शुक्रबार, ०६ कात्तिक २०८३
नेपाली

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो : खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू

Main News Image

काठमाण्डौँ । अमेरिकाले आफ्ना नागरिकलाई तुरुन्तै भेनेजुएला छाड्न आग्रह गरेको छ । भेनेजुएलामा सशस्त्र अर्धसैनिक बलले अमेरिकी नागरिकलाई पक्रन खोजिरहेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले उनीहरूलाई तत्काल त्यहाँबाट बाहिरिन सुझाव दिएको हो ।

द गार्जियनका अनुसार शनिबार जारी सूचनामा भनिएको छ, ‘कोलेक्टिभो भनेर चिनिने सरकार समर्थक मिलिसियाका सशस्त्र सदस्यहरूले सडकमा अवरोध गरेर सवारीसाधन खानतलासी गरिरहेको सूचना आएको छ, ताकि त्यसमा अमेरिकी नागरिक वा अमेरिकाका समर्थक रहेरनरहेको पत्ता लगाउन सकियोस्।’ 

सूचनामा अगाडि भनिएको छ, ‘भेनेजुएलामा अमेरिकी नागरिकले सडकमा यात्रा गर्दा सावधानी अपनाउन जरुरी छ र त्यहाँबाट केही अन्तर्राष्ट्रिय उडान फेरि सुरु हुनासाथ तुरुन्त निस्कन अनुरोध गरिन्छ ।’

mediabaaji add

सम्बन्धित खबर

अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक

काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।

प्रतिवेदनमा लगातारको...

कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु

काठमाडौँ ।  पश्चिमी कोलम्बियाको पेरेरा सहरमा सोमबार बिहान गएको शक्तिशाली भूकम्पका कारण केबलकार एरियल केबलकारमा फसेका १६ जना यात्रुको करिब ६ घण्टापछि सकुशल उद्धार गरिएको छ ।

पेरेरा नगरप्रमुखको कार्यालयद्वारा जारी वक्तव्य अनुसार सोमबार बि...

जापानमा चौबिसै घण्टा सेवा दिने स्वचालित मेसिन संकटमा

काठमाडौँ । जापानको गल्ली–गल्ली र पर्यटकीय क्षेत्रमा देखिने चर्चित ‘भेन्डिङ मेसिन’ संस्कृति अहिले गम्भीर चुनौतीको घेरामा परेको छ। विश्वभर बढ्दो मूल्यवृद्धिको बाछिटाले जापानको यो स्वचालित खुद्रा व्यापारलाई पनि नराम्ररी प्रभावित पारेको छ ।

कुनै...

हर्मुज जलघाँटीमा इरानले शुल्क उठाउन थालेपछि अमेरिकाले लगायो नयाँ प्रतिबन्ध

काठमाडौँ । रणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण मानिने हर्मुज जलघाँटी स्ट्रेट हुँदै हुने समुद्री आवागमनबाट शुल्क असुल्ने इरानी निकायविरुद्ध अमेरिकाले नयाँ प्रतिबन्धको घोषणा गरेको छ । तेहरानमाथिको आर्थिक नाकाबन्दी र दबाबलाई अझ कडा बनाउने उद्देश्यका...

मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प

काठमाडौँ । मलेसियाको सुलु सागरमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेअनुसार स्थानीय समय अनुसार सोमबार बिहान १२ः५७ बजे ७.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु सबाहको तटीय क्षेत्रबाट...

अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय

इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...