नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
काठमाण्डौँ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अध्यक्ष श्रेष्ठलाई कागेश्वरी मनहरा नगरपालिकाबाट पक्राउ परेको हो । उनलाई बिमा सम्बन्धी कसुरमा पक्राउ गरिएको ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।
बिमा सम्बन्धी छानबिन प्रतिबेदनका आधारमा उनलाई पक्राउ गरिएको जनाएको छ । नेपाल बिमा प्राधिकरणले छानबिन प्रतिवेदन केन्द्रीय अनुसन्धान ब्युरोलाई पठाएको थियो । छानबिन प्रतिवेदनमा नेपा माइक्रो इन्स्योरेन्स कम्पनीका अध्यक्ष श्रेष्ठको पनि संलग्नता देखिएकोले अनुसन्धानका लागि पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने छ जना पक्राउ, मुख्य अभियुक्त अझै फरार
वीरगञ्ज । वीरगन्जको आदर्शनगरमा प्रहरीमाथि आक्रमण गरेको अभियोगमा पर्सा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । भन्सार छली गरी भण्डारण गरिएका सामान नियन्त्रणमा लिन गएका सुरक्षाकर्मीमाथि भौतिक आक्रमण गरेको चार जना नेपाली र दुई जना भारतीयहरूलाई ज्यान मार्न...
रौतहटको ज्योति डिस्टिलरीमा विस्फोट हुँदा एकको मृत्यु, ६ कामदार घाइते
काठमाडौँ । रौतहटको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान बोइलर इन्धन वा पानी तताउने कन्टेनर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय कटहरियाका सई धर्मेन्...



