बुधबार, ११ कात्तिक २०८३
नेपाली

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा दोहोरिए डा. जोशी

Main News Image

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्यसचिवमा डा प्रमोद जोशी नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । स्वस्थ्य अनुसन्धान, चिकित्सा सेवा तथा प्रशासनिक क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । डा। जोशी यसअघि पनि परिषद्को सदस्य सचिव रहेका थिए ।

डा।जोशीले सन् २००० मा युक्रेनको ओडेसा स्टेट मेडिकल युनिभर्सिटीबाट एमबीबीएस तथा सन् २००९ मा नेशनल एकेडेमी अफ मेडिकल साइन्सेस न्याम्सबाट अर्थोपेडिक्स तथा ट्रमा विषयमा एमएस गरेका छन् ।

डा. जोशीले भारतको इन्द्रप्रस्थ अपोलो अस्पतालबाट आर्थ्रोप्लास्टी तथा आर्थ्रोस्कोपीमा फेलोसिप गरेका छन् । उनले सन् २०२४ २०२४ देखि २०२६ सम्म नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को कार्यकारी सदस्यसचिवका रूपमा जिम्मेवारी समालेका थिए । त्यसअघि राष्ट्रिय ट्रमा सेन्टरको मेडिकल सुपरिटेन्डेन्ट,गेटा अस्पतालका संस्थापक निर्देशक तथा सेती प्रादेशिक अस्पतालमा वरिष्ठ अर्थोपेडिक सर्जनका रूपमा काम गरेका छन् ।


mediabaaji add

सम्बन्धित खबर

हात्तीपाइले फैलिएपछि चार लाखलाई औषधि खुवाइँदै

सर्लाही । सर्लाही जिल्लाका १२ ओटा स्थानीय तहमा हात्तीपाइले ९फाइलेरिया० रोग पुनः फैलिएको पुष्टि भएपछि स्वास्थ्य निकायले व्यापक औषधि खुवाउने अभियान शुरू गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका अनुसार जोखिम देखिएका पालिकामा विशेष निगरानीसहित औष...

बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि, सतर्क रहन आग्रह

कञ्चनपुर । कैलाली र कञ्चनपुरका विभिन्न स्थानमा पालिएका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फिभर’ को सङ्क्रमण पुष्टि भएको छ । केही समयदेखि व्यावसायिक रूपमा पालिएका बङ्गुरमा उच्च ज्वरो आउने, शरीरका विभिन्न भागमा नीलो र रातो धब्बा देखिने तथा अप्रत्याशित रूपमा ब...

काठमाडौं उपत्यकामा मंसिरदेखि मासु जाँच अनिवार्य, देशभर चरणबद्ध कार्यान्वयन हुँदै

काठमाडौँ । सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ लाई देशभर चरणबद्ध रूपमा कार्यान्वयन गर्ने प्रक्रिया अघि बढाएको छ । उपभोक्तालाई गुणस्तरीय तथा सुरक्षित मासु उपलब्ध गराउने उद्देश्यले सरकारले काठमाडौं उपत्यकाबाट सुरु गरी क्रमशः देशभर ऐन कार्यान्व...

नेपाल पनि निपाह भाइरसको उच्चजोखिममा

काठमाडौँ । छिमेकी मुलुक भारतको पश्चिम बङ्गालमा घातक निपाह भाइरस जनस्वास्थ्यको गम्भीर चुनौतीका रूपमा देखिएको छ । यो भाइरस छिमेकी देश भारतको पश्चिम बङ्गालमा पुष्टि भएसँग नेपालमा पनि यसको उच्च जोखिममा परेको चिकित्सक बताउँछन् । चमेरा, बङ्गुर लगायतका ज...