बुधबार, ११ कात्तिक २०८३
नेपाली

गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ सार्वजनिक

Main News Image

मिडियाबाजी डटकम काठमाडौँ,पौष १२। गीतकार श्रीराम राईको तेस्रो गीत ‘छैन क्यारे मेरो लागि दुख्ने मुटु पनि’ ओसियन म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ। ओमप्रकाश राईको संगीत रहेको उक्त गीतलाई गायिका पेमा शेर्पा राईको स्वरले ओजिलो बनाएको छ।
सन्तोष प्रगाढ राईको संगीत संयोजन रहेको गीतमा वीरेन्द्र भाट ‘विपिन’ को सम्पादन तथा गोविन्द सोनीको मिक्सिङ- मास्टरिङ रहेको छ।गीतले एकतर्फी प्रेमको पीडा र आत्मीय प्रेमप्रतिको शुभेच्छा प्रस्तुत गरेको छ। सार्वजनिक भएलगत्तै गीतले श्रोतामाझ चर्चा पाउन थालेको छ।१
यसअघि २०७५ मा शिला खनालले राईकै ‘मधुमासमै मिठो साथ छुटेपछि रोएँ’ गीत गाएकी थिइन्। त्यस्तै, २०७९ मा मनमा बि राई र २०८१ म नवराज पराजुलीले राईकै ‘सञ्चो छौ कि विसञ्चो’ गीत गाएका थिए।
गीतकार राई खोटाङको दिक्तेल रुपाकोट मझुवागढी-७, सिर्जनाकुञ्ज, दोर्पाका स्थायी बासिन्दा हुन्। दश वर्षे शिक्षण पेशा छोडेर काठमाडौँ आएका उनी साहित्य र पत्रकारितामा सक्रिय छन्। उनका ‘टोली नेता’ (२०७४) र ‘पोलेको मकै’ (२०७८) दुई बालकथासंग्रह प्रकाशित छन्।
राई रावासावा प्राज्ञिक समाज नेपालका सचिव तथा लघुकथा समाज नेपालको पहिलो शाखा खोटाङका अध्यक्ष हुन्। ‘लघुकथा सौन्दर्य’ मार्फत उनी लघुकथाको उन्नयनमा लागेका छन्। उनका ‘आजका लघुकथा’ (२०७४) र ‘संयोग’ (२०७९) दुई सामूहिक लघुकथासंग्रह प्रकाशित छन्।
गीतकार राईको संयोजन र विमल भौकाजीको सम्पादनमा तयार भएको सामूहिक लघुकथासंग्रह ‘बलेँसी’ हालै बजारमा आएको छ। यसअघि उनले ‘शैक्षिक पैरवी’ र ‘नलिनी’ मार्फत पनि सम्पादन अनुभव बटुलेका छन्।
नेपाली भाषा र साहित्यमा योगदान पुर्‍याएबापत उनले इडन ब्रिज एकेडेमी बालपत्रकारिता सम्मान (२०७६), संसाक भवानी शङ्खर लघुकथा सम्मान (२०७७), विष्णुहेम अक्षरमार्ग बालसाहित्य सम्मान (२०७९), साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सव सम्मान (२०८०), ‘गोधूलि साहित्य सम्मान (२०८२) प्राप्त गरेका छन्।

mediabaaji add

सम्बन्धित खबर

कुलपति भूपाल राईद्वारा धरान स्रष्टा पार्कको समूद्घाटन र १३ जना सष्टाको प्रतिमा अनावरण

प्राज्ञ चेतनाथ धमला

   धरान,चैत्र १३ गते, शुक्रबार। सुनसरीस्थित 

 धरान उपमहानगरपालिका वडा नं १३ मा निर्माण गरिएको स्रष्टा पार्क नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राईले एक समारोहबिच समुद्घाटन तथा प्रतिमा अनाव...

भक्तपुरमा मुक्तक लेखन तथा वाचन कार्यक्रम सम्पन्न !


• दुर्बिन शर्मा 'विवेक'

भक्तपुर ।मुक्तकसागर र प्रोक्सिमा इन्टरनेसनल एकेडेमीको संयुक्त आयोजनामा विद्यार्थीहरूबिच मुक्तक लेखन तथा वाचन प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ।

     कार्यक्रमको सञ्चालन एकेडेमीका रा...

पद्मश्री साहित्य पुरस्कारका लागि १५ कृति छनोट

चितवन । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले वि.सं. २०८३ सालको पद्मश्री साहित्य पुरस्कारका लागि विस्तारित सूची सार्वजनिक गरेको छ। प्रतिष्ठानका अनुसार यस वर्ष प्रकाशित १९२ वटा साहित्यिक कृतिमध्ये उत्कृष्ट १५ कृति विस्तारित सूचीमा परेका छ...

गजल मञ्च चितवनका तीनवटा कृति एकैसाथ प्रकाशन

चितवन । सिर्जनालाई प्रकाशनसँग र प्रकाशनलाई साहित्यिक उत्तराधिकारसँग जोड्दै आएको गजल मञ्च चितवनले एकैपटक तीनवटा साहित्यिक कृति प्रकाशनमा ल्याएको छ । मञ्चका विशिष्ट सदस्य तथा गजलकार राजन पौडेलको गजलसङ्ग्रह ‘सपनाको बादल’, संस्थापक अध्यक्ष तथा गजलकार...

पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको पहिलो सम्पादित कृतिको लोकार्पण

काठमाण्डौँ । वरिष्ठ पत्रकार ज्ञानमणि नेपाल कालोटोपीको सम्पादनमा प्रकाशित पहिलो पुस्तक डा. सत्यमोहन जोशी, डा. इन्दुल केसी र दुई थुँगा फूल’ शनिबार एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ ।

शब्दयात्रा प्रकाशनले बनेपास्थित आफ्नै सभाहलमा आयोजना गरे...

प्रज्ञा-प्रतिष्ठानमा पुस्तकालयको महत्त्व र पठनसंस्कृति बारे विमर्श सम्पन्न !

काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीद्वारा नेपाल लाइब्रेरी फाउन्डेसन,नेपालसँगको सहकार्यमा आयोजित “पठन–संस्कृतिको विकासमा सामाजिक दायित्व” विषयक विचार–गोष्ठी तथा “शब्दचित्रमा नेपाल लाइब्रेरी फाउन्डेसन&rdqu...