काठमाडौं उपत्यकामा एकै दिन दुई हजारभन्दा बढी सवारीचालक कारबाहीमा
काठमाडौँ । उपत्यकामा पछिल्लो २४ घण्टामा सवारी नियम उल्लंघन गर्ने दुई हजार ७६ जना सवारीचालक ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशप्रसाद सुवेदीका अनुसार कारबाहीमा परेकाहरूमध्ये नियमविपरीत ‘राइड सेयरिङ’ गर्ने १२९ जना, लेन अनुशासन पालना नगर्ने १३९ जना, र संकेत बत्ती ट्राफिक लाइट उल्लंघन गर्ने १२६ जना रहेका छन् ।
त्यस्तै तीव्रगतिमा सवारीसाधन हुइँक्याएका १८९ जना, निषेधित क्षेत्रमा हर्न बजाउने १२४ जना, मादकपदार्थ सेवन मापसे गरेर सवारी चलाउने ६८ जना, सडक फुटपाथमा पार्किङ गर्ने ८५ जना, र एकतर्फी वान वे सडकमा सवारी गुडाउने ५९ जना चालक कारबाहीको दायरामा आएका छन् । यी बाहेक अन्य विभिन्न सवारी नियम पालना नगरेका एक हजार १५७ जना चालकलाई पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई कारबाही गरेको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौँमा ट्राफिक सप्ताह २०८२ जारी : सडक प्रयोगकर्तामा सचेतना फैलाउने अभियान भब्य ढंगले सञ्चालन
काठमाण्डौँ । ट्राफिक सचेतनाको कमि र लापरवाहीले सवारी दुर्घटना नहोस् र कसैले पनि धनजनको क्षति ब्यहोर्न नपरोस् भन्ने उदेश्यका साथ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सुरु गरेको “सवारी दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ता...
आर्थिक अपराध नियन्त्रणमा प्रहरी सक्रिय, एक महिनामा एक हजार १६६ मुद्दा दर्ता
काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौंले एक महिना चैतको अवधिमा एक हजार १६६ वटा मुद्दा दर्ता गरेको छ । त्यसमा जघन्य अपराधका २१४, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ४६, आर्थिक अपराधका ५६४ र अन्य अपराधका ३४२ मुद्दा छन् ।
सम्पत्ति...



