आज ओपीडी सेवा खुल्ला राख्न निर्देशन
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग ओपीडी सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपीडी सेवा प्रभावित हुने र सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।
एक्सप्रेस
सम्बन्धित खबर
डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल, सेती अस्पतालको आईसीयूमा सारियो
धनगढी । धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा बिहीबारदेखि सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ ।
उनका स्वास्थ्य सहयोगी डा अमृत जैसीका अनुसार डा केसीको रगतमा सुग...
काठमाडौंमा वायु प्रदूषण ‘धेरै अस्वस्थ’ तहमा
काठमाडौँ । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढ्न थालेको छ। वर्षात् भएसँगै सुधार देखिएको वायु गुणस्तर अचानक खस्किँदै ‘धेरै अस्वस्थ’ तहमा पुगेको छ । एयर क्वालिटी इन्डेक्स एक्युआईका अनुसार मङ्गलबार दिउँसो करिब ९२ को हाराहारीमा रहेको वायु गुणस्तर सूचका...
सर्वसाधारणले खाने चामलमा विषादी
काठमाडौँ । सर्वसाधारणले दैनिक उपभोग गर्ने चामलमा विषादीको अवशेष भेटिएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । विभिन्न स्थानबाट संकलित नमुनाको परीक्षणमा करिब ८३ प्रतिशत चामलमा विषादीको अवशेष फेला परेको हो । मायादेवी गाउँपालिकाका १२० व्यावसायिक किसानमा...
बर्खायाममा स्क्रब टाइफसको जोखिम : समयमै उपचार पाए पूर्ण रूपमा निको हुने
काठमाडौँ । कुनै पनि सरुवा रोग फैलिएपछि त्यसलाई नियन्त्रणमा लिन निकै कठिन हुने गर्छ । एक व्यक्तिबाट अर्कोमा सङ्क्रमण सरेपछि स्थिति नियन्त्रणमा ल्याउन समय लाग्ने गर्छ । सल्यानको एउटा पालिकाबाट सुरु भएको स्क्रब टाइफसको सङ्क्रमण हाल सातवटा पालिकासम्म...
बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह
कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा ब...
चिकित्सकको आन्दोलन जारी, आज पनि आकस्मिकबाहेकका सबै सेवा बन्द
काठमाण्डौँ । नेपाल चिकित्सक सङ्घले नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमण र तोडफोडका दोषीलाई कारबाही गर्न सरकारले उदासीनता देखाएको भन्दै देशभर आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द गरेको छ । घटनाको चार दिन बितिसक्दा पनि दोषी पक्राउ नपरेको र न...



