सुदूपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि
काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए। उनले १३ बलमा आक्रामक ब्याटिङ गरेका थिए ।
डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा रनमा आउट भए। निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहे। बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले दुई, अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिएका थिए। त्यसअघि टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटिएको थियो।
सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाएका थिए। विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भएका थिए। हेमन्त धामी ७ रनमा अविजित रहे। ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे। रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिएका थिए। शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३र३ र तिलक भण्डारीले एक विकेट हात पारेका थिए।
एक्सप्रेस
सम्बन्धित खबर
एनपिएलः आज विश्राम,भोलि दुई खेल हुने
काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज विश्राम दिइएको छ । भोलि मङ्गलबार भने दुई खेल राखिएका छन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा बिहान ११ः४...
मेस्सीको ऐतिहासिक कीर्तिमानसँगै अर्जेन्टिना विश्वकपको नकआउट चरणमा
काठमाडौँ । कप्तान लियोनल मेस्सीको उत्कृष्ट लय र ऐतिहासिक कीर्तिमानको मद्दतमा साविक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । नेपाली समय अनुसार आज सम्पन्न समूह ‘जे’ को रोमाञ्चक खेलमा अर्जेन्टिनाले युरोपेली प्रतिद्वन्...
एसिसी प्रिमियर कप फाइनल : उपाधिका लागि आज नेपाल र युएई आमनेसामने
काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा आज साविक विजेता नेपाल र युनाइटेड अरब इमिरेट्स युएई भिड्दैछन् । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुने यो निर्णायक भिडन्त नेपाली समय अनुसार बिहान ७:१...
एक्सनमा उत्रियो इजिप्ट, अर्जेन्टिना विरुद्धको खेलका रेफ्रीलाई विश्वकपबाट हटाउन माग !
काठमाण्डौँ । विश्वकप २०२६ को प्रि-क्वार्टरफाइनलमा साविक विजेता अर्जेन्टिनासँग ३-२ ले पराजित भएपछि इजिप्ट फुटबल संघ आक्रामक रूपमा एक्सनमा उत्रिएको छ ।
मैदानभित्रको नतिजालाई भिडियो असिस्टेन्ट रेफ्री भीएआरको विवादास्पद निर्णयले उल्ट्याएको भन्दै...
महिला टी–२० विश्वकप छनोट आजदेखि, १० मध्ये शीर्ष चार विश्वकपमा, नेपाल थाइल्याण्डसँग खेल्दै
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप छनोट क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौँमा शुरू हुँदैछ । तीन वटा टेस्ट राष्ट्र बंगलादेश, आयरल्यान्ड र जिम्बावेसहित कुल १० राष्ट्रले आगामी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित प्रतिस्पर्धा गर्दैछन् ।
य...
साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा
काठमाडौँ । पोखरामा आयोजना हुने साफ यू–१९ महिला च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय यू–१९ महिला फुटबल टोली घोषणा गरिएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले माघ १७ देखि सुरु हुने प्रतियोगिताका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो ।
घोषित टोल...



