सोमबार, ०९ कात्तिक २०८३
नेपाली

युद्धबिराम सुरू भइसकेपछि इजरायलको आक्रमण, २ सय ५४ जनाको मृत्यु

Main News Image

काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न घना बस्ती भएका व्यापारिक र आवासीय क्षेत्रहरूमा कुनै पूर्वजानकारी बिना नै भयानक हवाई आक्रमण गरेको छ ।

लेबनानको नागरिक रक्षा विभागका अनुसार बुधबार भएको यो आक्रमणमा कम्तीमा २५४ जनाको ज्यान गएको छ भने १,१६५ भन्दा बढी मानिस घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्री राकान नासेरेद्दिनले इजरायलले देशैभरि १०० भन्दा बढी हवाई हमला गरेको र यसले स्थितिलाई अत्यन्तै खतरनाक मोडमा पुर्‍याएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय संस्थाहरूलाई लेबनानको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आपतकालीन अपिल समेत गरेका छन् ।

इजरायली सेनाले यसलाई मार्च २ देखि सुरु भएको सैन्य अभियानकै सबैभन्दा ठूलो र योजनाबद्ध आक्रमण भनेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले यी आक्रमणहरू हिजबुल्लाहका सैन्य संरचना र कमाण्ड सेन्टरहरूलाई लक्षित गरी गरिएको दाबी गरेका छन् । उनले यसलाई सन् २०२४ को ‘पेजर बम’ अपरेसनपछिको सबैभन्दा ठूलो प्रहार भनेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

बेरोजगारी संख्या जापानमा बढ्दै

टोकियो । जापानमा अक्टोबर महिनामा बेरोजगारी दर लगातार तेस्रो महिना २.६ प्रतिशतमा स्थिर रहेको छ । बेरोजगारहरूको सङ्ख्या बढिरहेको छ । आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयका अनुसार, रोजगारप्राप्त व्यक्तिहरूको सङ्ख्या ६८ लाख...

समुद्री घेराबन्दी नहट्ने ट्रम्पको अडान : इरानको तेल निर्यात शून्यमा झार्ने रणनीति

काठमाण्डौा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अर्थतन्त्रलाई पूर्ण रूपमा धराशायी बनाउने उद्देश्यले जारी ‘अपरेशन इकोनोमिक फ्युरी’अन्तर्गत लामो समयसम्मका लागि कडा नाकाबन्दी र समुद्री घेराबन्दी जारी राख्न निर्देशन दिएका छन् ।

ह्वाइट हा...

अमेरिकामा नेपालीलाई सरकारी सहुलियत लिन कडाइ, गलत विवरण बुझाए भिसा र ग्रिनकार्ड रद्द हुने

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आप्रवासी नीतिमा थप कडाइ गरेसँगै अमेरिकामा रहेका नेपालीहरूले त्यहाँको सरकारबाट पाउने विभिन्न सामाजिक सहुलियतहरू उपभोग गर्न नपाउने भएका छन् ।

इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन

तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु नयाँ र निकै कडा प्रस्तावहरू अघि सारेको चर्चा चलिरहेका बेला तेहरानले भने आफ्ना अधिकारहरू पूर्...

थाइल्याण्डमा उच्च गतिमा गुडिरहेको रेलमाथि क्रेन खस्दा २२ जनाको मृत्यु

काठमाडौँ । थाइल्यान्डको नाखोन राचासिमा प्रान्तमा निर्माणाधीन क्रेन गुडिरहेको एक्सप्रेस रेलमाथि खसेर दुर्घटना भएको छ। यस घटनामा २२ जनाको मृत्यु भएको छ भने ५५ जना घाइते भएका छन् । उद्धार टोलीहरू अझै पनि भग्नावशेषमा फसेका यात्रुहरूलाई मुक्त गर्न प्रय...

हर्मुज जलघाँटीमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति

तेहरान । इरानले पर्सियन खाडी र हर्मुज जलघाँटीको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व वा हस्तक्षेप स्वीकार्य नभएको स्पष्ट पारेको छ । इरानले क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई त्यही क्षेत्रका सम्बन्धित देशहरू मिलेर नै सुनिश्चित गर्नुपर्ने आफ...