इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा, स्वदेश फर्काउने तयारी
काठमाडौँ । इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा बुधबार रिहा भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार इरानको हर्मुज टापु क्षेत्रबाट नियन्त्रणमा लिइएका झालाई लामो कूटनीतिक प्रयासपछि इरानी पक्षले रिहा गरेको हो । घटनाको पृष्ठभूमि उदयपुरको त्रियुगा नगरपालिका(११, गाईघाटका ३३ वर्षीय अमृत झा विगत दुई वर्षदेखि दुबईको ‘ब्ल्याक सी मरिन एलएलसी’ नामक कम्पनीमा जहाज क्याप्टेन सीपाइलटका रूपमा कार्यरत थिए।
चैतको पहिलो साता तेल कार्गो जहाजमा इरान र दुबईको बीचमा पर्ने हर्मुज स्ट्रेट नजिकैबाट इरानी सुरक्षाकर्मीले उनलाई सात जना अन्य चालक दलका सदस्यसहित नियन्त्रणमा लिएको थियो । सरकारी पहल र रिहाइ परराष्ट्रमन्त्री शिशिर खनालले झा रिहा भएको पुष्टि गर्दै उनी अहिले इरानस्थित नेपाली कन्सुलर र कतारस्थित नेपाली दूतावासको सम्पर्कमा रहेको जानकारी दिएका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
अमेरिका-इरान शान्ति वार्ताको पहल : पाकिस्तान सक्रिय
इस्लामावाद । अमेरिका र इरानबीच बढ्दो सैन्य तनावलाई मत्थर पार्न र सम्भावित युद्ध रोक्न पाकिस्तानले निर्णायक मध्यस्थकर्ताको भूमिका खेल्न सुरु गरेको छ । यसै प्रयास अन्तर्गत पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफ साउदी अरब पुगेका छन् भने सेना प्रमुख जनरल...
नेपाल-चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध
काठमाडौँ । गत असार २४ गते चीनको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको मित्तेरी पुल बगाएपछि नेपाल–चीनबीचको मालसामान ढुवानी चार महिनादेखि पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख...
डीएनए संरचना पत्ता लगाउने वैज्ञानिक जेम्सको निधन
काठमाडौँ । डीएनए संरचना पत्ता लगाउने वैज्ञानिकमध्ये एक जेम्स वाटसनको निधन भएको छ। उनी ९७ वर्षका थिए । कोल्ड स्प्रिङ हार्बर प्रयोगशालाले वाटसनको मृत्यु भएको पुष्टि गरेको बीबीसीले जनाएको छ । वाटसनले त्यहाँ धेरै दशकदेखि क...
जापानको कुमामोतो प्रान्तमा ७.१ म्याग्निच्युडको शत्तिशाली भूकम्प, मृतकको संख्या १३ पुग्यो
काठमाण्डौँ । जापानको कुमामोतो क्षेत्रमा गएको ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ । जापानी प्रधानमन्त्री साने ताकाइचीले बुधबार भूकम्पबाट व्यापक क्षति भएको जानकारी दिँदै उद्धार तथा राहत कार्य तीव्र पारिएको बताएकी...
होर्मुज स्ट्रेटमा इरानले नयाँ प्रणाली लागू गर्ने, कुवेत र यूएईलाई कडा चेतावनी
काठमाण्डौँ । इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका अध्यक्ष इब्राहिम अजिजीले आफ्नो देशले चाँडै नै रणनीतिक महत्त्वको होर्मुज स्ट्रेटबाट हुने जहाज आवतजावतका लागि नयाँ प्रणाली लागू गर्न लागेको घोषणा गरेका छन् । शनिबार सञ्चारमाध्यमहरूसँ...
ट्रम्पको सुरक्षा बैठक निष्कर्षविहीन : अमेरिका-इरान शान्ति सम्झौता अन्योलमा
काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्भावित शान्ति सम्झौता र ६० दिने युद्धविराम थप गर्ने विषयमा ‘अन्तिम निर्णय’ लिन ह्वाइट हाउसको सिचुएसन रुममा बोलाएको उच्चस्तरीय सुरक्षा बैठक बिना कुनै निष्कर्ष टुङ्गिएको छ । राष्ट्रिय सुरक...



