अनिल खनालको शब्द रचनामा झिलिमिली तिहार सार्वजनिक
काठमाडौँ । गायक हेमराज डाँगीले तिहार पर्वको अवसर पारेर तिहार विशेष गीत ‘झिलिमिली तिहार’ बजारमा ल्याएका छन् । लोकप्रिय सर्जक अनिल खनालको शब्द रचनामा रहेको उक्त गीतमा भाका भने गायक डाँगीकै रहेको छ ।
आधुनिक, लोकदोहोरी, चलचित्र तथा पप गीतमा आफ्नो जादु चलाउने सर्जक खनालले यस चाडबाडको गीतमा पनि मौलिकतालाई प्राथमिकता दिएर शब्द कोरेको देख्न सकिन्छ । गीतमा गायक डाँगी लाई गायिका सीमा थापाले साथ दिएकी छन् भने संगीत संयोजन तथा मिक्सिङ माष्टरिङ पनि गायक डाँगीले नै गरेका छन् ।
महक रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको भिडियोलाई निर्देशक दिनेश सिंह ठकुरीले निर्देशन तथा कोरियोग्राफी गरेका हुन्, छायांकन मरुभूमि नारायणको रहेको उक्त गीतलाई अनिल विष्ट प्यूठानी ले सम्पादन गरेका हुन् । गीतमा श्याम मगर, दीपक किसी, दिव्या बायलकोटी, नमूना डुम्रे भट्टराई, रेशम लाल भट्टराई लगायतको अभिनय देख्न सकिन्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
कवि एवं गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक
काठमाण्डौँ । कवि एवम् गीतकार शिव पलाँसको नयाँ सांगीतिक गजल सार्वजनिक भएको छ । मृत्युबोध गरिएको यो गजलमा मान्छेहरुको दोहोरो चरित्र र हराउँदै गएको समवेदनाप्रति व्यंग्य पनि गरिएको छ ।
ध्रुपद गायनका विध्यार्थी केशव बादीको संगीत तथा स्वर रहेको...
सुशीला गौतम र खेम सेन्चुरीको स्वरमा "मोरे सैया" गीत सार्वजनिक
काठमाडौँ । लोकदोहोरी गायिका सुशीला गौतमको नयाँ सांगीतिक प्रस्तुति मोरे सैया सार्वजनिक भएको छ । सुशीला गौतम र खेम सेन्चुरीको संयुक्त स्वर रहेको यस गीतमा प्रेमभावका साथै नेपाली संस्कृतिको झल्को समेत प्रस्तुत गरिएको छ ।
नेत्र अर्यालद्वारा शब्द...
आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु
काठमाडौँ । आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । कीर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार बिहान साढे ८ बजे उनको मृत्यु भएको हो...
कस्तो छ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको ‘गोबर गणेश’ को ट्रेलर ?
काठमाण्डौँ । कलाकार मरिचमान श्रेष्ठ बल्छी धुर्बेको डेब्यु निर्देशन रहेको फिल्म ‘गोबर गणेश’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा समाजमा काम वा वर्गका आधारमा गरिने विभेदलाई समेटिएको छ ।
ट्रेलरको गणेश पात्रबाट गरिएको छ, जो पढाईमा कमज...
यस्तो छ तीन चलचित्रको व्यापार
काठमाडौँ । दसैँको अवसर पारेर यही असोज १३ गतेदेखि प्रदर्शनमा आएका तीन चलचित्रले राम्रो व्यापार गरेका छन् ।
चलचित्र विकास बोर्डको ‘बक्सअफिस सिनेमा’का अनुसार यही असोज २३ गते मध्यरातिसम्म चलचित्र बलिदानले रु चार करोड ४२ लाख व्यापार...
गायिका नित्याशिवाले चुमिन् ओप्सना अवार्ड २०२५
मिडियाबाजी डटकम काठमाडौँ मंसिर ७।"ओप्सना फिल्म्स तथा म्युजिक अवार्ड २०२५" मा गायिका नित्याशिवा 'फिदा' चलचित्रको मुटुमै हान्यो मायाले गीतबाट अवार्ड चुम्न सफल भएकी छिन्।
उनले ओप्सना फ...


