बिहिबार, २८ साउन २०८३
नेपाली

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु, कुटपिट गर्ने छोरा पक्राउ

Main News Image

काठमाण्डौँ । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर चोकमा छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । कुटपिटबाट भातेढिकुरमा बस्दै आएकी उदयपुरको कटारी नगरपालिका–५ घर भएकी ४० वर्षीया मेघिया चौधरीको मृत्यु भएको प्रहरी जनाएको छ ।

शुक्रबार साँझ करिब ७स्४५ बजे चौधरीमाथि उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेको प्रहरीले जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएकी मेघियालाई प्रारम्भिक उपचारका लागि सूर्यविनायक नगर अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएकी उनको शुक्रबार राति करिब ११ बजे उपचारकै क्रममा मृत्यु भएको चिकित्सकलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । 

घटनापछि प्रहरीले मृतकका छोरा किरण चौधरीलाई नियन्त्रणमा लिएको छ । घटनाको कारण खुल्न बाँकी रहेको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

mediabaaji add

सम्बन्धित खबर

प्रहरी हुँ भन्दै नक्कली रिभल्वर देखाएर रकम असुल्ने व्यक्ति पक्राउ

काठमाण्डौँ । आफूलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको घुमुवा प्रहरी हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका–१३ का ४९ वर्षीय राकेश प्रताप राणा छन् । उनी हाल ओमसतिया गाउँ...

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको...

प्रहरीको गोलीबाट वडाध्यक्षको हत्या

जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिका–९ का अध्यक्ष विन्देश्वर यादवको हत्याको आरोपमा प्रहरी जवान शम्भु यादव पक्राउ परेका छन् । भोज खाने विषयमा विवाद हुँदा प्रहरी जवान यादवले वडाध्यक्ष यादवमाथि गोली प्रहार गर...

हनी ट्र्यापबाट साढे ६ करोड ठगीको आरोप लागेकी टिकटकर तुलसा अधिकारी पक्राउ

काठमाडौँ । अन्तर्राष्ट्रिय अपराध प्रहरी सङ्गठन इन्टरपोलबाट रातो सूची रेड नोटिस जारी भएकी चर्चित टिकटकर तुलसा अधिकारी भन्ने तुलसी अधिकारी थाइल्यान्डमा पक्राउ परेकी छिन् । थाइल्यान्डमा पक्राउ परेकी उनलाई कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याएर अहिले...

वीरगञ्जमा आज दिउँसो १ बजेसम्म कफ्र्यु थप

वीरगञ्ज ।  वीरगञ्जमा जिल्ला प्रशासन कार्यालयले आज बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्मका लागि कफ्र्यु आदेश थप गरेको छ । यसअघि सोमबार बेलुका ६ बजेदेखि मङ्गलबार बिहानसम्म कफ्र्यु लागू गरिएको थियो। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार व...

धादिङमा कर्मचारी कुटेर फरार रहेका व्यक्ति पक्राउ

काठमाण्डौँ । खानेपानी आयोजनाको अनुगमनमा खटिएका राष्ट्रसेवक कर्मचारीमाथि कुटपिट गरी फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । गत जेठ २६ गते नीलकण्ठ नगरपालिका–४ स्थित इजारा क्षेत्रमा खानेपानी आयोजनाको निर्माण कार्य निरीक्षण तथा सुपरिवेक्षणक...