बुधबार, ११ कात्तिक २०८३
नेपाली

वीर अस्पतालमा एमआरलाई प्रवेश निषेध

Main News Image

काठमाडौँ । वीर अस्पतालले चिकित्सकले बिरामीलाई औषधि सिफारिस गर्दा कुनै निश्चित कम्पनी वा ‘ब्रान्ड’ तोकी नलेख्न निर्देशन गरेको छ । अस्पतालका कार्यकारी निर्देशक प्राडा दिलीप शर्माले चिकित्सकले बिरामीलाई औषधि तथा सर्जिकल सामग्रीको सिफारिस गर्दा कुनै निश्चित कम्पनी ब्रान्ड तोकी नलेखी सबैले बुझ्ने गरी ‘जेनेरिक’ नाम ठूलो अक्षरमा लेख्न आग्रह गरेका हुन्  । 

यसरी चिकित्सकले औषधिको सिफारिस गरेपछि चिकित्सकले आफ्नो लाइसेन्स नम्बर राखेर हस्ताक्षरसहित लेख्न आग्रह गरिएको छ ।     अस्पतालका निर्देशक प्राडा शर्माले औषधिको ‘प्रमोसन’ गर्ने व्यक्ति एमआरलाई कार्यालय समयभित्र प्रवेशमा निषेध गरिएको जानकारी दिए । औषधिको प्रमोशन गर्ने व्यक्ति ९एमआर०लाई कार्यालय समयमा बहिरङ्ग सेवा, आकस्मिक कक्ष तथा शय्यामा प्रवेशमा निषेध गरिएको उनले बताए । 


mediabaaji add

सम्बन्धित खबर

विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ आज देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदैछ । ‘समृद्ध भविष्यको आधारः जलवायु एवं प्रकृतिमैत्री विकास’ मूल नारासहित सप्ताहव्यापी रूपमा मनाउन लागिएको हो । दिवसका अवसरमा वातावरण विभागले ललितपुरमा विशेष कार्यक्रम आयोजना...

काठमाडौं बन्यो विश्वकै चौथो प्रदूषित सहर, पानी नपरेसम्म प्रदूषण अझै बढ्ने सम्भावना

काठमाडौँ । राजधानी काठमाडौंको हावाको गुणस्तर बिहीबार बिहान अत्यन्तै खराब अवस्थामा पुगेको छ । विश्वका सबैभन्दा प्रदूषित सहरहरूको सूचीमा काठमाडौँ चौथो स्थानमा उक्लिएको छ । आईक्यू एयरको तथ्यांक अनुसार काठमाडौं बिहान १० बजेसम्म नेपालको वायुको गुणस्तर...

आन्दोलन फिर्तासँगै आजबाट अस्पतालका सबै सेवा सुचारु

काठमाडौँ । चिकित्सक संघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएसँगै आजबाट अस्पतालमा नियमित रूपमा सबै सेवा सुचारु भएका छन् ।  सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ सहमति भएसँगै आजबाट अस्पतालले नियमित रूपमा आफ्नो सबै सेवा दिन सुरु गरेका ह...

आइतबार ओपीडी सेवा दिन सम्भव छैन : चिकित्सक संघ

काठमाडौँ । नेपाल चिकित्सक संघले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णय तत्काल कार्यान्वयन गर्न नसकिने जनाएको छ । संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा अस्पतालहरूमा पर्याप्त जनशक्ति अभावका कारण सार्वजनिक बिदाका दि...

अन्तर्राष्ट्रिय आरोग्य दिवस आज, टुँडिखेलमा विशेष कार्यक्रम सम्पन्न

काठमाडौँ । आज अन्तर्राष्ट्रिय आरोग्य दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालकै पहलमा संयुक्त राष्ट्रसंघले यो दिवस घोषणा गरेपछि पहिलो पटक औपचारिक रूपमा मनाउन लागिएको हो । समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यसहित रा...

सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग

काठमाडौँ । नेपाल नर्सिङ संघले सरकारले तोकेको पारिश्रमिक कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। संघले आज विज्ञप्ति जारी गरी यही असोज २४ गते वर्तमान अन्तरिम सरकारले न्यूनतम तलब सुविधा कार्यान्वयन गर्न पुनःनिर्देशन दिए पनि अस्पतालहरूले बेवास्ता गरेको भन...