बुधबार, २४ असार २०८३
नेपाली

खाइराइड हास्यव्यङ्ग्य निबन्ध प्रतियाेगिता पुरस्कार समर्पण

Main News Image

मिडियाबाजी डटकम,काठमाडाैँ, २०८२ पुस १३ । नेपाली हास्यव्यङ्ग्य साहित्यको उन्नयन र विकासका लागि हास्यव्यङ्ग्यकार राजेन्द्र कार्कीद्वारा स्थापना गरिएको ‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार‘ २०८२ विशेष समाराेहकाे आयाेजना गरी समर्पण गरियाे । 


गत मङ्सिर १, २०८२ को समय अवधि तोकी विद्यालय तहको ‘हास्यव्यङ्ग्य निबन्ध प्रतियोगिता–२०८२ का लागि बाङ्गा अक्षरले निबन्ध आह्वान गरेको थियो ।

देश भरिका कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीबाट प्राप्त निबन्धको मूल्याङ्कनको आधारमा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने छात्रछात्राहरूलाइ सम्मान पत्र सहित नगद रकम हस्तान्तरण गरिएकाे हाे ।


प्रथम कुसुम घिमिरे (काभ्रे इङ्लिश माध्यामिक विद्यालय, पनौती काभ्रे ) लाई प्रथम पुरस्कार (नगद रू. २०,०००) सहित सम्मानपत्र प्रदान गरियाे भने द्वितीय पुरस्कार साइमन घिमिरे (डियरवाक सिफल स्कुल, सिफल काठमाडौं) लाइ (नगद रू. १०, ०००) सहित सम्मान पत्र प्रदान गरियाे ।


त्यसैगरी अनुश्री आचार्य (डियरवाक सिफल स्कुल, सिफल काठमाडौं) र विनिता प्रधान (सिद्देश्वर माध्यामिक विद्यालय दाँवा, भोजपुर) लाइ (जनही नगद रू. ५ /५ हजार) प्रदान गरियाे । विनिता प्रधानकाे पुरस्कार रकम र सम्मान पत्र विद्यालयमै कार्यक्रम अायाेजना गरि हस्तान्तरण गरिने आग्रह भएकाे हुँदा सम्बन्धित विद्यालयमा पठाइ सकिएकाे जानकारी दिइयाे । पुरस्कृत छात्रछात्रालाइ फित्काैलीद्वारा प्रकाशित हास्यव्यङ्ग्य कृतिहरू उपहारसमेत प्रदान गरिएकाे थियाे ।


अमेरिकामा क्रियाशील हास्यव्यङ्ग्य संस्था बाङ्गा अक्षर नेपाल शाखाका अध्यक्ष डिल्लीप्रसाद मूलतिहूनकाे सभापतित्वमा सम्पन्न समाराेहकाे प्रमुख अतिथि हुनुहुन्थ्याे फित्काैली डटकमका प्रधान सम्पादक एवम् हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेल । 


अन्य अतिथिहरूमा प्राज्ञ श्याम तमाेट, हास्य कलाकार मनाेज गजुरेल र सुवाेध गाैतम, डा. टिका लम्साल, चण्डी कार्की लगायत हुनुहुन्थ्याे ।

डा. टिका लम्सालले बाङ्गा अक्षरकाे उपस्थिति र खाइराइड पुरस्कार स्थापनाकाे उद्धेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य राख्नु भएकाे थियाे ।


पुरस्कार अर्पण अगाडि हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष एवम् रचना मूल्याङ्कन समितिका संयाेजक लक्ष्मण गाम्नाङ्गेले तयार गरेकाे समीक्षात्मक टिप्पणी अनिल पाैडेलले वाचन गर्नु भएकाे थियाे । कार्यक्रममा श्याम तमाेट र चण्डी कार्कीले पुरस्कृत छात्रछात्रा एवम् सहभागी विद्यालय परिवारप्रति बधाइ र शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।


प्रमुख आतिथेय मन्तव्यका क्रममा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले खाइराइड हास्यव्यङ्ग्य पुरस्कार नेपाली हास्यव्यङ्ग्यकै पुनर्जागरणमा एउटा महत्वपूर्ण कडी हुनेछ भन्ने विश्वास व्यक्त गर्दै यसले हाम्रो युवा पुस्तामा हास्यव्यङ्ग्य लेखनप्रति अभिरूचि जगाउँन र अभिप्रेरित गर्न सफल होस् भनी बाङ्गा अक्षर परिवार र खासगरी पुरस्कार संस्थापक राजेन्द्र कार्कीलाई विशेष शुभकामना व्यक्त गर्नु भएकाे थियाे। 


