शनिबार, १७ असोज २०८३
नेपाली

आईजीपी कार्कीको शब्दमा ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक (भिडिओ)

Main News Image

काठमाण्डौँ । प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको शब्द रचना रहेको गीत ‘आमा म त खरानीबाट उठेर आएँ’ सार्वजनिक भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबीच उक्त गीतको प्रथम प्रदर्शनी गरिएको हो ।

नेपाल प्रहरीले निर्वाह गरिरहेको जिम्मेवारी, संघर्ष, सेवाभावलाई सजिव रुपमा प्रस्तुत गर्दै प्रहरी कर्मचारीहरुले दिनानुदिन भोग्दै आएको संघर्ष, जोखिमपूर्ण जिम्मेवारी र नागरिकको सुरक्षाको लागि गरिएको निश्‍वार्थ सेवाको यथार्थ चित्रण सहितको भाव प्रस्तुत गरिएको छ ।

गीतकार महानिरीक्षक कार्की उपत्यका प्रहरी कार्यालयको प्रमुखको जिम्मेवारीमा रहँदा नवयुवा पुस्ताले गरेको आन्दोलनको क्रममा उहाँले प्रत्यक्ष अवलोकन र अनुभूत गर्नुभएका विषयहरूलाई यस गीतको माध्यमबाट उत्कृष्ट छायांकनका साथ दर्शकहरूको मन छुने गरी मार्मिक तवरले प्रस्तुत गरिएको छ । नवयुवा पुस्ताको आन्दोलनपश्‍चात् खरानीबाट उठेर नागसक सेवा र सुरक्षामा होमिएका प्रहरीको मनोभाव, अनुशासन, देश प्रतिको जिम्मेवारी र आम नागरिक प्रतिको कर्तव्य वोधलाई यस गीतले भावानात्मक रुपमा उजागर गरेको छ । यस गीतमा दिपक शर्माको संगीत, उदय राज पौडेलको एरेन्ज, श्याम श्वेत रसाइलीको मिक्सिङ र मास्टरिङ्ग रहेको छ ।

https://youtu.be/DuSlEOkrHhc?t=9


mediabaaji add

सम्बन्धित खबर

गायक सानुबाबु महर्जनको नेपाली र नेपाल भाषाको दुई एल्बम सार्वजनिक

काठमाडौँ । गायक सानुबाबु महर्जनको नेपाल भाषाको नुगः या मिखां र नेपाली भाषाको तिम्रो याद गरी दुई एल्बम गत हप्ता ज्यापु प्रज्ञा भवनमा ललितपुरमा एक समारोहका बिच विमोचन गरिएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको उक्त दुई एल्बमको विमोचन ग...

गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५

मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।

उनले ओप्सना फ...

थानेश्वरको स्वरमा ‘लज्जावती’को गीत सार्वजनिक

काठमाडौँ । चलचित्र ‘लज्जावती’को ‘मलाई पिर परेको तिम्लाई के थाहा छ’ बोलको गीत सार्वजनिक भएको छ । थानेश्वर गौतमको स्वर रहेको गीतमा भीमकुमार ओझाको शब्दरचना छ । सन्तोष बिसीले संगीत भरेका छन् । भिडियोमा सिनेमाका कलाकार मेनुका माझी र श्रीकृष्ण निरौलाको...

अहिलेको परिवर्तनको श्रेय माओवादी जनयुद्धलाई जान्छ : दीपकराज गिरी

काठमाडौँ । कलाकार दीपकराज गिरीले अहिले संसदमा महिला, दलित तथा उत्पीडित वर्गको उल्लेख्य प्रतिनिधित्व हुनु माओवादी जनयुद्धको परिणाम भएको बताएका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले वर्तमान राजनीतिक परिवर्तनमा जनयुद्धको भूमिका रहेको उल्लेख गरेका...

‘बा : एक योद्धा’ मा एकसाथ देखिँदै झरना र सुहाना

काठमाण्डौँ । अभिनेत्री तथा निर्देशक झरना थापा र उनकी छोरी अभिनेत्री सुहाना थापा पहिलो पटक एउटै पर्दामा देखिने भएका छन् । फिल्म ‘बाः एक योद्धा’मा यी दुवै आमाछोरीको भूमिकामा देखिनेछन् ।  विगत दुई सातादेखि छायांकन भइरहेको यस चलचित्रमा रहेका कलाक...

फरक अवतारमा रश्मिका,यस्तो छ 'मैसा'को पहिलो झलक !

काठमाडौँ । दक्षिण भारतीय फिल्म मैसाको पहिलो झलक सार्वजनिक भएको छ । निर्माण पक्षले बुधबार पहिलो झलकस्वरूप टिजर सार्वजनिक गरेको हो । टिजरमा अभिनेत्री रश्मिका मन्दाना यसअघि देखिँदै आएको रोमान्टिक छविभन्दा फरक अवतारमा प्रस्तुत छिन् । उनी गम्भीर भ...