आइतबार, १८ असोज २०८३
नेपाली

विश्वकप फुटबल : सेनेगलमाथि फ्रान्सको शानदार जित, एम्बाप्पे चम्किए

Main News Image

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘आई’ को खेलमा फ्रान्सले सेनेगलमाथि रोमाञ्चक जित दर्ता गरेको छ । अमेरिकाको न्यूयोर्कस्थित न्यू जर्सी रङ्गशालामा सम्पन्न खेलमा फ्रान्सले सेनेगललाई ३,१ गोल अन्तरले पराजित गरेको हो। प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ बराबरीमा टुङ्गिए पनि दोस्रो हाफमा भने दुवै टोलीले आक्रामक खेल प्रस्तुत गर्दा कूल चार गोल सम्भव भएको थियो । 

खेलको ६६औँ मिनेटमा फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले पहिलो गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यसपछि खेलको ८२औँ मिनेटमा ब्राड्ली बारकोलाले अर्को गोल थपेपछि फ्रान्सको अग्रता दोब्बर बन्यो ।

दोस्रो हाफको अतिरिक्त समयमा सेनेगलका इब्राहिम एम्बायेले एक सान्त्वना गोल गर्दै खेललाई २,१ को स्थितिमा ल्याए पनि त्यो पर्याप्त हुन सकेन। त्यसको लगत्तै अर्को मिनेटमा फ्रान्सका लागि एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको ३,१ को जित सुनिश्चित गरे ।

समूह ‘आई’ अन्तर्गत आजै अर्को खेलमा नर्वे र इराक नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे भिड्दैछन्। यस्तै समूह ‘जे’ अन्तर्गतका खेलहरूमा साँझ ६ः४५ बजे अर्जेन्टिना र अल्जेरिया तथा राति ९ः४५ बजे अष्ट्रिया र जोर्डनबीच प्रतिस्पर्धा हुनेछ ।


mediabaaji add

सम्बन्धित खबर

विश्वकप ग्लोबल छनोटः नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी महिला टी २० विश्वकप ग्लोबल छनोटको उद्घाटन खेलमा नेपाल थाइल्याण्डसँग आठ विकेटले पराजित भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले दिएको एक सय २३ रनको लक्ष्य पछ्याएको थाइल्याण्डले १६ दशमलव पाँच ओभरमा दुई व...

चेन्नईले ८ विकेटले हरायो मुम्बईलाई, प्लेअफको दौड रोमाञ्चक बन्दै

काठमाडौँ । इन्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत शनिबार भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई ८ विकेटले पराजित गरेको छ । यस सिजनमा मुम्बईमाथि चेन्नईको यो दोस्रो जित हो । यो जितसँगै चेन्नईले प्लेअफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राख...

धुर्मुसलाई रंगशालाको भुक्तानी गर्न भरतपुर महानगरलाई कानुनी बाधा

चितवन । धुर्मुससुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । संघीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे...

विश्वकप २०२६ : इराकमाथि सेनेगलको ५–० को फराकिलो जित

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा अफ्रिकी राष्ट्र सेनेगलले एसियाली प्रतिद्वन्द्वी इराकमाथि ५,० गोलको फराकिलो जित दर्ता गरेको छ । क्यानडाको टोरन्टोस्थित रंगशालामा आज बिहान सम्पन्न एकपक्षीय खेलमा जित निकाल्दै सेनेगल...

महिला गोल्डकपमा उद्घाटन खेल जितेर पुलिस फाइनलमा, विजेतालाई पाँच लाख

कास्की । देशको पर्यटकीय राजधानी पोखरामा शुक्रबारदेखि महिला गोल्डकप फुटबल प्रतियोगिता शुरू भएको छ । यो प्रतियोगिता पोखरामा आयोजना भएको महिलाको पहिलो प्रतियोगिता हो ।

आरएस पोखरा फुटबल क्लबको आयोजनामा पोखरा रङ्गशालामा सञ्चालन भएको प्रतियोगिताको...

रोमाञ्चक पुनरागमनसँगै इजिप्टलाई हराएर साविक विजेता अर्जेन्टिना विश्वकपको क्वाटरफाइनलमा

काठमाडौँ । साविक विजेता अर्जेन्टिना संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजित ‘फिफा विश्वकप(२०२६’ को क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज(बेन्ज स्टेडियममा नेपाली समयअनुसार असार २४ गते भएक...