प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले अब दोहोरो सुविधा भत्ता नपाउने
काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठानको वर्तमान प्राज्ञ परिषद्का कुलपति भूपाल राईको अध्यक्षतामा २०७९ साल फागुन ११ गते बसेको बैठकले प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्यले लिइरहेको दोहोरो भत्ता रोक्ने निर्णय गरेको थियोे।
परिषद्को उक्त निर्णयको विरुद्ध प्राडा वासुदेव त्रिपाठीलगायत ११ जना आजीवन प्राज्ञ सदस्यले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमा यस अघि सर्वोच्चले अन्तरिम आदेश दिएको थियो । तर मिति २०८२ चैत १ गतेका दिन माननीय न्यायाधीश मनोजकुमार शर्मा र माननीय न्यायाधीश नृपध्वज निरौलाको संयुक्त इजलासबाट उक्त रिट निवेदन खारेज भएको छ।
दोहोरो सुविधा भत्ता लिँदै आएका ११ जना आजीवन सदस्यहरु यसप्रकार छन् ।
१. प्रा.डा वासुदेव त्रिपाठी ,
२. प्रा. डा. चूडामणि बन्धु रेग्मी,
३. गङ्गाप्रसाद उप्रेती,
४. प्रा. डा. योगेन्द्रप्रसाद यादव,
५. तीर्थबहादुर श्रेष्ठ ,
६ आर. डी. ‘प्रभास’ चटौत (राजेश्वरीदत्त चटौत) ७. अशेषकुमार मल्ल,
८. डा. धुवचन्द्र गौतम,
९. तोया गुरुङ,
१०. तुलसीप्रसाद जोशी (तुलसी दिवस) ११.शशीविक्रम शाह
परिषद्ले निर्णय गरेको ३ वर्षपछाडी भएको अदालतको फैसला अनुसार अब उपरान्त ती आजीवन सदस्यहरूलाई दोहोरो सुविधा पाउने गरी प्रज्ञाप्रतिष्ठानले भत्ता प्रदान गर्नुपर्ने छैन ।
एक्सप्रेस
सम्बन्धित खबर
उपन्यासकार राजकुमार राईद्वारा २२ वटा पुस्तकालय स्थापना
काठमाडौँ । उपन्यासकार राजकुमार राईले हालसम्म २२ वटा पुस्तकालय पुस्तकालय अभियानबाट स्थापना गरेका छन् । पछिल्लो पुस्तकालय स्थापनाको लागि करिब १ लाख ७० हजार मूल्य बराबरको १३ सय थान पुस्तक सितलपाटी टोल संस्था स...
डाक्टर,इन्जिनियर र प्रहरीलाई चिनेझैँ लेखकलाई पनि चिन्नु अनिवार्य छ :-कुलपति राई
© प्राज्ञ चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ ,मंसिर २४। सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका बुङस्थित सगरमाथा माध्यमिक विद्याल...
गिरीको गजल ऋण लागेपछि !
बाँच्ने भन्दा नि मर्ने , बनाउँछ ऋण लागेपछि
गह भरि आँसु भर्ने, बनाउँछ ऋण लागेपछि
जन्म घर , माया मोह र बुढी आमा छोडेर
रुदैँ खाडीमा झर्ने , बनाउँछ ऋण लागेपछि
घरबारी सुम्पिएको त्यो ज्याद्रो तमसुक सम्...
बागमती साहित्य महोत्सव संस्करण दुइ चितवनमा हुने
मिडियाबाजी डटकम,काठमाडौँ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ “बागमती साहित्य महोत्सव २०८३” चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको हलमा सञ्चालन हु...
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !
काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...
राहुलको नयाँ अध्याय लोकार्पण
©निशेष आङ्देम्बे
गजलकार राहुल शंकरकृत गजल सङ्ग्रह 'नयाँ अध्याय' लोकार्पण भएको छ । 'द मार्जिन'ले प्रकाशनमा ल्याएको उक्त कृति ...



