बुधबार, २४ असार २०८३
नेपाली

काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा

Main News Image

काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमध्ये नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२९ जना, लेन अनुशासन पालना नगर्ने १३९ जना, र संकेत बत्ती ट्राफिक लाइट उल्लंघन गर्ने १२६ जना रहेका छन् ।

त्यस्तै तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १८९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२४ जना, मादकपदार्थ सेवन मापसे गरेर सवारी चलाउने ६८ जना, सडक फुटपाथमा पार्किङ गर्ने ८५ जना, र एकतर्फी वान वे सडकमा सवारी गुडाउने ५९ जना चालक कारबाहीको दायरामा आएका छन् । यी बाहेक अन्य विभिन्न सवारी नियम पालना नगरेका एक हजार १५७ जना चालकलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ । 


mediabaaji add

सम्बन्धित खबर

हनिट्रयाप प्रकरण : इन्स्पेक्टर शाहीसहित ५ जनाले पाए सफाइ

काठमाडौँ । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको आरोप लागेको प्रकरणमा नेपाल प्रहरीकी इन्स्पेक्टर बिनु शाहीसहित ५ जनाले अदालतबाट सफाइ पाएका छन् । मंगलबार ललितपुर जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले शाहीसहित भिमा...

स्मार्ट टेलिकमका प्रबन्ध निर्देशक जोशी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले स्मार्ट टेलिकम स्मार्ट सेलका अध्यक्ष सर्वेश जोशीलाई नियन्त्रणमा लिएको छ । ठगी तथा आपराधिक विश्वासघात सम्बन्धी कसुरमा संलग्न रहेको आरोपमा जोशीलाई सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ...

३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई

काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।

नेपाली सेनाका प्रवक्ता सहायकरथी राजा...

पर्सामा १० वर्षीया बालिका माथि जबरजस्ती करणी

काठमाण्डौँ । पर्सा जिल्लाको सखुवा प्रशौनी गाउँपालिका–५, बलुवा टोलमा एक हृदयविदारक र गम्भीर घटना सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार, १० वर्षीया बालिका माथि दुई जना मिलेर जबरजस्ती करणी गरेको आरोप लागेको छ । पीडित बालिकाका बुवा का अनुसार, घटना...

‘नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’

काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन् । सोमबार उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सडक सुरक्षा, यात्...