‘नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’
काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी सीडीओ ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन् । सोमबार उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सडक सुरक्षा, यात्रु सुरक्षा तथा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।
सीडीओ पौडेलले जेनजी आन्दोलनपछि ट्राफिक प्रहरी कठिन परिस्थितिमा पुगेको स्मरण गर्दै हाल स्थिति सुधार भई अझ बलियो रूपमा सडकमा फर्किएको बताए । ‘जेनजी आन्दोलनपछि सुरुमा ट्राफिक प्रहरी सडकमा थिएन, सवारीसाधन थिएन, ड्रेससमेत थिएन, चारैतिर जलेका संरचनाहरू थिए,’ उनले भने, ‘तर अहिले हरेक चोकचोकमा ट्राफिक प्रहरीको उपस्थिति देख्न सकिन्छ ।’
कार्यक्रममा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले नागरिक र प्रहरीबीचको सम्बन्ध सुधार गर्न सकारात्मक सोच आवश्यक रहेको बताए । उनले भने, ‘नागरिकहरूसँग प्रहरीको सम्बन्ध कसरी राम्रो बनाउन सकिन्छ भन्ने सोच र सकारात्मक मन लिएर मात्रै आए पनि त्यो हाम्रो लागि ठूलो धन हो ।’ कार्यक्रममा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले म्याजिक लाइट हस्तान्तरण गरिएको थियो ।
एक्सप्रेस
सम्बन्धित खबर
काठमाडौं उपत्यकामा २४ घण्टामा २२८ सवारी चालक ट्राफिक प्रहरीको कारबाहीमा, मापसे गर्ने ८४ जना
काठमाडौँ । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लंघन गर्ने २२८ जना सवारीसाधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सोमबार बिहानसम्म सञ्चालन गरिएको विशेष चेकिङका क्रममा उनीहरू कारबाहीमा परे...
विभिन्न घटनामा मानव बेचबिखनका ४ जनालाई पक्राउ, पीडितको उद्धार
काठमाडौँ । विभिन्न मितिमा भएका मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी घटनामा संलग्न चार जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरूविरुद्ध अलग–अलग घटनामा अनुसन्धान अघि बढाइएको छ भने पीडितहरूको उद्धारसमेत गरिएको प्रहरीले जनाएको छ ।
मकवानपुरक...
३१ विमानस्थल र ७० कारागार सुरक्षाको जिम्मा सेनालाई
काठमाडौँ । ७० कारागार, ३१ विमानस्थल र १३ अन्य कार्यालयको सुरक्षाको जिम्मा नेपाली सेनाले पाएको छ । कारागार र विमानस्थलबाहेक नेपाल आयल निगम, टेलिकमका टावर तथा अन्य सरकारी निकायको सुरक्षामा सेना खटिएका छन् ।
नेपाली सेनाका प्रवक्ता सहायकरथी राजा...
तीन करोडको सुनसहित व्यापारी अग्रवाल पक्राउ
कर्णाली । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट झन्डै तीन करोड रुपैयाँ बराबरको अवैध सुनचाँदीका गरगहना र ठूलो परिमाणमा नगदसहित एक जना व्यापारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले यही जेठ १८ गते वीरेन्द्रनगर नगरपालिका ६ राजाचोक नजिकै सञ्...
भैरहवाको रोयल कालिङ्गा क्यासिनोमा छापा, जुवा खेल्ने पाँच नेपालीसहित ६ जना पक्राउ
काठमाडौँ । रुपन्देहीको भैरहवास्थित रोयल कालिङ्गा क्यासिनोमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सिपुर दाङको विशेष टोलीले छापा मारेर ६ जनालाई पक्राउ गरेको छ । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी भुपेन्द्र बहादुर...
प्रधानमन्त्री शाहलाई गाली गरेको आरोपमा युट्युबर पक्राउ
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र बालेन शाह विरुद्ध अमर्यादित र गालीगलौजपूर्ण सामग्री प्रसारण गरेको आरोपमा प्रहरीले एक युट्युबरलाई पक्राउ गरेको छ । युट्युब च्यानलमार्फत प्रधानमन्त्री शाह र अन्य राजनीतिक नेतृत्वलाई लक्षित गरी भ्रामक तथा मानमर्दन ह...



