मङ्गलबार, १० कात्तिक २०८३
नेपाली

जनआन्दोलनको रापसामु झुक्यो मोदी सरकार : शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा !

Main News Image

काठमाण्डौँ । राष्ट्रिय योग्यता परीक्षाको प्रश्नपत्र लिक प्रकरणले भारतभर विरोधको आँधी सिर्जना गरेपछि अन्ततः नरेन्द्र मोदी नेतृत्वको सरकार जनदबाब सामु झुक्न बाध्य भएको छ । विगत झण्डै एक महिनादेखि विद्यार्थी र युवाहरूले चलाएको निरन्तरको कडा आन्दोलनपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन् ।

राजधानी नयाँ दिल्लीस्थित ऐतिहासिक विरोधस्थल जन्तर(मन्तरमा ‘कक्रोच जनता पार्टी’  को ब्यानरमा सञ्चालित सशक्त आन्दोलन र देशभर फैलिएको विद्यार्थी विरोधको राप सहन नसकेपछि शिक्षामन्त्री प्रधानले राजीनामा बुझाएका हुन् ।

mediabaaji add

सम्बन्धित खबर

पेट्रोल र डिजेल कारमा लगाउने भनिएको प्रतिबन्ध फिर्ता लियो ईयूले, स्पेनका प्रधानमन्त्रीको कडा आलोचना

काठमाडौँ । युरोपेली सङ्घ ईयूले सन् २०३५ देखि नयाँ पेट्रोल र डिजेल कारको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाउने आफ्नो पूर्ववत् निर्णयबाट पछि हटेको छ ।

यस कदमको स्पेनका प्रधानमन्त्री पेड्रो...

भेनेजुएलामा अमेरिकी आक्रमणविरुद्ध ४ दिनपछि बोल्यो नेपाल, के भन्यो ?

काठमाण्डौँ । अमेरिकाले भेनेजुएलामा हमला गरी राष्ट्रपति निकोलस मदुरोलाई गरेको ‘कारबाही’विरुद्ध नेपाल ४ दिनपछि बोलेको छ । यही जनवरी ३ राति अमेरिकी सेनाले भेनेजुएलास्थित निवासमै आक्रमण गरी राष्ट्रपति मदुरो दम्पतीलाई अपहरण शैलीमा अमेरिका पुर्‍याएको थि...

बिहारमा भाजपा-जेडीयू गठबन्धन दुई तिहाइतर्फ अग्रसर

काठमाडौँ । २०२५ बिहार विधानसभा चुनावको मतगणना सुरु भएको छ। प्रारम्भिक रूझानले एनडीएले अग्रता लिइरहेको संकेत गर्छ । आज बिहारको सिंहासनको उत्तराधिकारी को हुने भनेर निर्धारण हुनेछ। एनडीए र महागठबन्धन दुई ध्रुवमा छन्, र नि...

ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाए

काठमाडौँ । भारतको हिमाचल प्रदेशको सोलन जिल्लामा ग्यास सिलिण्डर विष्फोटमा ९ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउने नेपालीहरू सल्यान जोल्लाका भएको बताइएको छ । भारतीय मिडियाका अनुसार ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीका कारण धेरैको ज्यान ग...

श्रीलङ्कामा पर्यटन अभियान, ३० लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौँ । श्रीलङ्का पर्यटन विकास प्राधिकरण एसएलटीडीएले सन् २०२६ का लागि आफ्नो राष्ट्रिय पर्यटन लक्ष्यहरू पूरा गर्न विशेष अभियान शुरू गरेको वरिष्ठ अधिकारी बुद्धिका हेवासमले शुक्रबार बताएका छन् । एसएलटिडिएकी अध्यक्ष हेवासमले परम्परागत रूपमा पर्यटक...

जापानको आणविक मोह प्रति रुसको कडा चेतावनी

काठमाडौँ । जापानले आणविक हतियार प्राप्त गर्ने विषयमा आन्तरिक छलफल सुरु गरेको भन्दै रुसले त्यसको कडा शब्दमा विरोध गरेको छ । रुसी उप विदेशमन्त्री आन्द्रे रुडेन्कोले जापानको यस्तो कदमले उत्तरपूर्वी एसियाको सुरक्षा सन्तुलन बिगार्ने चेतावनी दिएका हुन्...