सोमबार, १२ असोज २०८३
नेपाली

नारायणी नदीले खतराको तह नाघ्यो, तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह

Main News Image

काठमाडौँ । नारायणी नदी र यसका सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा माथि पुगेपछि तटीय क्षेत्रमा बाढी र डुबानको उच्च जोखिम सिर्जना भएको छ । जल तथा ऊर्जा आयोगको सचिवालय, जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको बाढी पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।  

महाशाखाका अनुसार नारायणी नदीमा खतराको तह ९.० मिटर मानिएकामा हाल जलसतह करिब ११.० मिटर पुगिसकेको छ र यो अझै बढ्दो क्रममा छ । देवघाट बाढी मापन केन्द्रमा आज दिउँसो ११ बजे वरपर जलसतह बढेर अधिकतम करिब १३.० मिटरसम्म पुग्न सक्ने अनुमान गरिएको छ । 

mediabaaji add

सम्बन्धित खबर

धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

धनुषा । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले निषेधाज्ञा हटाउन...

काठमाडौँमा लगातार चिसो बढ्दो, न्यूनतम तापक्रम थप घट्यो !

काठमाण्डौँ । काठमाडौँ उपत्यकामा लगातार न्यूनतम तापक्रम घटेको छ भने चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस देखिएको हो । अझ यो सुरुवाती मापन मात्र हो...

बिहेको भोज कटौती गरी गाउँमा बत्ती

काठमाडौँ । म्याग्दीको मङ्गला गाउँपालिका–२ कोत्रवाङका एक नवदम्पतीले आफ्नो विवाहको भोजभतेरमा हुने खर्च जोगाएर गाउँमा सडकबत्ती जडान गरिदिएका छन्। हालै बैवाहिक जीवनमा बाँधिएका प्रकाश खत्री र राधिका धिताल खत्रीले आफ्नै निजी लगानीमा टोलभरि बत्ती जडान गर...

डेढ लाख निर्वाचन प्रहरीको भर्ना खुल्दै : १० दिन तालिम दिएर एक महिना खटाइने, पहिलो पटक सशस्त्रले पनि भर्ना लिँदै

काठमाण्डौँ । गृह मन्त्रालयले निर्वाचन प्रहरी भर्नाका लागि मापदण्ड तयार पारेको छ । शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित बसेर गृहका अधिकारीले निर्वाचन प्रहरी भर्ना र खटनपटनको मापदण्ड तयार गरेका हुन् । शनिबार दुवै प्रहरीले आ–आफ्नो तर्फबाट भर्ना...

काठमाडौंका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

काठमाडौँ । काठमाडौंका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ इन्टरनेट उपलब्ध हुने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको पहलमा विभिन्न अस्पताल, पशुपतिनाथ मन्दिर क्षेत्र परिसर, विमानस्थलका सा...

एसईईको परीक्षा केन्द्र निर्धारण गर्न राष्ट्रिय परीक्षा बोर्डको ९ बुँदे निर्देशन

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको ‘परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०’ ले माध्यमिक शिक्षा परीक्षा ९एसईई० २०८२ को परीक्षा केन्द्र निर्धारणका लागि देशभरका शिक्षा विकास तथा समन्वय एकाइलाई ९ बुँदे निर्देशन दिएको छ ।

विगतका वर्षमा पर...