आइतबार, ०१ कात्तिक २०८३
नेपाली

घटस्थापनादेखि २ लाख ६२ हजारभन्दा बढीले छाडे काठमाडौं उपत्यका

Main News Image

काठमाडौँ ।  नेपालीहरूको महान् चाड बडादसैँ मनाउनका लागि घटस्थापनादेखि आजसम्म २ लाख ६२ हजार ७५३ जना यात्रुले काठमाडौं उपत्यका छाडेका छन् । पछिल्लो केही दिनयता काठमाडौं उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप सबै नाकामा बढ्दै गएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले घटस्थापनादेखि आजसम्म कुल ३७ हजार ९६४ वटा सवारीसाधनमार्फत उक्त सङ्ख्यामा यात्रुहरू उपत्यकाबाट बाहिरिएको जानकारी दिए।

दशैं नजिकिँदै जाँदा अध्ययन, रोजगारी तथा विभिन्न पेसा(व्यवसायका सिलसिलामा काठमाडौं उपत्यकामा बसोबास गर्दै आएका नागरिकहरू आफ्नो जन्मथलो फर्किन थालेपछि उपत्यकाका नयाँ तथा पुराना बसपार्क र प्रमुख नाकाहरूमा यात्रुको चाप अत्यधिक बढेको प्रहरीले जनाएको छ।

mediabaaji add

सम्बन्धित खबर

बडादशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ।  नवरात्रको चौथो दिन आज दशैं घर वा पूजा कोठामा नवदुर्गामध्येकी चौथो रूप कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गर्...

कैलालीमा वन कर्मचारीको मनपर्दी : एक्ली महिलाको टेम्पो भिरबाट खसालिदिए

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४, बासपानीकी एक एकल महिलाको जीविकोपार्जनको मुख्य आधार बनेको टेम्पो वन कार्यालयका कर्मचारीले भिरबाट खसालिदिएका छन्। डिभिजन वन कार्यालय, धनगढीका कर्मचारीहरूले ‘वन अतिक्रमण’ हटाउने नाममा गरेको यस अमानवीय व्यवहारले अ...

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका सा...

मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु

काठमाडौँ । महाशिवरात्रि सम्पन्न भएसँगै मिथिला माध्यमिकी परिक्रमा आजदेखि सुरु भएको छ । १५ दिने धार्मिक यात्रासँगै महोत्तरीमा यात्रीको स्वागत र व्यवस्थापनको तयारी गरिएको छ । यात्री बिहीबार मटिहानीबाट महोत्तरी प्रवेश गर्नेछन् ।

यात्राक चौथो दिन...

आज गुरु पूर्णिमा र व्यास जयन्ती : गुरुप्रति सम्मान प्रकट गरी देशभर मनाइँदै

काठमाडौँ । आषाढ शुक्ल पूर्णिमाका दिन आज देशभर गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गर्दै गुरु पूर्णिमा पर्व मनाइँदैछ । तन्त्रशास्त्र र धर्मशास्त्रका अनुसार ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश हुन्छ,...

बडादसैंको आज छैठौं दिन : कात्यायनी देवीको पूजाआराधना गरिंदै

काठमाडौँ । बडा दशैंअन्तर्गत नवरात्रको छैठौं दिन आज शुक्रबार घर–घरमा कात्यायनी माताको पूजा गरिंदैछ। आजका दिन कात्यायिनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुःख, दरिद्र जस्ता संकट नाश हुने धार्मिक विश्वास छ । आज बिहानैदेखि देशका विभिन्न शक्तिपीठमा भक्...