शुक्रबार, १३ कात्तिक २०८३
नेपाली

नेपालको सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब, जीडीपीको ४५.५९ प्रतिशत पुग्यो !

Main News Image

काठमाडौँ । नेपालको कुल सार्वजनिक ऋण पहिलोपटक ३० खर्ब रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८३र८४ को असोज मसान्तसम्म सरकारको कुल सार्वजनिक ऋण ३० खर्ब ९ अर्ब ११ करोड ६६ लाख रुपैयाँ पुगेको हो । यो कुल गार्हस्थ्य उत्पादन जीडीपीको ४५.५९ प्रतिशत हो ।

गत आर्थिक वर्ष २०८२र८३ को असार मसान्तसम्म सरकारको सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो । त्यसयता तीन महिनामा सरकारले १ खर्ब २३ अर्ब ३२ करोड ५८ लाख रुपैयाँ बराबरको नयाँ ऋण प्राप्त गरेको छ । यही अवधिमा पुरानो ऋणको साँवा भुक्तानीमा ७७ अर्ब ७४ करोड ७८ लाख रुपैयाँ खर्च भएको छ ।

यस अवधिमा विदेशी विनिमय दरमा भएको परिवर्तनका कारण वैदेशिक ऋण दायित्व भने १८ अर्ब १६ करोड ४२ लाख रुपैयाँले घटेको कार्यालयले जनाएको छ । नयाँ ऋण प्राप्ति, साँवा भुक्तानी र विनिमय दरको प्रभाव समायोजन गर्दा असार मसान्तको तुलनामा सार्वजनिक ऋण २७ अर्ब ४१ करोड ३८ लाख रुपैयाँले बढेको देखिन्छ ।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३।१३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४६.८७ प्रतिशत छ । जीडीपीको अनुपातमा आन्तरिक ऋण २१.३७ प्रतिशत र वैदेशिक ऋण २४.२२ प्रतिशत रहेको छ । यसले नेपालको सार्वजनिक ऋणमा बाह्य स्रोतको हिस्सा अझै बढी रहेको देखाउँछ ।


mediabaaji add

सम्बन्धित खबर

किवी बिक्री नभएपछि जुस उत्पादन

बागलुङ । ताराखोला गाउँपालिकाका महिलाले किवीको जुस उत्पादन गर्न थालेका छन् । महँगो मूल्यमा बिक्री हुने आसमा पाँच वर्ष अगाडि महिलाहरूले गाउँका बारीभरि किवी लगाए पनि अहिले बजार पाउन नसक्दा जुस बनाउन थालेका हुन् । उत्पादन बढी भए पनि बजार अभावमा लाखौँक...

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्यो, बहराइन दिनार महँगियो

काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि...

केरुङ-काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदन तयार

काठमाडौँ । नेपाल र चीन जोड्ने बहुप्रतिक्षित काठमाडौं–केरुङ अन्तरदेशीय विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन प्रतिवेदन चिनियाँ पक्षले अबको डेढ महिनाभित्र बुझाउने भएको छ। केही दिनअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजना गरिएको प्रस्तुतीकर...

नेशनल लाईफको सिईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न

काठमाण्डौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि.ले कोशी प्रदेशका अभिकर्ताहरुलाई बिर्तामोड स्थित होटल द किंग्सबरीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतज्यूको सभापतित्वमा सिइेओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा तोकिएको...

पुन: सुचारु हुने पखाईमा जनकपुर चुरोट कारखाना

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको एक मात्र चुरोट कारखाना जनकपुर चुरोट कारखाना लिमिटेड पुनः सुचारुको पखाईमा छ । राजनीतिक परिवेशको शिकार भएर दुर्भाग्यवस बन्द हुन पुगेको जनकपुर चुरोट कारखानाले एक समयमा प्रत्यक्ष रुपमा सातसय बढी कर्मच...

३३.२७ अंकले बढ्यो शेयर बजार, १० अर्ब माथिको कारोबार

काठमाडौँ । बुधबार शेयर बजारमा उल्लेख्य सुधार देखिएको छ । आज नेप्से परिसूचक ३३.२७ अंकले बढेर २८६६.८७ विन्दुमा पुगेको छ, जुन १.१७ को वृद्धि हो । आजको कारोबारमा २ करोड ६४ लाख ३८ हजार कित्ता शेयर किनबेच हुँदा कुल कारोबार रकम १० अर्ब ५३ करोड ७० लाख रुप...