बुधबार, ११ कात्तिक २०८३
नेपाली

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ,पौष १२। गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईको संगीत रहेको उक्त गीतलाई गायिका पेमा शेर्पा राईको स्वरले ओजिलो बनाएको छ।
सन्तोष प्रगाढ राईको संगीत संयोजन रहेको गीतमा वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ- मास्टरिङ रहेको छ।गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमप्रतिको शुभेच्छा प्रस्तुत गरेको छ। सार्वजनिक भएलगत्तै गीतले श्रोतामाझ चर्चा पाउन थालेको छ।१
यसअघि २०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै, २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।
गीतकार राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी-७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा हुन्। दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौँ आएका उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।
राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ मार्फत उनी लघुकथाको उन्नयनमा लागेका छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।
गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ। यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत पनि सम्पादन अनुभव बटुलेका छन्।
नेपाली भाषा र साहित्यमा योगदान पुर्‍याएबापत उनले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०), ‘गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।

mediabaaji add

सम्बन्धित खबर

पोखरामा 'दर्शन,साहित्य र भाषा' विषयक अन्तरक्रिया सम्पन्न !

मिडियाबाजी डटकम,पोखरा ।

  • नेपाल प्रज्ञा-प्रतिष्ठान र गण्डकी साहित्य सङ्गम,पोखराको सहकार्यमा 'वर्तमान सन्दर्भमा मार्क्सवादी दर्शन','नेपाली प्रगतिशील साहित्य लेखन'का प्रवृत्ति र 'गण्डकी प्रदेशको भाषिक अवस्था' विषयक अन्तरक्रिया भएको थियो...

लघुकथाकार गोपीराम भण्डारीको अवरुद्ध आवाज लोकार्पण

काठमाण्डौँ । सुरभि साहित्य प्रतिष्ठानले गोपीराम भण्डारीको लघुकथासङ्ग्रह अवरुद्ध आवाजको लोकार्पण गरेको छ । लोकप्रिय समालोचक युवराज मैनालीको अध्यक्षता र समालोचक प्राडा खगेन्द्रप्रसाद लुइटेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । ग्रीनलिफ फुड पुतलीसडक...

'मेरी छोरी मान्या'बालकथा सङ्ग्रहको विमोचन


- दुर्बिन  शर्मा 'विवेक'

वरिष्ठ आख्यानकार ,कवि ,साहित्यिक पत्रकार तथा सङ्गठक इन्द्रकुमार श्रेष्ठ 'सरित्'द्वारा रचित बालकथासङ्ग्रह 'मेरी छोरी मान्या´को विमोचन तथा समीक्षा कार्यक्रम राइजिङ स्टार बोर्डिङ स्कुल मन्डिखाटारले आयोज...

नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा प्रज्ञा पुरस्कार-२०८२ घोषण !

काठमाडौँ ,कमलादी।२०८३ वैशाख १०, गते ,बिहीवार।नेपाल प्रज्ञा-प्रतिष्ठानले हरेक वर्ष भाषा,साहित्य ,संस्कृति ,दर्शनशास्त्र र सामाजिकशास्त्र विधाका विभिन्न प्रज्ञा पुरस्कारहरू-२०८२ घोषणा गरेको छ।साथै,यसपटकदेखि प्रज्ञा प्रादेशिक पुरस्कार समेत प्रारम्भ ग...

‘गोपाल पाँडे असीम पुरस्कार’ तथा ‘लेबाल त्रिरत्न पुरस्कार’ प्रदान

काठमाडौँ ।  नेपाली शिक्षा परिषद्ले संस्थाको ७६औँ वार्षिकोत्सव तथा परिषद्का संस्थापक गोपाल पाँडे असीमको ११४औँ जन्मजयन्तीका अवसरमा दुई पुरस्कार प्रदान गरेको छ । 

आइतबार सोह्रखुट्टे काठमाडौंमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्वप्रश...

उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ लोकार्पण

काठमाडौँ । उपन्यासकार डा. धर्मराज सापकोटा ‘राजु’ को ‘बाहेक’ उपन्यास लोकार्पण भएको छ । शिखा बुक्स बाघबजार काठमाडौंको आयोजना तथा श्यामलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । प्रमुख अतिथि श्यामल, समालोचक राजकुमार बानियाँ, सुमन वर्षा, शिखा बुक्सका पुष...