिजा घोषणा भइसकेको छ ।

जमातएइस्लामीको नेतृत्वमा रहेको ११ दलीय गठबन्धनले अहिलेसम्म ७० सिट जितेको छ। जमात प्रमुख शफिकुर रहमानले ढाका १५ सिट जितेका छन् । लगभग २० वर्षपछि देशमा बीएनपीले सरकार बनाउने भएको छ । शेख हसिनाको अवामी लिग २००८ देखि २०२४ सम्म सत्तामा थियो ।

यो जितसँगै पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तथा बीएनपी अध्यक्ष तारिक रहमान प्रधानमन्त्री बन्ने लगभग निश्चित मानिएको छ । तारिकले दुई सिटमा चुनाव लडे र दुवैमा जित हासिल गरे । १७ वर्षको निर्वासनपछि उनी गत डिसेम्बरमा स्वदेश फर्किएका थिए ।


mediabaaji add

सम्बन्धित खबर

जर्मनीको बाल तथा मातृ कल्याण केन्द्रमा अन्धाधुन्ध गोली प्रहार, छ जनाको मृत्यु

काठमाडौँ । जर्मनीको उत्तरी सहर स्टेडस्थित एक बाल तथा मातृ कल्याण केन्द्रमा सोमबार दिउँसो भएको अन्धाधुन्ध गोली प्रहारमा परी ६ जनाको मृत्यु भएको छ । आफ्नी तीन महिने छोरीको संरक्षणको विषयलाई लिएर भएको विवादका कारण एक बन्दुकधारीले उक्त विभत्स हत्याकाण...

इरान युद्ध अन्त्य गर्ने ट्रम्पको घोषणा

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धलाई लिएर फेरि एकपटक ठूलो दाबी गरेका छन् । ‘ट्रुथ सोसल’ मा एउटा पोस्ट गर्दै उनले इरान विरुद्धको युद्ध चाँडै अन्त्य गर्नेबारे विचार गरिरहेको बताएका छन् । तर अर्कोतर्फ, अमेरिकाले इरानमा स्...

अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक

काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।

प्रतिवेदनमा लगातारको...

शेख हसिनाका छोराको दाबी : बंगलादेशमा हुन लागेको चुनावपछि भारतलाई खतरा पैदा हुनेछ

काठमाण्डौँ । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाका छोरा सजीव वाजेदले यही फेब्रुअरी १२ मा हुने आम चुनावमा ‘धाँधली’ हुने आशंका व्यक्त गरेका छन् । अमेरिकामा रहेका उनले सोमबार साँझ भिडिओ कन्फरेन्सिङमार्फत कोलकातामा...

अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय

इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू

काठमाण्डौँ । अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छाड्न आग्रह गरेको छ । भेनेजुएलामा सशस्त्र अर्धसैनिक बलले अमेरिकी नागरिकलाई पक्रन खोजिरहेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले उनीहरूलाई तत्काल त्यहाँबाट बाहिरिन सुझाव दिएको हो ।

द गार्...