डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई
© प्राज्ञ चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्यालयद्वारा "विद्यालयमा कुलपति’" तथा कविता वाचन कार्यक्रम नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा आयोजना गरिएको थियोे।
कुलपति राईले प्रत्येक जातजातिका आआफ्नै मातृभाषा छन् ।सबैले आआफ्नै मातृभाषामा कविता लगायतको लेखन कार्य गर्न सक्नुपर्छ।महाकुलुङमा कुलुङ भाषाको बाहुल्य रहेको छ।कुलुङभाषी विद्यार्थी र साहित्य सर्जकले यसै भाषामा साहित्य सिर्जना गर्न प्रेरित गर्नुभएको थियोे। महाकुलुङ गाउँपालिका आफैँमा स्थानीय सरकार भएकाले कुलुङलगायतका भाषाको संरक्षण र सम्बर्द्धन गर्न 'महाकुलुङ प्रज्ञा-प्रतिष्ठान' गठन गर्न सुझाउनु भएको थियोे। उहाँले मातृभाषा बाँचे मात्रै देश सांस्कृतिक रूपमा समृद्ध हुने बताउनु भएको थियोे ।सगरमाथा माविका विद्यार्थीबिच संवाद गर्दै कुलुङभाषा लगायतका विद्यार्थीले आआफ्नो मातृभाषामा कविता लेख्न उत्प्रेरित गर्नुभएको थियोे । सबैले नेता,कर्मचारी ,
शिक्षक ,डाक्टर ,इन्जिनियर र प्रहरी आदिलाई चिने जस्तै लेखकलाई पनि चिन्न सक्नुपर्ने बताउनुभएको थियोे ।विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले उक्त कार्यक्रममा नेपाल प्रज्ञा-प्रतिष्ठानको ऐतिहासिक पृष्ठभूमि र प्राज्ञिक संरचना बारे प्रकाश पार्दै नेपाली र अङ्ग्रेजीसाथै आआफ्ना मातृभाषामा कविता लेख्न विद्यार्थीलाई सुझाउनु भएको थियोे ।जसले मातृभाषामा कलम चलाउँछ ,उसको कविता लगायतको सिर्जना अब्बल हुने बताउँदै आफूले पढ्ने पुस्तकको लेखक को हो ? विद्यार्थीले चिन्नुपर्ने बताउनुभएको थियोे ।
विशिष्ट अतिथि महाकुलुङ गाउँपालिका बुङ, सोलुखुम्बुका अध्यक्ष सूर्यबहादुर कुलुङले नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञिक व्यक्तित्वहरू गाउँगाउँ र स्कुलस्कुलमा आउनु भनेको भाषा,साहित्य ,संस्कृति र कला क्षेत्रको विकासमा प्रेरणा मिल्नु हो। यसबारे अध्ययन गरेर महाकुलुङ प्रज्ञा-प्रतिष्ठान स्थापना गर्दै यस क्षेत्रको मातृभाषा र साहित्यको विकासमा लागिपर्ने बताउनुभएको थियोे।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुवास राईको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजमान राईले स्वागत मनतव्य राख्नुभएको थियोे।विद्यार्थीबाट 'हाम्रो कुलुङ: मेरो कुलुङ'
बोलको पालिका गानका साथै नृत्य र गीत प्रस्तुत गरिएको थियोे । कार्यक्रममा नेपाली,अङ्ग्रेजी र कुलुङभाषामा कविता वाचन गरिएको थियोे ।जसमा कवि तिलक बाहिङ राईले 'लाली गुँरास' र कवि मनुहाङ किरातीले 'नेपालीको चिनारी' शीर्षकको कविता वाचन गर्नुभएको थियोे।
उक्त विद्यालयकी कक्षा-७ कि छात्रा अमृता कुलुङले कुलपतिको स्वागतार्थ नेपाली भाषामा 'ज्ञानको ज्योति' शीर्षकको कविता वाचन गर्नुभएको थियो।दिया कुलुङ, सुस्तिका कुलुङ र वर्षा राईले अङ्ग्रेजी भाषामा आआफ्नो कविता प्रस्तुत गर्नुभएको थियोे।यसैगरी जेनी कुलुङले (नेपाली र कुलुङभाषा ) र प्रिन्सा कुलुङले कुलुङभाषामा कविता वाचन गर्नुभएको थियोे ।विद्यालयमा कुलपति ,अन्तरक्रिया तथा कविता वाचन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियोे ।
एक्सप्रेस
सम्बन्धित खबर
मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी १० उत्कृष्ट कृतिहरू छनौट ग...
हङकङको किनाराबाट गोधूलिको किनारा
© राजकुमार राई हङकङ
मिडियाबाजी डटकम काठमाडौँ, मंसिर १०। हङकङको किनाराबाट धेरै कविताहरू लेखिएका छन् ।
बहुराष्ट्रिय भाषा संस्कृति बोकेर बसेको बहुटापुहरू...
छ जना हास्यव्यङ्ग्य स्रष्टा सम्मानित, तीन कृति सार्वजनिक
मिडियाबाजी डटकम काठमाडौँ मंसिर २ ।भक्तपुर । नेपाली हास्यव्यङ्ग्यको सम्वर्धनका निम्ति क्रियाशील रहँदै आएको फित्कौली अनलाइन मिडिया तथा फित्कौली डटकमले विशिष्ट हास्यव्यङ्ग्यकार मुकुन्द आचार्यलाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान (२०८२) द्वारा स...
लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण
काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ग्रीनलिफ फुड पुतलीसडक...
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा १९ जना स्रष्टालाई प्रज्ञा पुरस्कार-२०८२ समर्पण !
काठमाडौँ ,कमलादी। २०८३ वैशाख १८ गते ,बिहीवार। •भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजशास्त्र लगायतका विधामा साधनारत १९ जना विशिष्ट स्रष्टालाई नेपाल प्रज्ञा- प्रतिष्ठानले प्रज्ञा पुरस्कार-२०८२ समर्पण गरेको छ।
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !
काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...



