बुधबार, ११ कात्तिक २०८३
नेपाली

युद्धबिराम सुरू भइसकेपछि इजरायलको आक्रमण, २ सय ५४ जनाको मृत्यु

Main News Image

काठमाडौँ । अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति भएको खुसीयाली मनाउन नपाउँदै इजरायलले लेबनानको राजधानी बेरुतसहित विभिन्न घना बस्ती भएका व्यापारिक र आवासीय क्षेत्रहरूमा कुनै पूर्वजानकारी बिना नै भयानक हवाई आक्रमण गरेको छ ।

लेबनानको नागरिक रक्षा विभागका अनुसार बुधबार भएको यो आक्रमणमा कम्तीमा २५४ जनाको ज्यान गएको छ भने १,१६५ भन्दा बढी मानिस घाइते भएका छन् । लेबनानका स्वास्थ्य मन्त्री राकान नासेरेद्दिनले इजरायलले देशैभरि १०० भन्दा बढी हवाई हमला गरेको र यसले स्थितिलाई अत्यन्तै खतरनाक मोडमा पुर्‍याएको बताएका छन् । उनले अन्तर्राष्ट्रिय संस्थाहरूलाई लेबनानको स्वास्थ्य क्षेत्रमा सहयोग गर्न आपतकालीन अपिल समेत गरेका छन् ।

इजरायली सेनाले यसलाई मार्च २ देखि सुरु भएको सैन्य अभियानकै सबैभन्दा ठूलो र योजनाबद्ध आक्रमण भनेको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले यी आक्रमणहरू हिजबुल्लाहका सैन्य संरचना र कमाण्ड सेन्टरहरूलाई लक्षित गरी गरिएको दाबी गरेका छन् । उनले यसलाई सन् २०२४ को ‘पेजर बम’ अपरेसनपछिको सबैभन्दा ठूलो प्रहार भनेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

अमेरिकाद्वारा इरानमाथि लगातार १०औँ रात आक्रमण, तेहरानद्वारा कुवेतमा हमला

काठमाडौँ । अमेरिका र इरानबिचको युद्ध झन् चर्किएको छ । युद्धविरामसम्बन्धी समझदारी भएको करिब ३० दिनपछि पुनः सुरु भएको द्वन्द्वमा अमेरिकाले लगातार १०औँ रात इरानका विभिन्न क्षेत्रमा हवाई आक्रमण गरेको छ ।

इरानको बन्दर अब्बास, सिरिक, केश्म टापु, च...

क्यानडाले स्वागत गर्‍यो ईयूको ‘सहयोगी सदस्य’ बन्ने प्रस्ताव

काठमाडौँ । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले युरोपेली संघ ईयूको क्यानडालाई पहिलो ‘सहयोगी सदस्य’ बनाउने प्रस्तावको स्वागत गरेका छन् । उनले रक्षा, महत्वपूर्ण खनिज र ऊर्जा सुरक्षालगायतका क्षेत्रमा क्यानडा र युरोपबीच थप सहकार्यको आवश्यकता औँल्याए...

पाकिस्तानद्वारा अफगानिस्तानमा हमला गर्दा ४०० जनाको मृत्यु

काठमाडौँ । सोमबार राति पाकिस्तानले अफगानिस्तानमा पुनः हवाई हमला गरेको दाबी गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार पाकिस्तानी वायुसेनाका लडाकु विमानले राजधानी काबुलका विभिन्न क्षेत्रमा आक्रमण गरेका हुन् । उक्त आक्रमणमा ४०० जनाको मृत्यु भएको र २५०...

इरानको स्पष्ट अडान : अधिकार सुरक्षित नभई अमेरिकासँग कुनै सम्झौता हुँदैन

तेहरान । अमेरिका र इरानबीच हुन सक्ने भनिएको सम्भावित सम्झौतालाई लिएर अनिश्चितताको बादल फेरि गहिरिन थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसामु नयाँ र निकै कडा प्रस्तावहरू अघि सारेको चर्चा चलिरहेका बेला तेहरानले भने आफ्ना अधिकारहरू पूर्...

इरानद्वारा इजरायलमा नयाँ क्षेप्यास्त्र प्रहार

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्व थप उग्र बन्दै जाँदा इजरायलमाथि इरानबाट नयाँ क्षेप्यास्त्र आक्रमण भएको छ, जसले क्षेत्रीय मात्रै नभइ, विश्वव्यापी असर गहिरिँदै गएको सङ्केत दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध अझ कडा सैन्य का...

बंगलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौँ । बंगलादेशका प्रधानमन्त्री तारिक रहमानले आगामी फागुन २१ गतेका लागि निर्धारित प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने कामना गरेका छन् । बंगलादेशका प्रधानमन्त्रीले परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मंगलबार साँझ भएको भेटम...