बुधबार, ११ कात्तिक २०८३
नेपाली

युद्धबिराम सुरू भइसकेपछि इजरायलको आक्रमण, २ सय ५४ जनाको मृत्यु

Main News Image

काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न घना बस्ती भएका व्यापारिक र आवासीय क्षेत्रहरूमा कुनै पूर्वजानकारी बिना नै भयानक हवाई आक्रमण गरेको छ ।

लेबनानको नागरिक रक्षा विभागका अनुसार बुधबार भएको यो आक्रमणमा कम्तीमा २५४ जनाको ज्यान गएको छ भने १,१६५ भन्दा बढी मानिस घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्री राकान नासेरेद्दिनले इजरायलले देशैभरि १०० भन्दा बढी हवाई हमला गरेको र यसले स्थितिलाई अत्यन्तै खतरनाक मोडमा पुर्‍याएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय संस्थाहरूलाई लेबनानको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आपतकालीन अपिल समेत गरेका छन् ।

इजरायली सेनाले यसलाई मार्च २ देखि सुरु भएको सैन्य अभियानकै सबैभन्दा ठूलो र योजनाबद्ध आक्रमण भनेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले यी आक्रमणहरू हिजबुल्लाहका सैन्य संरचना र कमाण्ड सेन्टरहरूलाई लक्षित गरी गरिएको दाबी गरेका छन् । उनले यसलाई सन् २०२४ को ‘पेजर बम’ अपरेसनपछिको सबैभन्दा ठूलो प्रहार भनेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

हर्मुज जलमार्ग खुलेपछि कच्चा तेलको मूल्य घट्यो

काठमाडौँ । इरानले हर्मुज जलमार्ग व्यावसायिक जहाजका लागि खुला गर्ने घोषणा गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिका–इजरायल र इरानबीच जारी युद्धविराम अवधिभर इरानले जलमार्ग खुला गरेको जनाएको छ । यस घोषणापछि कच्चा तेलको मूल्य प...

अफगानिस्तानमा २३ लाख नागरिकलाई मानवीय सहयोग आवश्यक

काठमाडौँ । संयुक्त राष्ट्र बाल कोष युनिसेफले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदनअनुसार अफगानिस्तानमा गत वर्ष करिब २२ लाख नौ हजार नागरिकले मानवीय सहयोगको आवश्यकता महसुस गरेका छन् । तीमध्ये करिब १२ लाख बालबालिका रहेका छन् ।

प्रतिवेदनमा लगातारको...

ईयूले लगायो रूसविरुद्ध नयाँ आर्थिक प्रतिबन्ध

काठमाडौँ । युरोपेली सङ्घ ईयुले शुक्रबार रूसी केन्द्रीय बैङ्कका सम्पत्ति कुनै पनि प्रकारले रूस फर्किन नदिने निर्णय गरेको छ । उक्त कदम युक्रेनमा जारी द्वन्द्वलाई दृष्टिगत गर्दै तत्काल लागू गरिएको हो । सङ्घले जारी गरेको व...

बंगलादेशमा रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु, दर्जनौं घाइते

एजेन्सी । बंगलादेशको उत्तरी ढाकामा रहेको कपडा कारखाना र नजिकैको रासायनिक गोदाममा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । 

सोही घटनामा परी दर्जनौं घाइते भएको जनाइएको हो। अग्निशमन विभागका निर्देशक ताजुल इस्लाम चौधरीले मृतकको संख्या अझै बढ...

इरानमाथि अमेरिकी दबाब बढेपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट !

काठमाण्डौँ । इरानमाथि अमेरिकी आर्थिक दबाब थप कडा हुने संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप आर्थिक कारबाही घोषणा गरेपछि सोमबार तेल बजारमा गिरावट देखिएको हो । अन्तर्राष्ट्रिय...

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाण्डौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन् । अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार ट्रम्प देशको मध्यावधि निर्वाचनपछि इरानविरुद्ध हवाई आक्रमण पुनः सुरु गर्न चाहन्छन् । इरानका अधिकारीहरूले...