कार्यक्रममा हास्यकलाकार मनाेज गजुरेल र सुवाेध गाैतमले प्रस्तुत गरेका हास्यव्यङ्ग्यमूलक प्रस्तुतिले सभाकक्ष हाँसाेमय बनेकाे थियाे । पुरस्कृत छात्रछात्राहरूकाे निबन्धहरूकाे उनीहरूबाटै वाचन गरिनुका साथै चक्र दवाडी, अनिता काेइराला र अनिल पाैडेलले व्यङ्ग्यात्मक कविता प्रस्तुत गर्नुभएकाे थियाे ।


हास्यव्यङ्ग्यकार तथा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नाङ्गे, कवि तथा साहित्यकार डा. ऋषि बस्ताकोटी र हास्यव्यङ्ग्यकार गायत्री लम्साल रहनु भएको मूल्याङ्कन समितिले गरेको मूल्याङ्कनका अधारमा प्रथम, द्वितीय र तृतीय घोषणा गरि पुरस्कृत गरिएकाे हो ।


कार्यक्रमकाे अन्त्यमा डा. ऋषि बस्ताकाेटीकाे पानीको रङ्ग – कवितासङ्ग्रहको प्रोत्साहन पुरस्कार स्वरूप डियरवाक सिफलका १२ जना छात्रछात्रालाइ प्रमुख अतिथि नरनाथ लुइँटेल मार्फत हस्तान्तरण गरिएकाे 

थियाे । हास्यव्यङ्यप्रेमीहरूकाे उल्लेख्य सहभागिता रहेकाे समाराेहलाइ अनिल पाैडेलले सञ्चालन गर्नुभएकाे थियाे भने फित्काैली डटकमले आफ्नाे फेसबुक पेज (fitkauli) बाट लाइभ प्रशारण गरेकाे थियाे ।

mediabaaji add

सम्बन्धित खबर

स्रष्टा छुकांको ‘ताथली, भूगोलदेखि लोकसंस्कृतिसम्म’ लोकार्पण

काठमाण्डौँ । इतिहास विगतको दर्पण मात्र होइन, समाजको साझा स्मृति पनि हो। यसका साथै संस्कृति परम्पराभन्दा बढी पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको जीवनपद्धति हो । जब यी दुवैलाई समयमै अभिलेखीकरण गरिँदैन, समाजले आफ्नो मौलिक परिचय पनि बिस्तारै गुमाउँदै जा...

रहेनन् वरिष्ठ कलाकार सुनिल थापा

काठमाडौँ । वरिष्ठ कलाकार सुनिल थापाको निधन भएको छ । 

 आज बिहान हृदयघातका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले मिडियाबाजीलाई जानकारी दिए । 

थापा लामो समयदेखि नेपाली...

बागमती साहित्य महोत्सव संस्करण दुइ चितवनमा हुने

मिडियाबाजी डटकम,काठमाडौँ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ “बागमती साहित्य महोत्सव २०८३” चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको हलमा सञ्चालन हु...

जनसांस्कृतिक महासङ्घ नेपालको संयोजकमा भीम कुमाखी चयन

काठमाडौँ । जनसांस्कृतिक महासङ्घ नेपालको ऐतिहासिक एकताको राष्ट्रिय सम्मेलनबाट सांस्कृतिककर्मी तथा कवि भीम कुमाखी संयोजक र अष्ट लामा सहसंयोजकमा चयन हुनुभएको छ । सम्मेलनले ५१ सदस्यीय कार्यालय टिम, सचिवालय, केन्द्रीय समिति तथा ४५ सदस्यीय प्राज्ञिक परा...

सरुभक्त ‘कविता एन्ड द कप’मा गुन्जिए, सरल र जनमुखी कविताको पक्षमा जोड

काठमाडौँ । प्रसिद्ध साहित्यकार तथा बहुआयामिक सर्जक सरुभक्तको प्रमुख आतिथ्यमा ‘कविता एन्ड द कप’ कार्यक्रम सम्पन्न भएको छ । अनामनगरस्थित सिलौटो कटेजमा आयोजित कार्यक्रममा कविता वाचन, साहित्यिक अन्तरक्रिया तथा समकालीन नेपाली कवितामाथि गहन विमर्श गरिएक...

डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई

© प्राज्ञ चेतनाथ धमला

मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...