नेशनल लाईफको एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी छनौट हुनुभएका ८३ जना अभिकर्ताहरुलाई भव्य समारोहका बिच सम्मान गरेको छ ।
कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा द्विप प्रज्वलन गर्नुहुँदै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि हुनु भएका अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गर्नु भएको थियो ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताउनुभयो । वहाँले एमडिआरटी २०२६ मा तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरुलाई विशेष सम्मान गर्नुभएको थियो साथै कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना चेज योर एमडिआरटीमा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गर्नुभएको थियो । यसै गरी सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मानगर्नु भएको थियो ।
कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलूले सहभागिहरुलाई स्वागत गर्नुभएको सो कार्यक्रममा कम्पनीका नायब महाप्रवन्धक प्रज्वल सायमीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
विभिन्न मनोरन्जानात्मक प्रस्तुती, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रम समावेश गरिएको भव्य समारोहमा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफुहरुले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको सम्मानित बिजनेश लिडरहरुले बताउनु भएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
बुधबार कुन विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैय...
ब्रोकरका लागि नेपाल स्टक एक्सचेन्जमा अनिवार्य आईटी अडिट व्यवस्था लागू
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज नेप्सेले पूँजी बजारको डिजिटल पूर्वाधार सुरक्षित र विश्वसनीय बनाउन ‘आईटी अडिट गाइडलाइन्स–२०२६’ जारी गर्दै ब्रोकर कम्पनीका लागि अनिवार्य सूचना प्रविधि आईटी अडिट व्यवस्था लागू गरेको छ ।
नयाँ प्रावधानअनुसार प्रत्य...
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
काठमाण्डौँ । बाँकेको खजुरा गाउँपालिकाले योजनाको काम समयमै सम्पन्न नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरेको छ । निर्माण कार्यको प्रगति सन्तोषजनक नभएको, लामो समय बितिसक्दा पनि सुधार नदेखिएको तथा काम सम्पन्नतर्फ निर्माण व्यवसायी अग्रसर नभए...
सुनको मूल्यमा गिरावट, मंगलबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ । सुन तोलामा तीन हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार ५०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
चाँदीको मूल्य तोलामा १००...
अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ अन्य मुद्राको दर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले तोकेको नयाँ दरअनुसार आज अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०६ पैसा कायम भएको छ । पछिल्लो समय डलरको...
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा !
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीद...



