मङ्गलबार, ०५ जेठ २०८३
नेपाली

नेपालले इङ्गल्याण्डको खेलमा मन जित्यो, आज इटालीविरुद्ध खेल जित्न मैदानमा

Main News Image

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । खेल दिउँसो सवा ३ बजे भारतको मुम्बईस्थित वाङ्खेडेको मैदानमा हुँदैछ । यो खेलमा नेपालले शानदार जित हासिल गर्ने अपेक्षा गरिएको छ । पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डसँग मात्र ४ रनले पराजित भएको नेपालको मनोबल उच्च रहेको छ । 

इटाली भने पहिलो खेलमा स्कटल्याण्डसँग ७३ रनले पराजित भएको थियो । अर्को चरण प्रवेशको सम्भावना जीवितै राख्न पनि नेपाललाई यो खेल जित्नैपर्ने हुन्छ । यो समूहमा दुई पटकका विजेताहरू वेष्ट इन्डिज र इङ्गल्याण्ड रहेकाले यसलाई ग्रुप अफ डेथ मानिन्छ ।  नेपालको यसपटकको प्रदर्शनलाई लिएर विश्वभर नै चर्चा छ । तेस्रो पटक टी,२० विश्वकप खेलिरहँदा नेपालले इङ्गल्याण्डसँग देखाएको प्रदर्शन उच्चकोटीको थियो ।

mediabaaji add

सम्बन्धित खबर

प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा रुवी भ्यालीलाई अनुशासित अवार्ड, पाँच स्वर्णसहित ऐतिहासिक सफलता

काठमाडौँ । काठमाडौँमा सम्पन्न प्रथम युनिभर्सल अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता–२०८२ मा धादिङको रुवी भ्याली गाउँपालिकाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै अनुशासित अवार्ड हात पारेका छन् । पुस ४ देखि ६...

नेपालले भारतलाई ९२ रनले हरायो

काठमाडौँ । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो । जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटिय...

टी–२० विश्वकपमा आज श्रीलंका–इङ्गल्याण्ड तथा भारत–दक्षिण अफ्रिका भिड्दै

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकपमा शनिबारदेखि सुपर आठका खेलहरू शुरू भएका छन् । शनिबारको पहिलो खेल नतिजाविहीन भएको छ । खराब मौसमका कारण पाकिस्तान र न्यूजिल्याण्डबीचको खेल नतिजाविहीन भएको हो । एक बल पनि नखेली खेल र...

सुदूपश्चिमलाई पराजित गर्दै लुम्बिनीले जित्यो एनपीएल-२ को उपाधि

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल सिजन २ मा फाइनलमा सुदूरपश्चिम रोयल्स हराउँदै लुम्बिनी लायन्सले उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै लुम्बिनीले उपाधि उचालेको हो । लुम्बिनीक...

एनपीएलः आज पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन् । अपराह्न ४ः०० बजे हुने खेलमा पोखरा एभेञ्जर्सको नेतृत्व...

इटालीविरुद्ध नेपालको लज्जास्पद हार

काठमाडौँ । भारत र श्रीलंकाको संयुक्त आयोजनामा भइरहेको टी–२० विश्वकप क्रिकेटको समूह चरणको दोस्रो खेलमा नेपालले लज्जास्पद हार बेहोरेको छ । नेपालले कमजोर आँकिएको इटालीसँग १० विकेटको हार बेहोरेको हो । पहिलो खेलमा दुई पटकको च्याम्पियन इङ्गल्याण्डमाथि च...