इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ - कुलपति राई
• नेपाल -प्रज्ञा प्रतिष्ठान साहित्य (मातृभाषा) विभागद्वाराआयोजित मातृभाषा साहित्यको ३० ओैँ शृङ्खलामा सिर्जना,संवाद , विमर्श ,कविता वाचन तथा ज्योमोलाङ्मा' सार्वजनिकीकरण प्रज्ञा-प्रतिष्ठानको देवकोटा सभाकक्षमा भव्यतापूर्वक सम्पन्न भएको थियो ।
• प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर पाठ गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे । उहाँले मातृभाषाका बारेमा काम गर्दा मार्क्सवादी भएको आरोप लगाउने पनि छन् । यदि समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्दा मार्क्सवादी भन्छन् भने मलाई मार्क्सवादी हुनुमा गर्व छ। प्रज्ञा- प्रतिष्ठान समावेशी ढङ्गबाट मातृभाषाको विकास गर्न सक्षम भएको बताउँदै संवैधानिक रूपमा नेपालका १२४ वटै मातृभाषाको संरक्षण र संवर्धान गर्नु सबैको दायित्व रहेको बताउनुभएको थियो । साथै, उहाँले वर्तमान सरकार दुई-तिहाई नजिक रहेकाले मातृभाषाका क्षेत्रमा महत्त्वपूर्ण कार्य हुनेमा आफू आश्वस्त रहेको बताउँदै पहिले किरात भाषामा 'चोमोलुङ्गा' र शेर्पाभाषामा 'ज्योमोलाङ्मा' भनिन्थ्यो ।तर पछि यसलाई किन सगरमाथा नामाकरण गरियो ? यसले गम्भीर प्रश्न उठाएको छ ।चोमोलुङ्मा वा ज्योमोलाङ्मा नामलाई नै व्याप्कता दिँदा के नै बिगरिन्थ्यो र ? के त्यसको उचाइ घट्थ्यो र ? यसरी इतिहासमा भएको भाषिक र सांस्कृतिक अतिक्रमणले चिन्ता र चासो बढाएको छ ।
•प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले प्रयाप्त बजेटका अभावका बाबजुद पनि मातृभाषामा जे जति काम भएको छ ,त्यो सम्झिनलायक नै छ भन्ने धारणा राख्नुभएको थियोे ।
• प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य मातृभाषा विभाग प्रमुख,कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले प्रज्ञा-प्रतिष्ठानबाट मातृभाषा साहित्य शृङ्खला सञ्चालन भएपछि मातृभाषाको क्षेत्रमा नयाँ जागरण आएको चर्चा गर्दै मातृभाषाका पाठ्यपुस्तक निर्माण हुँदा विषयवस्तुमा के कस्तो प्रभाव परेको छ । त्यस्ता पाठ्यपुस्तकहरू प्रत्येक आदिवासी जनजातिको सौन्दर्यअनुसार हुनुपर्नेमा जोड दिनुभएको थियोे।
•अध्येताद्व्य किरणकुमार बरामले 'बराम समुदायको लोकसाहित्य'र पदम रानाले 'रानाथारु साहित्यको वर्तमान अवस्था' विषयक कार्यपत्र उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएको थियोे।
•प्रज्ञा-प्रतिष्ठानले आफ्नो स्थापना भएको ६८ वर्षको इतिहासमा पहिलोपटक शेर्पा भाषाको पत्रिका 'ज्योमोलाङ्मा'प्रकाशित गरेको थियोे ।यसको सार्वजनिकीकरण कुलपति राई लगायतले गर्नुभएको थियोे ।
•प्रत्येक कार्यक्रममा फरक-फरक मातृभाषाका तीन कविले कविता वाचन गर्ने गर्छन् । यसपटक भने भोजपुरी भाषाका कवि रितेश त्रिपाठी ,आठपहरीया भाषाका कवि विमला राई,अछामी भाषाका कवि प्रदीप जैसीले आआफ्ना मातृभाषामा कविता वाचन गर्नुभएको थियो ।
•सार्वजनिकीकरण गरिएको शेर्पाभाषाको उक्त पत्रिकाको समीक्षात्मक मनतव्य पत्रिकाका कार्यकारी सम्पादक दावा शेर्पा (डि.एन.)ले गर्नुभएको थियोे।शेर्पा सङ्घका अध्यक्ष लाक्पा ठिनेल शेर्पाले कुलपति राई र प्राज्ञ राजन मुकारुङलाई खादा ओढाएर सम्मान स्वरूप मायाको चिन्हो र राससका पूर्व अध्यक्ष बालकृष्ण चापागाईंले प्रज्ञा पुस्तकालयका लागि एक थान पुस्तक उपहार प्रदान गर्नुभएको थियोे । कार्यक्रमको सहजीकरण प्राज्ञसभा सदस्य चेतनाथ धमलाले गर्नुभएको थियोे ।
एक्सप्रेस
सम्बन्धित खबर
लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण
काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ग्रीनलिफ फुड पुतलीसडक...
गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० पुस्तकहरूको सूची सार्वजनिक
काठमाडौँ । मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८२’ का लागि उत्कृष्ट १० पुस्तकहरूको श्रेष्ठ सूची सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष कुन्द दीक्षितद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष प्राप्त कूल २९८ वटा पुस्तकहरूमध्येबाट यी १० उत्कृष्ट कृतिहरू छनौट ग...
बागमती साहित्य महोत्सव संस्करण दुइ चितवनमा हुने
मिडियाबाजी डटकम,काठमाडौँ । साहित्य, कला र संस्कृतिको प्रवर्द्धन तथा बागमती सभ्यताको संरक्षण गर्ने उद्देश्यका साथ “बागमती साहित्य महोत्सव २०८३” चितवनमा आयोजना हुने भएको छ । महोत्सव आगामी जेठ १६ र १७ गते नारायणगढ उद्योग वाणिज्य संघको हलमा सञ्चालन हु...
जनमत सम्मानद्वारा प्रतिभा सम्मानित : जेनजी विद्रोहद्वारा पुरानो संस्कृतिको विनिर्माण तथा नयाँ युगको थालनी' -कुलपति राई
चेतनाथ धमला
मिडियाबाजी डटकम काठमाडौँ,पौष १ । जनमत वाङ्मय प्रतिष्ठान नेपालले आफ्नो वार्षिकोत्सबको पहिलोचरणको सम्मान कार्यक्रम आयोजना गरेको थियोे । प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति...
नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !
काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...



