बुधबार, २१ असोज २०८३
नेपाली

सुदूपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

Main News Image

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । लुम्बिनीको जितमा ओपनर दिनेश अधिकारीले सर्वाधिक ४२ रनको योगदान दिए। उनले १३ बलमा आक्रामक ब्याटिङ गरेका थिए ।

डार्सी सर्ट १३, कप्तान रोहित पौडेल १८ र सन्दीप जोरा  रनमा आउट भए। निरोशन डिक्वेला ११ र दिलिप नाथ एक रनमा अविजित रहे। बलिङमा सुदूरपश्चिमका हेमन्त धामीले दुई, अभिनास बोहरा र कप्तान दीपेन्द्रसिंह ऐरीले एकरएक विकेट लिएका थिए। त्यसअघि टीयु क्रिकेट मैदान टस जितेर पहिला ब्याटिङ गरको सुदूरपश्चिम रोयल्स १९ ओभर एक बलमा ८५ रनमा समेटिएको थियो।

सुदूरपश्चिमका लागि ओपनर इसान पाण्डेले सर्वाधिक ३३ रन बनाएका थिए। विनोद भण्डारी ०, शेल्डोन ज्याकसोन एक, आरिफ शेख ६, कप्तान दीपेन्द्रसिंह ऐरी १३, दीपक बोहरा ०, पुनित महरा ०, अभिनास बोहरा एक, हर्मित सिंह १० र स्कट कुगेइलेन १० रनमा आउट भएका थिए। हेमन्त धामी ७ रनमा अविजित रहे। ब्लिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक पूरा गरे। रोहितले ११औं ओभरको चौथो, पाँचौं र छैटौं बलमा विकेट लिएका थिए। शेर मल्ल र रुवेन ट्रम्पलम्यानले ३र३ र तिलक भण्डारीले एक विकेट हात पारेका थिए।

mediabaaji add

सम्बन्धित खबर

फ्रान्सलाई ४-६ ले पराजित गर्दै इंग्ल्यान्ड बन्यो तेस्रो

काठमाण्डौँ । फिफा विश्वकप-२०२६ अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा फ्रान्सलाई पराजित गर्दै इंग्ल्यान्ड विजयी भएको छ । अमेरिकाको मियामी स्टेडियममा भर्खरै सकिएको खेलमा इंग्ल्यान्डले ६ र फ्रान्सले ४ गोल गरेका छन् । 

पहिलो हाफमा ४-० ले...

मेसीको सम्मानमा एक मिनेट खेल रोकेर ताली बजाइने,मेसीको सम्मानमा १० औं मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाइने

काठमाडौँ । अर्जेन्टिनी फुटबल महासंघ एएफएले राष्ट्रिय टोलीका स्टार खेलाडी लियोनल मेसीको सम्मानमा यसै साता हुने सबै फुटबल खेलमा पहिलो हाफको १०औँ मिनेटमा एक मिनेट खेल रोकेर ताली बजाउने कार्यक्रम घोषणा गरेको छ ।

राष्ट्रिय टोलीबाट दोस्रोपटक सन्न्...

विश्वकप अभ्यासः लागातार दोस्रो खेलमा नेपाल विजयी, एमसिए ४८ रनले पराजित

काठमाडौँ । आइसिसी टी–२० विश्वकपको अन्तिम तयारीमा रहेको नेपालले लगातार दोस्रो अभ्यास खेलमा जित निकालेको छ । भारतको एमसिए प्रेसिडेन्ट–११ विरुद्ध शनिबार ४८ रनको जित निकालेको हो । यसअघि बिहीबार भएको पहिलो खेलमा नेपालले सात विकेटको जित निकालेको थियो ।&...

एनपिएलको तयारी पूरा : ३५ करोड उठ्ने क्यानको दाबी

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपिएलको सम्पूर्ण तयारी पूरा भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । सोमबारदेखि मङ्सिर २७ गतेसम्म हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्यानका महासचिव पारस ख...

ब्याटिङ ‘कोल्याप्स’ ले डुबायो नेपाल ए, ओमानसँग ७० रनले हार

काठमाडौँ । माथिल्लो मुलपानी मैदानमा भएको अभ्यास एकदिवसीय खेलमा नेपाल ए ओमानसँग ७० रनले पराजित भएको छ। २८१ रनको लक्ष्य पछ्याएको नेपाल २१० रनमै अलआउट भयो।

नेपालले उत्कृष्ट सुरुवात गर्दै एक समय १७७–२ को बलियो अवस्थामा पुगेको थियो। तर त्यसपछि के...

एनपीएलमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दै

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएल २२ औं खेलमा विराटनगर किंग्स र लुम्बिनी लायन्स भिड्दैछन् । यो खेल बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । दुवै टोलीले आफ्नो छैटौं खेल खेल्द...