भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, कुटपिट गर्ने छोरा पक्राउ
काठमाण्डौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ घर भएकी ४० वर्षीया मेघिया चौधरीको मृत्यु भएको प्रहरी जनाएको छ ।
शुक्रबार साँझ करिब ७स्४५ बजे चौधरीमाथि उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई प्रारम्भिक उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्याइएकी उनको शुक्रबार राति करिब ११ बजे उपचारकै क्रममा मृत्यु भएको चिकित्सकलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ ।
घटनापछि प्रहरीले मृतकका छोरा किरण चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
गृहसचिव श्रेष्ठद्वारा महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान
काठमाडौँ । गृहसचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् । गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा सचिव श्रेष्ठले महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न लगाइदिएका...
सिन्धुलीको घ्याङलेखस्थित एसबीआई बैंकबाट करिब ३ करोड ७ लाख रुपैयाँ लुटियो
रामेछाप । सिन्धुली जिल्लाको घ्याङलेख गाउँपालिका–हायुटारस्थित नेपाल एसबीआई बैंक शाखामा लुटपाट भएको छ। मंगलबार साँझ हतियारसहित आएका लुटेरा समूहले बैंकका सुरक्षागार्ड र कर्मचारीलाई नियन्त्रणमा लिएर करिब ३ करोड ७ लाख रुपैयाँ लुटेर फरार भएको प्रहरीले ज...
डाँडागाउँमा मृत भेटियो जङ्गली हात्ती
झापा । झापाको बुद्धशान्ति गाउँपालिका ३ स्थित डाँडागाउँमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ । डाँडागाँउका लालबहादुर रसाइलीको खेतमा मंगलबार बिहान जङ्गली भाले हात्ती मृतावस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक खगेन्द्र...
वेदिका केसी पक्राउ
काठमाडौँ । सामाजिक सञ्जालमा भ्रामक प्रचार गरेको र चरित्रहत्या हुने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता वेदिका केसी काठमाडौंको जोरपाटीबाट पक्राउ परेकी छन् । नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोले कथावाचिका राधिका दासीको औपचारिक उजुरीका आधारमा बिहीबार...
ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिक पक्राउ
काठमाण्डौँ । पर्यटकीय गन्तव्य ठमेलमा अवाञ्छित गतिविधिमा सङ्लग्न सात विदेशी नागरिकलाई पक्राउ गरिएको छ । प्रहरी वृत्त लैनचौरको टोलीले ठमेलमा सर्वसाधारणलाई दुःख दिने र ड्युटीमा रहेका प्रहरीमाथि नै अभद्र व्यवहार गर्ने सात जनालाई पक्राउ गरी सोमबार सार्...
जेनजीमाथि कुटपिट गरेको आरोपमा दुई वडाअध्यक्षपछि एमालेका अर्का नेता पक्राउ
काठमाडौँ । बाराको सिमरामा जेनजीलाई कुटेको आरोपमा प्रहरीले नेकपा एमालेका थप एक नेतालाई पक्राउ गरेको छ । प्रहरीेले एमालेका स्थानीय नेता अरबिन्द साहलाई पक्राउ गरेको हो । जेनजी कुटेको आरोपमा यसअघि नै एमालेबाट निर्वाचित जित...



